Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • अल्बाट्रोस : समुद्री चरा
अल्बाट्रोस : समुद्री चरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २९, २०७९
Hardik health
अल्बाट्रोस पृथ्वीको सबैभन्दा ठूलो समुद्री चराहरू मध्ये एक हो किनभने  यिनीहरु एक पटकमा  दश हजार माइलसम्म उड्न सक्छन् । जैविक परिवार डिओमेडिइडेइ (Diomedeidae) का सम्बन्धित ठूला समुद्री चराहरू हुन् । यिनीहरू दक्षिणी महासागर र उत्तर प्रशान्तमा व्यापक रूपमा पाइने गर्दछ । यी लामो समयसम्म बाँच्ने चराहरूको उमेर ५० वर्ष पुगिसकेको छ ।अल्बाट्रोसहरू तिनीहरूको उत्कृष्ट उडान कौशलका साथसाथै उनीहरूलाई टेकअफ र ल्यान्डिङमा हुने कठिनाइका लागि परिचित रहेका छन् । तिनीहरू एक पटक आफ्नो पखेटा नफटफटाई धेरै माइलसम्म ग्लाइड गरी उड्न सक्छन् । तिनीहरूसँग अरु चराकोभन्दा लामो पखेटा हुन्छ, लगभग ३.५ मिटरसम्म पुग्छ । सन् २००५माा, यो पत्ता लाग्यो कि खरानी टाउको भएको अल्बाट्रोसले ४६ दिनमा दक्षिणी गोलार्धमा संसारभर १३ हजार ७६० माइल उडेको थियो । नयाँ अध्ययनका अनुसार यी चराहरू दस सेकेन्डमा शत्तिशाली सुताइ गरेर हप्तासम्म उचाइमा बस्न सक्छन् । ठूला अल्बाट्रोस प्रजातिहरूले समुद्रमा पाँच वर्षसम्म बिताउन सक्छन् । यिनीहरू जमिनमा विरलै देखिन्छन् । मुख्यतया अल्बाट्रोसहरूले स्क्विड वा स्कुलिङ माछा खाने गर्दछन् ।वर्षमा यिनीहरुले एक पटक मात्र अण्डा पार्ने गर्दछन् र यसको हेरचाह पालैपालो गर्ने गर्दछन् । प्रजनन गर्ने समयमा तिनीहरु दुर्गम टापुहरूमा ठूला उपनिवेशहरू बनाइ बस्ने गर्दछन् । सो जोडीले पारेको एउटै अण्डाबाट आफ्ना सन्तानहरु उत्पादन गर्दछन् । जब ती बचेराहरु तीन देखि दस महिना भित्रमा युवा अवस्थामा पुगी उड्न सक्षम हुने गर्दछन् । तिनीहरू यौन परिपक्वतामा नपुगुञ्जेल लगभग पाँच देखि दस वर्षसम्म उक्त भूमि छोड्ने गर्दछन् । अल्बाट्रोसलाई प्रेमीलो जोडीका रुपमा पनि लिने गरिन्छ । मानवको जस्तै, अल्बाट्रोसहरूले साथी छान्न लामो समय लिने गर्दछन् । तिनीहरू आफ्नो जीवनको लागि एकअर्कामा समर्पित हुन्छन् । जोडीहरू मध्ये एकको मृत्यु नभएसम्म उनीहरु सँगै रहने गर्दछन् । कुनै पनि चराको सबैभन्दा प्रतिबद्ध प्रेमी हुन् भनेर अल्बाट्रोसको जोडीलाई मान्न सकिन्छ । विश्वभर मानव सम्बन्ध विच्छेदको दर ४० प्रतिशतको हाराहारीमा रहेको छ तर यिनीहरुमा भने सम्बन्धविच्छेदको दर लगभग शून्य प्रतिशतमा मापन गरिएको छ । IUCN द्वारा मान्यता प्राप्त २२ प्रजातिका अल्बाट्रोसहरू मध्ये, २१ चासोको स्तरमा सूचीबद्ध रहेका छन् । दुई प्रजातिहरू गम्भीर रूपमा लोपोन्मुख छन् , सात प्रजातिहरू लोपोन्मुख छन् , छ प्रजातिहरू जोखिममा छन्। प्वाँखको लागि मार्ने हुनाले यस्ता प्रजातिहरू विगतमा अल्बाट्रोसको संख्या घटेका थिए । ३.७ मिटर चौडाइको पखेटाको साथ, घुमफिर अल्बाट्रोस(Diomedea exulans) पखेटाको हिसाबले पृथ्वीमा सबैभन्दा ठूलो जीवित चरा हो । सन् २०२२को ९ डिसेम्बरको तथ्याकं अनुसार संसारको सबैभन्दा पुरानो ज्ञात जंगली चरा, भर्खरै मिडवे एटोलमा फर्किएको छ जसको नाम, Laysan albatross, or mōlī, दिइएको छ । सो चरा अहिले कम्तीमा ७१ वर्षको भइसकेको जनाइएको छ । बीबीसीका अनुसार यसले लगभग ८० माइल प्रति घण्टाको अधिकतम उडान गति हासिल गर्दछ । सन् २०२२को १९ नोभेम्बरमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा खैरो टाउको भएको अल्बाट्रोसलाई स्तर उडानमा सबैभन्दा छिटो चराको रूपमा रेकर्ड गरिएको छ । सो अल्बाट्रोसले७८.९ माइल जुन १२७ किमी प्रति घण्टामा तेस्रो उडान गतिको लागि आधिकारिक गिनिज वर्ल्ड रेकर्ड राखेको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP