Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपतिको चुनावपछि मात्रै वाम एकताको प्रक्रिया अघि बढ्ने
राष्ट्रपतिको चुनावपछि मात्रै वाम एकताको प्रक्रिया अघि बढ्ने
बिहीबार, माघ १९, २०७९
Hardik health
काठमाडौं– राष्ट्रपतिको चुनावपछि मात्रै वाम एकताको प्रक्रिया हुने भएको छ । राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने कार्यतालिका बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि वाम एकता हुने गरी सार्थ छलफल हुने सम्भावना कम देखिएको हो । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेका छन् । दुवै पार्टीवीच एकता गर्न माओवादीबाट कृष्णबहादुर महरा र नेसपा सह अध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली सघन संवाद गरिरहेका छन् । अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई तहबाट छलफल गरेर टुङ्ग्याउन मात्रै बाँकी छ । तर, तत्काल दुई पार्टीवीच एकता गर्ने विषयमा मोटामोटी समझदारी बनिसके पनि थोरै समय लाग्ने देखिएको नेसपा नेता श्रेष्ठले बताए । ‘अहिले पार्टीका बैठक, सरकार र राष्ट्रपतिको चुनावले गर्दा धेरै छलफल र बहस गर्न पाएको छैन । हामीले प्राप्त समय पनि दिन पाएका छैनौँ’ श्रेष्ठले भने, ‘अब राष्ट्रपतिको चुनावपछि समय पनि हुन्छ, त्यसपछि पार्टी एकताले पूर्णता पाउन सक्छ ।’ आफूहरुले फागुन मसान्तसम्म पार्टी एकता गर्ने योजना बनाएकाले निर्धारित समयमा पुरा गर्ने लक्ष्य बनाएको श्रेष्ठले बताए । अहिले माओवादी स्थायी समिति बैठक गत माघ १२ गतेदेखि चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकलाई समय दिन नसक्दा प्राप्त छलफल हुन सकेको छैन । माघ महिनामा बस्ने भनिएको केन्द्रीय समिति बैठक समेत राष्ट्रपतीय चुनावपछि गर्ने तयारी गरिएको छ । केन्द्रीय समिति बैठकमा प्राप्त छलफल गरेर वाम एकता ध्रुवीकरणमा जाने माओवादी तयारी छ । तर, माओवादी केन्द्र र नेसपावीच पार्टी एकता गरेर नेकपा समाजवादी पार्टी बनाउने विषयमा मोटामोटी समझदारी भई सकेको माओवादी एक नेताले बताए । पार्टीको नाम माओवादी नराखेमा एकीकृत समाजवादी, जसपा लगायत अरू कम्युनिस्टलाई जोड्न सजिलो हुने भएकाले नाम नेकपा समाजवादी पार्टी हुन सक्ने ती नेताले बताए । चुनाव चिन्ह फेर्ने विषयमा वार्ता समितिमा छलफल भए पनि समझदारी भने भई नसकेको ती नेताले बताए । तत्काल माओवादी केन्द्र र नेसपावीच एकता भएपछि मात्रै एकीकृत समाजवादी र जसपासंग छलफल हुने भएको छ । एकीकृत समाजवादीसँग एकता गर्न एक चरण छलफल भई सकेको छ । दुवै पार्टीले आ–आफ्ना डकुमेन्ट आदनप्रदान गरी सकेका छन् । पार्टी एकताका विषयमा दुई पार्टीको प्रारम्भिक चरणमा भए पनि राष्ट्रपतीय चुनावपछि मात्रै छलफल हुने बताएको छ । यस्तै माओवादी केन्द्रले जसपासँग पार्टी एकताका विषयमा छलफल गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले जसपासँग औपचारिक रूपमा छलफल गरेको छैन । वाम शक्तिहरुसंग एकता गर्न एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ । तीन पार्टीले वाम एकता गर्न वार्ता टोली बनाए पनि एकता हुने गरी सार्थक छलफल हुन पाएको छैन । अब राष्ट्रपतीय चुनावपछि परिस्थिति सबै सहज हुने नेताहरूको भनाइ छ । एमाले बाहेक आम जनता पार्टी, विप्लव नेतृत्वको नेकपा, धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीसँग समेत पार्टी एकताका विषयमा छलफल गर्ने योजना बनाएको छ । एमाले बाहेक पार्टीसँग एकता गरेर माओवादी अध्यक्ष प्रचण्डले शक्तिशाली पार्टी बनाउने गृहकार्यमा जुटेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP