Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • सुदू्रपश्चिम प्रदेशमा पर्यटन सम्भावना र चुनौती
सुदू्रपश्चिम प्रदेशमा पर्यटन सम्भावना र चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
नेपाल भ्रमण वर्ष सन् २०२० लाई भ्रमण वर्ष मनाउनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले १५ पुस अर्थात् अंग्रेजी वर्षको पहिलो दिन १ जनवरी २०२० का दिन विविध रूपमा नेपाल भ्रमण वर्षको उद्घाटन गरेका छन् । स्न २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ । देशको पर्यटन मानचित्रमा ओझेल परेको सुदूरपश्चिममा पर्यटकीय गन्तव्य स्थलहरू प्रचुर मात्रामा रहेका छन् । पर्यटकीय स्थलको उचित व्यवस्थापन तथा सदुपयोग गर्न धेरै चुनौती छन् । भौगोलिक विकटता, यातायातको समस्या, स्थानीयमा चेतनाको कमी र सरकारी उदासिनता प्रमुख चुनौती हुन् । अर्कोतर्फ यातायातको अभावमा जस्तोसुकै पर्यटकीय सम्भावना बोकेको स्थान पनि ओझेलमा पर्नु स्वभाविक हो । पर्यटनका लागि महत्वपूर्ण मानिएको हवाई यातायातसमेत सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा हवाई यातायात सञ्चालनमा आउन सकेको छैन । ०५८ देखि बन्द अवस्थामा रहेका यस प्रदेशका विमानस्थलहरू सुचारु हुन सकेको छैन । भौगोलिक विकटताका कारण ओझेलमा रहेका पर्यटकीय स्थलहरू विमानस्थल सुचारु हुन सकेमा पनि आङ्खनो पहिचान बनाउन र पर्यटकलाई तान्न सक्ने थिए । कैलाली उद्योग बाणिज्य संघको पहलमा सुदूरपश्चिमको प्राकृतिक सुन्दरता झल्किने पोस्टर, डिभिडी, पोस्टकार्ड र तस्बिर पुस्तक प्रकाशन गर्ने कार्य भएको छ, अन्य सरोकारवाला निकाय पनि पछिल्लो समयमा पर्यटकीय क्षेत्रका बारेमा जुर्मुराउन थालेका छन् । प्राकृतिक छटा, सांस्कृतिक विविधता र धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुदूरपश्चिमका अधिकांश गाउँबस्ती यहाँका पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ र यस क्षेत्रकोे विकासका लागि पर्यटन विकास महत्वपूर्ण छ । ग्रामीण पर्यटनको अवधारणा भित्र्याउने हो र पाहुनाका लागि सामुदायिक होमस्टे सञ्चालन गर्ने हो भने पर्यटकलाई सजिलै तान्न सकिन्छ । पर्यटकीय सम्भावनालाई उजागर गर्न अनि व्यावसायिकता प्रदान गर्न मास टुरिजममा पनि जोड दिनु आवश्यक छ । यहाँको चुरे क्षेत्रमा रहेको जैविक विविधतालाई संरक्षण क्षेत्र स्थापना गरेर इको टुरिज्मको विकास गर्न सकिने सम्भावना पनि उत्तिकै छ । वातावरणका बारेमा अध्ययन गर्न चाहनेहरूलाई समेत यसले निकै टेवा पु¥याउन सक्ने सम्भावना छ । सुदूरपश्चिमका आकर्षक पर्यटन गन्तव्यहरूको प्रचारप्रसारसँगै पर्यटकको संख्यामा वृद्धि गर्नु आवश्यक छ । पर्यटनका हिसाबले सुदूरपश्चिममा प्रचुर सम्भावना रहे पनि त्यसको प्रवद्र्धन र पर्यटक भित्र्याउन आवश्यक प्याकेजको अभाव छ । स्रोत साधनलाई उचित सदुपयोग गरेर सुदूरपश्चिम प्रदेशबासीले फाइदा लिन सक्नुपर्छ । सुदूरपश्चिम प्रदेशमा आकर्षण पर्यटकीय स्थलहरूः सुदूरपश्चिम प्रदेशमा रहेका हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्री मधेस र तराईका हरिया फाँटहरू, हिमशृंखलालगायत यस क्षेत्रका मुख्य पर्यटकीय स्थलहरूमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, अपी, नम्पा, साइपाल हिमाल, दोधारा चाँदनी झोलुंगेपुल, टीकापुर पार्क, रामारोसन, सुर्मासरोवर, बाइसे चौबिसे राज्यकालीन दरबारहरू, मठमन्दिर, देवालय तालतलैया र झरना हुन् । पर्यटन विकासको मेरुदण्डको रूपमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, टीकापुर पार्क, खैराला दरबार, कर्णाली पुल पर्यटकका लागि आकर्षण स्थालहरू हुन् । दोधारा चाँदनी झोलुंगेपुल, महेन्द्रनगर, सुदूरको खुम्बा खप्तड, डोटी, बाजुरा, अछाम, बझाङ जिल्लाहरू पर्दछन् । समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइँमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान रहेको छ । चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रंगीविरंगी पूmलहरू, दह, त्रिवेणी, नागढुंगा, खप्तड बाबाको आश्रम, सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो । नागढुंगा, केदार ढुंगालगायत अन्य दृष्यहरू कम्ता आकर्षण छैनन् । यस्ता थुप्रै अनुपम दृष्य बोेकेको खप्तडले आङ्खनो सुन्दरता सबैलाई देखाउने मौका पाएको छैन । भू–स्वर्गका रूपमा रहेको खप्तड क्षेत्रमा जानका लागि सडक बनाउनु जरुरी छ । जबसम्म खप्तडलाई लक्षित गरेर सडक निर्माण गर्न सकिँदैन तबसम्म यहाँको पर्यटन प्रवद्र्धन हुन सक्दैन । शुक्लाफाँटा शुक्लाफाँटा राष्ट्रय निकुन्ज बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । साँझको समयमा शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । बाघका लागि उपयुक्त मानिएको यो निकुञ्ज बाबाताल तथा गैँडाका लागि उपयुक्त सौलगौडी ताललगायत शुक्लाफाँटा पर्यकका लागि आकर्षण केन्द्र हो । कैलालीको घोडाघोडी ताल कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृतमा परेको घोडाघोडी ताल यस प्रदेशको महत्वपूर्ण ताल हो । यो समुद्री सतहदेखि २ सय ५ मिटर उचाइँमा रहेको यो ताल २ हजार ५ सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हिमाल, र दरबारहरूः अपी, नम्पा दार्चुला सुदूरपश्मि प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरूमा अपी, नम्पा, साइपाल हिमालहरू हुन् । यी हिमाल र हिमशृंखलासम्म पुग्न यातायतको सुविधा छैन र यी हिमालमा सरकारले आरोहणको अनुमति पनि दिएको छैन । पर्यटकीय गन्तव्य स्थलमा यहाँका बाइसे चौबिसे राज्यकालीन दरबार पनि छन्, तर ती दरबार केही जीर्ण छन् भने राम्रै अवस्थामा रहेका दरबारमा विद्यालय, धर्मशाला बनाएर सदुपयोग होइन, दुरूपयोग भइराखेको छ । धार्मिक पर्यटकीय स्थलहरूः दार्चुलामा व्यास हिमालको गुफा जहाँ वेदव्यास ऋषिले १८ पुराण, महाभारत रचना गरेका छन् । उनको तपस्याभूमि हिमालय पर्वत दार्चुलाको व्यास हिमाल पर्छ । यहाँको मल्लिकार्जुन मन्दिर, दार्चुला र बैतडी सिमानामा रहेको गोकुलेश्वर महादेव मन्दिर । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निंगलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ । डडेल्धुराको प्रशिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर । डोटीमा प्रसिद्ध तीर्थस्थलहरूमा जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखंगाल गुफा भनिन्छ । बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो । यस्ता सैयौँ धार्मिक स्थल सुदूरपश्चिमका हरेक जिल्लामा छन् । कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरीको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकबाट तीन महिनाको अवधिमा महेन्द्रनगर र ब्रह्मदेवका व्यवसायीले मनग्ये आम्दानी गर्छन् र लाखाँै भारतीय रूपैयाँ भित्रिएर त्यहाँको अर्थतन्त्रको बलियो आधार भारतीय धार्मिक पर्यटक बनेका छन् । यसरी नै सुदूरपश्चिमका अन्य जिल्लामा रहेका धार्मिक स्थल प्रचारप्रसार गर्न सकेमा धार्मिक पर्यटकलाई सहजै तान्न सकिन्छ । यति मात्र नभई यहाँको डेउडा, दसैँ, होली, गौरा, फाग, धुमारी, चैत, भैली, थारू समुदायको माघी, सखिया नाचलगायत संस्कृतिहरू सुदूरपश्मिमा विद्यमान छन् । केही समययता आङ्खनो संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न स्थानीय जुर्मुमुराएको पाइएको छ । यहाँको धार्मिक, सांस्कृतिक एवं जैविक विविधताको संरक्षण तथा प्रवद्र्धन गर्न सकेमा यहाँको सांस्कृतिक ग्रामीण पर्यटनमा विकास गर्न सकिन्छ । त्यस्तै यहाँका नदीमा र्याफ्टिङ, ढुंगा दौड तथा अन्य जल सम्बद्ध यात्रा गराउन सके अझ बढी पर्यटकलाई लोभ्याउन सकिने बलियो आधार बन्न सकिने सम्भावना पनि उत्तिकै छ । ताल तलैया जैविक विविधताको कुरा गर्दा कैलालीमा रहेको घोडाघोडी ताललाई लिन सकिन्छ । यस तालमा रहेका चराका प्रजातिले पर्यटकको मात्र होइन सबैलाई आकर्षित गर्न सक्छ र यस्तै कञ्चनपुरमा झिलमिला ताल, बेतकोट ताल धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका छन् । कञ्चनपुरमा मात्र यस्ता साना ठूला गरी दुईदर्जन बढी ताल रहेका छन् र सुदूरपश्चिमका ९ वटा जिल्लामा यस्ता ताल तलैयाको संख्या धेरै छन् । यिनीहरूको प्रचारप्रसार र संरक्षण सम्बद्र्धन गर्न सकेमा आम्दानीको स्रोतको बलियो आधार हुन सक्छ । सरकारको दायित्वः सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय स्थलका बारेमा सरकारी स्तरबाट कुनै पहल हुन सकेको देखिँदैन, अब पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, संस्कृति विभाग, पुरातत्व विभाग प्रदेश सरकारको उद्योग, पर्यटन, वातावरण मन्त्रालयको बढी जिम्मेवारी होला तर क्षेत्रमा रहेको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताले पूर्ण भएका स्थलका बारेमा विशेष बजेटको व्यवस्था गरी व्यापक रूपमा प्रचारप्रसार गर्न आवश्यक भइसकेको छ । पर्यटकहरू यहाँको अशिक्षा र गरिबी अव्यवस्था हेर्न आउँदैनन् । उनीहरू गाउँ बस्तीका समृद्ध, सांस्कृतिक तथा मनोरम दृष्य हेर्न आउने हुँदा उनीहरूलाई आकर्षित गर्न स्थानीयले आफ्नो नगर, गाउँ टोल सफा सुघ्घर बनाउन ध्यान पु¥याउनु जरुरी छ । यहाँको मठ मन्दिर, देवस्थल, पाटी पौवा, धार्मिक स्थल, नदी, विहार, चैत्य, गुम्बा सफा सुग्घर राख्न सक्नुपर्छ । स्वच्छ खानेपानी, पर्यटन पूर्वाधारका लागि आवश्यक पर्ने स्तरीय होटलको व्यवस्था, धार्मिक, ऐतिहासिक र जैविक विविधताका पर्यटन स्थलहरूको बारेमा प्रचारप्रसार र यहाँ उपलब्ध स्रोत साधनको उपयोग गर्न सकेमा समृद्ध सुदूरपश्चिम प्रदेशको परिकल्पना गर्न सकिन्छ । यार्चागुम्बा बहुमूल्य जडीबुटीको पहिचान प्रशोधन र उचित बिक्री वितरण गर्न सकेमा आर्थिक क्रान्ति नै ल्याउन सकिने जडीबुटी व्यवसायी बताउँछन् । बन्द अवस्थामा रहेका यहाँका खानी (तामा खानी, फलाम खानी, खरी खानी, सिसा खानी) लगायत यहाँका खनिज सम्पदाको उत्खनन् उत्पादन तथा जल सम्पदाको उपयोग गर्न सकिएमा सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्न सक्छ र यहाँका हजारौँ युवाले विदेशिनु पर्ने बाध्यताबाट मुक्ति पाउन सक्ने थिए । यसका लागि संघीय सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, संस्कृति विभाग, पुरातत्व विभाग सुदूरपश्चिम प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहनुपर्छ, तब मात्र नेपाल सरकारले लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP