Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • नारीवाद र विद्रोह कहिलेदेखि कहिलेसम्म ?
नारीवाद र विद्रोह कहिलेदेखि कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ५, २०७९
SUNITA NEPALI
Hardik health
घरेलु हिंसाको प्रतिकार गर्ने होऊन् या कार्यालयमा हाकिमको ज्यादतीविरुद्ध मुख खोल्ने महिला, उनीहरूलाई समाजको एउटा तप्काले सीधै नारीवादी घोषित गरिदिन्छ । यसले के दर्साउँछ भने नारीवाद एउटा प्रतिवादी आवाज अवश्य हो, जसले उत्पीडन सहन स्वीकार गर्दैन । विद्रोह अवश्य हो । यद्यपि, हरेक विद्रोहको उद्देश्य आमूल परिवर्तन नै हुने गर्छ । विद्रोहदेखि विद्रोहसम्मको यात्राले रूपमा केही परिवर्तन देखिए पनि सारमा तात्विवक परिवर्तन नगर्ने निश्चित छ । विद्रोहदेखि विद्रोहसम्म कि गुणात्मक परिवर्तनका निम्ति विद्रोह ? परिवर्तनको एजेन्डा के हो ? महिला हिंसाको मूल जरो कहाँ छ ? त्यसलाई कसरी उखेल्न सकिन्छ ? त्यतातिर नारीवादको ध्यान पुग्ला कि नपुग्ला ? यो अर्को प्रश्न हो । पितृसत्तालाई मलजल गर्ने पुँजीवादी व्यवस्थाभित्र ससाना सुधारका अभियान चलाएर महिला मुक्ति कसरी सम्भव छ ? जब कि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले फुकिरहेको महिला सशक्तीकरणको बिगुल एकातर्फ छ भने अर्कोतर्फ अंश, वंश, परम्परा, आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारबाटै बेदखल गरी पितृसत्तात्मक संरचनाले थुनेर राखेको महिला मुक्तिको सवाल छ । प्रथम लहरको सुरुवातमै महिला आन्दोलन दुई धारमा विभक्त भएको थियो । एउटा नारीवाद थियो भने अर्को माक्र्सवाद वा समाजवाद । समाजवादले महिला आन्दोलनलाई सत्ता परिवर्तनको राजनीतिक आन्दोलनसँगै जोडेर हेर्छ । समाजवादी आन्दोलनभित्रबाट जन्मिएका रोजा लक्जेम्बर्ग, क्लारा जेट्किन, अलेक्जान्द्रा कोलोन्ताईलगायत यस्तो सुधारवादी नारीवादलाई ‘बुर्जुवा नारीवाद’ को संज्ञा दिँदै तिनीहरू सधैँ श्रमिक वर्गको विपक्षमा रहेको कुरा व्यक्त गर्दछन् । उनीहरूकै अग्रसरतामा रसियामा सन् १९१७ को बोल्सेभिक क्रान्तिपश्चात् महिला अधिकारलाई राजनीतिक र कानुनी रूपमै राज्यबाट वैधानिकता प्रदान गरिएको थियो । महिला मुद्दालाई राजनीतिक मुद्दा नबनाई राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिकासहित व्यवस्था परिवर्तनको यात्रामा लामबद्ध नबन्दासम्म मुक्ति असम्भव छ । किनकि, दमनकारी आफैँ उत्थानमा जुट्न सक्दैन । यदि जुट्छ भने पनि त्यो क्षणिक ढोङ र भ्रम मात्रै हुन्छ । यो व्यवस्थाले ससाना सुधारमा अल्झाएर आंशिक स्वतन्त्रताको बाटो खोलेर विद्रोहलाई मत्थर पार्न आँखामा छारो हाल्ने काम मात्रै गर्दछ । आफूलाई महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न नारीवादी समूहहरू पनि यही व्यवस्थाभित्रको सुधारात्मक आन्दोलनमा सीमित रही अप्रत्यक्ष रूपमा यसैलाई मलजल गरिरहेको देखिन्छ । नारीवादी आन्दोलनकै दौरानमा महिलालाई दोस्रो दर्जामा सीमित गर्ने पितृसत्ताविरुद्ध वैचारिक प्रतिरोधको ऐलान गर्दै सिमोन द बुभाले लेखिन्, ‘द सेकेन्ड सेक्स’ । त्यसको ठीक आधा शताब्दीपछि महिलालाई दोस्रो दर्जामा सीमित गर्ने सामाजिक मूल्य मान्यताको खण्डन गर्दै हेलेन फिसरले लेखिन्, ‘द फस्र्ट सेक्स’ । मानव विकास विशेषज्ञ फिसरले यो दाबा गरिन् कि महिला पुरुषको तुलनामा मानसिक रूपमै विशिष्ट र अधिक क्षमतावान् छन् । आज पनि नारीवादको बहस यसैमा केन्द्रित छ । महिला र पुरुषमा को विशिष्ट छ ? पुरुष महिलालाई निकृष्ट तुल्याउन र महिला पुरुषभन्दा उत्कृष्ट सिद्ध हुने दौडमा लागेको देखिन्छ । यसले पितृसत्तालाई नोक्सान होइन, बरु लैंगिक द्वन्द्वलाई झनै चर्काइरहेको छ । महिला आफैँमा पर्याप्त छ भनेर आफ्नो स्वायत्तताको संरक्षणभन्दा पनि पुरुषजस्तो बन्ने अनुत्पादक होडबाजी चलिरहेको छ । प्रथम दर्जामा को भन्नेभन्दा पनि महिलालाई पुरुषसरह राजनीतिक–सामाजिक दर्जा उपलब्ध छ कि छैन र हुनुपर्छ कि पर्दैन ? एकअर्काको अस्तित्व स्वीकार गर्दै समान यात्रामा लामबद्ध हुन सक्छन् कि सक्दैनन् ? सायद आजको मुक्तिको सही वैचारिकी र महत्वपूर्ण प्रयत्न यही हो ! -सुनिता नेपाली
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP