Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • आचारसंहिता कि पार्टीभित्रका विरोधीको बन्ध्याकरण ?
आचारसंहिता कि पार्टीभित्रका विरोधीको बन्ध्याकरण ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Prabhu
Hardik health
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले चरम विकृतिको सिकार भएको छ । सिद्धान्त, आदर्श, मूल्य–मान्यता सबै धूलिसात भएका छन् । पार्टीभित्र सम्पत्ति आर्जन, पद प्राप्ति ऐस–आराम र मोजमस्ती गर्ने होडबाजी चल्ने गरेको छ । हुन त पार्टी नेता–कार्यकर्तामा हुने यस्ता विसंगत चरित्र नेकपामा मात्र होइन, अपवाद छाडेर सबै दलभित्र यस्तै चरित्रका कार्यकर्ताको बाहुल्यता छ । सत्तारुढ दल भएकाले नेकपाभित्र त्यस्ता खाले विकृति उत्कर्षमा पुग्नु स्वभाविक पनि हो । राजनीतिक दलको सदस्यता लिएपछि कानुन मान्नु नपर्ने, नियमभित्र बाँधिनु नपर्ने, संविधानका धारा–दफाभन्दा माथि रहेको ठान्ने प्रवृति ह्वात्तै बढेको छ । राजनीतिक ठेकेदारी प्रथाबाट आज मुलुक नराम्ररी आक्रान्त भएको छ । ठेकेदार राजनीतिकर्मी र राजनीतिक कार्यकर्ता ठेकेदार भएर देशलाई लुट्नसम्म लुटेका छन् । त्यही कारण हो जसले गर्दा पार्टी र राजनीतिप्रति जनतामा वितृष्णा पैदा हुन पुगेको छ । विडम्बना के छ भने राजनीति अहिले सबैभन्दा सहज र नाफामूलक पेसा बन्न पुगेको छ । वि.सं. ०४६ सालको आन्दोलनपछि राजनीतिक दलका कार्यकर्ताको जीवनस्तर र जीवनशैलीमा आएको परिवर्तनले सकारात्मक सन्देश प्रवाह गर्दैन भन्ने कुरा कुनै पनि दलका कुनै पनि नेताले ख्याल राखेनन् । परिणाम स्वरूप आज राजनीति स्खलित भएर पतनको सबैभन्दा तल्लो खुड्किलोमा झर्न पुगेको छ । निष्ठाच्यूत राजनीति पतनको कारण हो भन्ने अकाट्य सत्यलाई स्वीकार गर्न नसक्दा संसारमा प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता गुमेका थुप्रै घटना छन् । आज नेपालमा विस्तारै त्यसका पूर्वसंकेत देखिन थालेको छ । सामाजिक सञ्जालमाथि नियन्त्रण गरेर, मिडियाको स्वतन्त्रता खोसेर, सरकारको पक्षमा लेख– बोल भन्ने उर्दी जारी गरेर मात्र त्यो समस्यको हल भेट्टाउन सम्भव छैन । हुन त सरकारले मानव स्वतन्त्रताको दायरा खुम्च्याउँदा, कानुन कठोर बनाएर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गराउँदा र देवानी–फौजदारी कसुरलाई एकै ठाउँमा मिसाएर नागरिकविरुद्ध कठोर दण्ड–सजायको व्यवस्था गर्दा आफूमाथि आइपर्ने सारा संकट स्वतः टर्छ भन्ने ठान्छ । तर त्यो सुतुरमुर्गे प्रवृत्ति महाभुल हो । त्यसरी संकट घट्ने होइन बरु झन् बढ्छ । अहिले नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ । दुनियाँलाई थाहा छ, यो कम्युनिस्ट सरकार चाहिँ होइन । नेकपा नामले अवश्य कम्युनिस्ट हो तर निष्ठा, सिद्धान्त, आचार–व्यवहारले कम्युनिस्ट होइन । संसारमा आजसम्म कम्युनिस्टको असली राज चल्नै सकेको छैन । रुसमा लेनिनले त्यस्तो सरकार चलाउने कोशिस गरे तर सफल हुन सकेनन् । उनले केही वर्षमै पुँजीवादी आर्थिक कार्यक्रम घोषणा गरे । त्यो पनि पूर्णरूपले लागू हुन सकेन, लेनिनको जीवनकालमा झण्डै डेढदशक लामो रक्तपातपूर्ण युद्ध गरेर सत्ता कब्जा गरेको चीनमा त कम्युनिस्ट पार्टी सत्तामा पुग्नासाथ अन्तरद्वन्द्व, विवाद र कलहको भूमरीमा फस्यो । साम्यवादी मान्यतामा अडिग माओत्सेतुङ, पुँजीवादी सुधारका पक्षधार लुसाओची–लिनप्याओको विवादले चीनको कम्युनिस्ट सत्तामाथि नै पटक–पटक प्रश्न चिह्न खडा हुन पुग्यो । सांस्कृतिक क्रान्ति त्यसैको परिणति थियो । हुन त संसारभरी नै के परम्परा छ भने पार्टीहरू आफ्नो आर्दश, सिद्धान्त र चरित्रका आधारमा होइन, चुस्त व्यवस्थापन र कुशल नेतृत्वका कारण सफल हुन्छन् । तर, त्यो दिगो र स्थायी भने हुँदैन, सधैँ कुनै पनि पार्टीले कुशल व्यवस्थापक र योग्य नेता पाउन सक्दैन । चमत्कारिक नेताबाट चलाएको पार्टीले चाँडै पतनको बाटो समात्न सक्छ । तर निष्ठा, सिद्धान्त, आदर्शलाई आत्मासात् गरी निश्चित प्रणाली स्थापित गरेर तदनुरूप चल्ने दल लामो समय टिक्छ । त्यस्ता उदाहरणहरू संसारमा थुप्रै छन् । अब नेपालको सत्तारुढ दल नेकपा कुन आधारमा चलेको छ त भनेर विचार–विमर्श गरौँ । त्यसरी हेर्दा नेकपा दुवै परम्पराभन्दा पृथक सत्ता स्वार्थको प्रेरणाबाट सञ्चालित देखिन्छ । नेकपामा अहिले विश्वासिलो, लोकप्रिय, दूरदर्शी, स्पष्ट अडान राख्न सक्ने, आँटिलो र निर्णय क्षमतायुक्त नेतृत्वको सर्वथा अभाव छ । पार्टीभित्रको व्यवस्थापकीय पक्ष अरु दलको तुलनामा राम्रो भए पनि त्यो पार्टी चलाउन पर्याप्त छैन । सिद्धान्त, नीति कार्यक्रमका आधारमा पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा ढाल्नु पर्छ । अब नेकपामा त्यसो गर्न सम्भवै छैन । त्यसैले सिद्धान्तहीन, चरित्रहीन र सत्ताको लोभीहरूको भीडको रूपमा नेकपा रूपान्तरित भएको छ । एमाले–माओवादी केन्द्रबीचको एकता त्यसको ज्यूँदो उदाहरण हो । के कुरामा समानता भएर ती दुई समूह एक भए ? फगत नाम र झण्डाबाहेक ती दुई दलमा मिल्न सक्ने केही कुरा थियो भने त्यो सत्तास्वार्थ, पदको लालच नै हो । कम्युनिस्ट दर्शनप्रतिको आकर्षण र साम्यवादको मोहक चाहनाले नेकपाको सदस्यता लिने व्यक्ति सायदै होला । तर पनि नेकपाप्रतिको आकर्षण पूर्णरूपले समाप्त भने भएको छैन । अहिले कर्मचारी आफ्नो स्वार्थले नेकपाको सदस्यता लिन्छ । शिक्षक आफ्नो स्वार्थले, गुण्डा, तस्करी, कालाबजारीया, कमिसनखोर, ठेकेदार, भ्रष्टाचारी जति अधिकांश नेकपाका सदस्य छन् । तिनको उद्देश्य नेकपालाई सफल बनाउने होइन, प्रधानमन्त्री, मन्त्री, पार्टी नेतालाई विश्वासमा लिएर आफ्नो स्वार्थसिद्ध गर्ने हो । यसरी सबै प्रकारका विकृतिको डंगुर बन्न पुगेपछि नेकपा सार्वजनिक रूपले मात्र होइन, आफ्नै इमान्दार र निष्ठावान् र आदर्शवादी नेता–कार्यकर्ताको दृष्टिमा पनि नराम्ररी गिर्न पु¥यो । हत्या, अपहरण, बलात्कार, बहुविवाहजस्ता सामाजिक र मानवताविरोधी अपराधमा नेकपाकै नेता–कार्यकर्ता संलग्न हुने, घुसखोरी, करछली, भ्रष्टाचारमा पनि नेकपाकै नाम बद्नाम हुने घटनामा बढोत्तरी हुन थालेपछि नेकपाले पार्टी सदस्यहरूका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टी सदस्यको परिभाषा नेकपाले कसरी गरेको छ, त्यो त आधिकारिक रूपले भन्न सक्ने औकात यो पंक्तिकारसँग छैन । तर सामान्य रूपले भन्दा पार्टीको केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म त्यसको परिधिभित्र समेटिन पुग्छ । ती सबैलाई लागू हुनेगरी जारी गरिएको ११ बुँदे आचारसंहिता आफैँमा हास्यास्पद छ । सबै तहका नेता–कार्यकर्ता र सदस्य भनेर वर्गीकृत गर्दै आचार संहितामा घरपरिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने, बेलाबेलामा परिवारका सबै सदस्यबीच बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने, १६ वर्ष पुगेका घरका सदस्यबीच घरको कामको कार्य विभाजन गर्ने, अरुसँग बोलिने भाषा मर्यादित सरल र मिठासपूर्ण बनाउनु पर्ने, कसैलाई पनि हेलाहोचो गर्न नहुने, पार्टी सदस्यले व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्ने, महिला, हिंसा, छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्ने, त्यस्ता व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने, ऋण, सापटी वा आर्थिक कारोबार गर्दा विचार पु¥याउनु पर्ने, भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, कर छली, अनियमितता नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउनुपर्ने, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने, समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद् कुरीति र कुसंस्कार अन्त्य गर्न सक्रियतापूर्वक लाग्ने, आचारसंहिता पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुन बमोजिम र पार्टी अनुशाससँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गर्ने उल्लेख छ । आचारसंहिताका सबै बुँदा विशेष उद्देश्यकासाथ अझ भनौँ नियतवश तय गरिएका यस्ता अचुक अस्त्र हुन्, जसले पार्टीभित्र फरक फरक वैचारिक धार समात्ने नेता–कार्यकर्तामाथि सहजै प्रयोग गर्न सकिन्छ । केन्द्रदेखि स्थानीय तहसम्मका बजेट अपचलन गर्ने, एनजिओ–आइएनजिओबाट रकम ल्याएर त्यसलाई निजी उपार्जनझैँ प्रयोग गर्ने, यति होल्डिङ्स, वाइडबडी, फोरजी काण्ड, एनसेल कर प्रकरणदेखि लडाकुको रासन पानीसम्मका घटनामा संलग्न नेकपा नेतामाथि कारबाही गर्ने साहस कुन माइकालालसँग छ ? जब नेता र तिनलाई दुई नम्बर कारोबारीसँग लाइन मिलाइदिने सम्बन्धसूत्र बन्ने कार्यकर्तालाई बाह्रहातको टाँगाले छुँदैन भने आचारसंहिताको यो नौटंकी किन, कसलाई देखाउन ? आचारसंहितामा उल्लेखित कारबाहीसम्बन्धि व्यवस्थाले त यसअघि अपराध गर्ने पार्टी कार्यकर्तालाई पार्टीले नै जोगाउँथ्यो, अब कानुनी कारबाही पनि पार्टीले नै गर्छ भन्ने आसय झल्कने खालको छ । के कानुनी कारबाही गर्ने निकाय पनि नेकपा नै हो, सत्तारुढ दल भनेको सरकारै हो ? यो प्रश्न पनि जन्मिएको छ । नेकपाले जारी गरेको एघारबुँदे आचारसंहिता अब उसको परीक्षाको सवाल बनेको छ । अब प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र पार्टी अध्यक्षदेखि मस्ती गर्ने कार्यकर्तासम्मले आफ्नो आचरण, व्यवहार र संस्कार परिवर्तन गर्ने तत्परता देखाउँछन् त ? अब पार्टी अध्यक्षद्वयले कर छल्ने, राजस्व मार्ने र थोरै लगानी नेतालाई गरेर अथाह सम्पत्ति थुपार्नेसँगको सम्बन्धविच्छेद गर्छन् त ? स्कुल सञ्चालक, अस्पताल सञ्चालक, बैंक सञ्चालक, घरजग्गाका कारोबारी नेकपाका नेताको सवालमा यो आचारसंहित आकर्षित हुन्छ कि हुँदैन ? डन, गुन्डा, हतियार तस्कार, हप्तावरी उठाएर निश्चित नेतालाई हिस्सा दिने पार्टी सदस्यको संख्या नेकपामा सानो छैन । अब तिनको सवालमा यो आचारसंहिता लागू हुन्छ कि हुँदैन । यदि हुन्छ भने के नेकपा नेताहरूले चुनाव खर्चको जोहो गर्ने, गाडी फेरी–फेरी चढ्ने, राज्यलाई लुटेर सिंगापुर, अमेरिका, जापान, नयाँ दिल्लीमा स्वास्थ्य जाँच गराउने परम्पराले कसरी निरन्तरता पाउँछ ? नियम बनाउन सजिलो छ, त्यसलाई पालना गर्न कठिन छ । आफूले पालना नगरी अरुलाई पालना गराउन त झन् सम्भवै छैन । यो तथ्यको ज्ञान धुर्त केपी ओली–पुष्पकमल दाहाललाई नहुने कुरै छैन । यदि यसको ज्ञान भएर नै तिनले सुनियोजित रूपले पार्टीभित्रमा आफ्ना विरोधीलाई सिध्याउने अस्त्रको रूपमा ल्याएका हुन् भने त्यसले तिनको पनि हित चाहिँ गर्दैन । एक दिन त्यो अस्त्रको मोहरी आफैँतिर सोझिन सक्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP