Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पहिचानको राजनीति ‘कोमा’ मा
पहिचानको राजनीति ‘कोमा’ मा
बिहीबार, फागुन १८, २०७९
pradesh sava
Hardik health
काठमाडौं- महेन्द्रकालीन राज्य संरचनाअन्तर्गतको ‘कोशी’ नाम राखेर प्रदेश १ को नामकरण टुंगो लगाएसँगै पहिचानको राजनीति ‘कोमा’ पुगेको टिप्पणी हुन थालेको छ । प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ भन्दै यहाँ पटक–पटक आन्दोलन त उठ्यो । आन्दोलनकै क्रममा मनिल तामाङ र राजकुमार आङ्देम्बे सहिद पनि भए । कयौं पहिचानवादीहरू घाइते भए । कतिपय अंगभंग भए । तर, पहिलो संविधानसभामा बलिया रहेका पहिचान पक्षधर दल र समूहहरू दोस्रो संविधानसभा हुँदै हालसम्म आइपुग्दा जनमतका आधारमा धेरै कमजोर भए । संघ र प्रदेश संसद्हरूमा उपस्थिति न्यून छ । यसको असर पहिचानको मुद्दामा परेको राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन् । मुद्दा कमजोर हुँदा संसद्मा पहिचानवादीहरूको उपस्थिति पनि न्यून भएको र त्यसकै उपज प्रदेश १ को नाम कोशी रहेको उनले बताए । अर्को कारण, पहिचानको पक्षमा उभिने राई र लिम्बू समुदायबीच नामलाई लिएर भएको मतभेद पनि कोशी नाम रहनुलाई ठान्छन् । ‘पहिचानको मुद्दा जुन दल र समुदायले उठाए, जनमतका आधारमा निकै कमजोर देखिन्छ,’ उनले प्रभावसँग भने, ‘फेरि, लिम्बू र राईबीच नामलाई लिएर मतभेद भयो । यसो हुँदा त कोशी रहने भइहाल्यो ।’ यसअघि नै तत्कालीन प्रदेश ३ बागमती, प्रदेश ४ गण्डकी, प्रदेश ५ लुम्बिनी, प्रदेश ६ कर्णाली र प्रदेश ७ सुदूरपश्चिम नामकरण भइसकेका छन् । यी सबै राजा महेन्द्रले देशको प्रशासनिक क्षेत्र वर्गीकरण गर्दा भूगोलविद् डा. हर्क गुरुङको अवधारणाअनुसार नामकरण गरिएका भेगीय इलाकाका नाम हुन् । तत्कालीन प्रदेश २ भने मधेस प्रदेश भएको छ । यो भने भौगोलिक पहिचानको आधारमा राखिएको नाम हो । छिमेकी प्रदेश मधेसको नाम पहिचानको आधारमा हुँदा प्रदेश १ को पनि नाम सोही आधारमा टेकेर हुने पहिचानवादीहरूले आशा गरेका थिए । तर, जलाधार क्षेत्रसँग जोडिएको प्रदेशको नाम कोशी भयो । अघिल्लो प्रदेश संसद्मा कोशी, सगरमाथा, किरात, लिम्बुवान, खुम्बुवान, कोशी–किरात, सगरमाथा–किरातजस्ता नामबारे बहस भएको थियो । कुनै नाममा सहमति वा बहुमत जुट्ने अवस्था थिएन । र, पहिचानलाई कुल्चिएर प्रदेश नामकरण गरिए निर्वाचनमा असर पर्ने भन्दै एमालेका तत्कालीन मुख्यमन्त्रीहरू शेरधन राई र भीम आचार्यसँगै नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका राजेन्द्रकुमार राई नाम टुंग्याउन तयार भएनन् । राजेन्द्रले त संसद्बाट पहिचानविनाको नाम टुंगो लगाउन तयार नहुने अभिव्यक्ति दिएका थिए । तर, एमालेकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने भौगोलिक, ऐतिहासिक, सांस्कृतिकजस्ता पहिचानका आधारहरूलाई बेवास्ता गर्दै जलाधार क्षेत्रसँग जोडिएको नाम कोशी प्रस्ताव गराए । प्रस्तावक एमाले सांसद रामबहादुर राना मगर र सोही दलका निरेन राई ‘कोशी’ प्रदेशका समर्थक हुन् । उक्त प्रस्तावमा कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदहरूको समर्थन रह्यो । त्यही भएर प्रदेश संसद्को दुई तिहाइभन्दा बढी मतले प्रदेश नाम कोशी पारित भएको हो । पहिचानवादी राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान देशमा जसरी पहिचानको आन्दोलन उठ्यो, त्यस आधारमा अहिलेको परिणाम आउनु स्वाभाविक भएको बताउँछन् । ‘माओवादी पहिचानको राजनीतिको मूलधार हो । अन्य त सहायक हुन् । तर, यही दलले पहिचानलाई राजनीतिक दाउपेचको साधन बनाउँदै लग्यो,’ उनले भने, ‘यस आधारमा राज्य पुनःसंरचनाको मर्मविपरीत प्रदेश नामकरण भयो । त्यसमै कोशी पनि प¥यो ।’ पहिलो संविधानसभामा डा. मदन परियार संयोजक रहेको राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई टेकेर प्रदेशहरूको नामंकन र सीमांकन गरेको थियो । त्यसबेला बुधबार कोशी प्रदेश भएको प्रदेश १ का १४ जिल्लाको भूगोलमा ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान, कोच, अवध, खम्बुवानजस्ता प्रादेशिक राज्यको सिफारिस गरेको थियो । माओवादीले आयोगकै सिफारिसलाई आधार बनाएर राज्य पुनःसंरचनाको खाका सार्वजनिक गरेको थियो । सोहीअनुसार एकल पहिचानका आधारित लिम्बुवान गणराज्य, कोच गणराज्य, अवध गणराज्यदेखि किरात गणराज्यसम्म घोषणा गरेर गणराज्य प्रमुखसमेत तोकेको थियो । कांग्रेस र एमाले भने बहुपहिचानको पक्षमा थिए । यी दलहरूले कञ्चनजंघा–लिम्बुवान, अवध–कोशी, सगरमाथा–खम्बुवानजस्ता नामकरण गर्दै राज्य पुनःसंरचनाको खाका प्रस्तुत गरेका थिए । तर, दलहरूले आफैंले यसअघि प्रस्तुत गरेको खाकाअनुसारको नामभन्दा भिन्न नाम ‘कोशी’ नाम बुधबार कायम भयो । एमालेले प्रस्ताव गरेको यो नामको समर्थनमा कांग्रेस, माओवादी र राप्रपा उभिए । यसअघि मुख्यमन्त्री भइसकेका नेकपा एकीकृत समाजवादीका नेता राईले भने प्रदेशको नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ बुधबार प्रदेश संसद्मा प्रस्ताव गरे । उक्त प्रस्ताव भने बहुमतले अस्वीकृत भयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP