Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नारीवाद र विद्रोह कहिलेदेखि कहिलेसम्म ?
नारीवाद र विद्रोह कहिलेदेखि कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ५, २०७९
SUNITA NEPALI
Hardik health
घरेलु हिंसाको प्रतिकार गर्ने होऊन् या कार्यालयमा हाकिमको ज्यादतीविरुद्ध मुख खोल्ने महिला, उनीहरूलाई समाजको एउटा तप्काले सीधै नारीवादी घोषित गरिदिन्छ । यसले के दर्साउँछ भने नारीवाद एउटा प्रतिवादी आवाज अवश्य हो, जसले उत्पीडन सहन स्वीकार गर्दैन । विद्रोह अवश्य हो । यद्यपि, हरेक विद्रोहको उद्देश्य आमूल परिवर्तन नै हुने गर्छ । विद्रोहदेखि विद्रोहसम्मको यात्राले रूपमा केही परिवर्तन देखिए पनि सारमा तात्विवक परिवर्तन नगर्ने निश्चित छ । विद्रोहदेखि विद्रोहसम्म कि गुणात्मक परिवर्तनका निम्ति विद्रोह ? परिवर्तनको एजेन्डा के हो ? महिला हिंसाको मूल जरो कहाँ छ ? त्यसलाई कसरी उखेल्न सकिन्छ ? त्यतातिर नारीवादको ध्यान पुग्ला कि नपुग्ला ? यो अर्को प्रश्न हो । पितृसत्तालाई मलजल गर्ने पुँजीवादी व्यवस्थाभित्र ससाना सुधारका अभियान चलाएर महिला मुक्ति कसरी सम्भव छ ? जब कि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले फुकिरहेको महिला सशक्तीकरणको बिगुल एकातर्फ छ भने अर्कोतर्फ अंश, वंश, परम्परा, आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारबाटै बेदखल गरी पितृसत्तात्मक संरचनाले थुनेर राखेको महिला मुक्तिको सवाल छ । प्रथम लहरको सुरुवातमै महिला आन्दोलन दुई धारमा विभक्त भएको थियो । एउटा नारीवाद थियो भने अर्को माक्र्सवाद वा समाजवाद । समाजवादले महिला आन्दोलनलाई सत्ता परिवर्तनको राजनीतिक आन्दोलनसँगै जोडेर हेर्छ । समाजवादी आन्दोलनभित्रबाट जन्मिएका रोजा लक्जेम्बर्ग, क्लारा जेट्किन, अलेक्जान्द्रा कोलोन्ताईलगायत यस्तो सुधारवादी नारीवादलाई ‘बुर्जुवा नारीवाद’ को संज्ञा दिँदै तिनीहरू सधैँ श्रमिक वर्गको विपक्षमा रहेको कुरा व्यक्त गर्दछन् । उनीहरूकै अग्रसरतामा रसियामा सन् १९१७ को बोल्सेभिक क्रान्तिपश्चात् महिला अधिकारलाई राजनीतिक र कानुनी रूपमै राज्यबाट वैधानिकता प्रदान गरिएको थियो । महिला मुद्दालाई राजनीतिक मुद्दा नबनाई राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिकासहित व्यवस्था परिवर्तनको यात्रामा लामबद्ध नबन्दासम्म मुक्ति असम्भव छ । किनकि, दमनकारी आफैँ उत्थानमा जुट्न सक्दैन । यदि जुट्छ भने पनि त्यो क्षणिक ढोङ र भ्रम मात्रै हुन्छ । यो व्यवस्थाले ससाना सुधारमा अल्झाएर आंशिक स्वतन्त्रताको बाटो खोलेर विद्रोहलाई मत्थर पार्न आँखामा छारो हाल्ने काम मात्रै गर्दछ । आफूलाई महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न नारीवादी समूहहरू पनि यही व्यवस्थाभित्रको सुधारात्मक आन्दोलनमा सीमित रही अप्रत्यक्ष रूपमा यसैलाई मलजल गरिरहेको देखिन्छ । नारीवादी आन्दोलनकै दौरानमा महिलालाई दोस्रो दर्जामा सीमित गर्ने पितृसत्ताविरुद्ध वैचारिक प्रतिरोधको ऐलान गर्दै सिमोन द बुभाले लेखिन्, ‘द सेकेन्ड सेक्स’ । त्यसको ठीक आधा शताब्दीपछि महिलालाई दोस्रो दर्जामा सीमित गर्ने सामाजिक मूल्य मान्यताको खण्डन गर्दै हेलेन फिसरले लेखिन्, ‘द फस्र्ट सेक्स’ । मानव विकास विशेषज्ञ फिसरले यो दाबा गरिन् कि महिला पुरुषको तुलनामा मानसिक रूपमै विशिष्ट र अधिक क्षमतावान् छन् । आज पनि नारीवादको बहस यसैमा केन्द्रित छ । महिला र पुरुषमा को विशिष्ट छ ? पुरुष महिलालाई निकृष्ट तुल्याउन र महिला पुरुषभन्दा उत्कृष्ट सिद्ध हुने दौडमा लागेको देखिन्छ । यसले पितृसत्तालाई नोक्सान होइन, बरु लैंगिक द्वन्द्वलाई झनै चर्काइरहेको छ । महिला आफैँमा पर्याप्त छ भनेर आफ्नो स्वायत्तताको संरक्षणभन्दा पनि पुरुषजस्तो बन्ने अनुत्पादक होडबाजी चलिरहेको छ । प्रथम दर्जामा को भन्नेभन्दा पनि महिलालाई पुरुषसरह राजनीतिक–सामाजिक दर्जा उपलब्ध छ कि छैन र हुनुपर्छ कि पर्दैन ? एकअर्काको अस्तित्व स्वीकार गर्दै समान यात्रामा लामबद्ध हुन सक्छन् कि सक्दैनन् ? सायद आजको मुक्तिको सही वैचारिकी र महत्वपूर्ण प्रयत्न यही हो ! -सुनिता नेपाली
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP