Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • कुन छाउगोठ भत्काउने ? बच्चालाई के सिकाउने ?
कुन छाउगोठ भत्काउने ? बच्चालाई के सिकाउने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
‘सर, म अलि हतारमा छु, छोरीलाई खाना खुवाएर विद्यालय पठाउनुपर्ने हो, पछि गफ गरौँला है ।’ सधैँजसो फुर्सदिला देखिने एक हितैषी मित्रले यस्तो कुरा गरेपछि प्रश्न सोधिहाल्न मन लाग्यो ‘किन ? म्याडम कतै बाहिर जानुभएको छ र ?’ मित्रको उत्तर थियो, ‘होइन यतै छिन् छन त । तर, मिन्स भा’छिन् ।’ साथीको यो उत्तरले एक अजीवको मुस्कान आयो । मूर्खतापूर्ण मुस्कान । दिनैपिच्छे सार्वजनिक कार्यक्रममा छाउपडीको विषयमा बहस हुन्छन् र ती कार्यक्रममा ती साथी पनि नियमित सहभागी हुने गर्छन् । महिनावारी भएका बेला महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन्, त्यसैले आरामको जरुरत हुन्छ भन्ने कुरा पनि उनले बुझेका छन् । तर, उनले त्यो आधारमा मेडमलाई फुर्सद दिएका होइनन्, महिनावारी भएका बेला ‘नछुने’ अर्थात् छुन नहुने भएका कारण बाध्यताले फुर्सद दिएका हुन् । यस्तो समयमा श्रीमतीलाई फुर्सद दिने उनी एक्ला व्यक्ति भने होइनन् । सामाजिक चेतनाले भरिपूर्ण राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू, उच्च ओहदाका सरकारी कर्मचारीहरू पनि छन् । नेताहरू मात्रै होइनन् नेतृहरू आफैँ पनि जबरजस्ती गर्छन् टाढिएर बस्नलाई । दिउँसोभरि विद्यालयमा स्वास्थ्य तथा जनसंख्या बिषय पढाउने शिक्षक÷शिक्षिकाले पनि साँझ घर आएर महिनावारीलाई या त ‘श्राप’ को रूपमा हेर्छन् या बरदानका रूपमा । सायद मासिक श्राव वा महिनावारी महिलाहरूको नियमित शारीरिक प्रक्रिया हो भनेर बिद्यालयमा स्वास्थ्य तथा जनसंख्या शिक्षा पढाउँदा उनीहरूलाई वाक्वाकी लाग्दो हो । महिनावारी भएको पाँच दिनमा सके गाईको गहुँत, नसके सुनपानी चाखेर मात्रै शुद्ध हुने दिदिबहिनीहरू पनि सार्वजनिक कार्यक्रममा त छाउपडी प्रथा बिरुद्ध जोरबलले कराउँछन्, लैंगिक विज्ञ नै ठान्छन् । यसमा केही समस्या हाम्रा धर्मग्रन्थहरूले थपेका छन् भने केही समस्या हाम्रो दरिद्र मानसिकताले । पौराणिक मान्यताअनुसार देवराज इन्द्रले त्वष्टा ऋषिका पुत्र बृत्रको हत्या गरे पनि ब्रह्महत्याको पाप लाग्ने भयो । त्यो पापबाट बच्नका लागि उक्त पापलाई चार भाग लगाइयो । पहिलो भाग धुँवाको मुस्लोसहितको आगोमा, दोस्रो भाग बर्षा कालको नदीमा र तेस्रो भाग पर्वतमा मिसाइयो । चाँैथो भाग कहाँ राख्ने भन्ने खोजी गर्दा महिलाहरूको मासिक श्राव अर्थात् रजस्वलामा मिसाइयो । ईन्द्रले गरेको पापको प्रायश्चित गर्नका लागि प्रजनन् उमेरका महिलाहरूले प्रत्येक महिना ‘नछुने’ हुनु पर्छ रे । रजस्वला भएको समयमा पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मधाती र तेस्रो दिन पवित्र धोबिनी समान हुने गर्छन् । चौँथो दिन नुहाई धुवाई गरेपछि मात्र उनलाई शुद्ध मानिन्छ । व्यवहारिक रूपमा उनीहरू चौँथो दिन शुद्ध मानिए पनि पितृ कार्य र देव कार्यका लागि भने सात दिनमा मात्रै शुद्ध हुन्छिन् । रजस्वला नबारे महिलामा बाँझोपन आउने, अर्को जन्ममा कुकुर्नी हुनु पर्ने, कुष्ठरोग लाग्नेजस्ता अफवाहले यो मासिक श्रावलाई समस्यामा पारेको छ । त्यसो त सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा महिनावारी भएका बेला छाउ गोठमा बस्नु र छाउ गोठमै निस्सासिएर, सर्पले डसेर, जाडोले कठ्यांग्रिएर वा बिरामी भएर मृत्यु हुने कुरा नौलो होइन । तर, मंसिर १७ गते अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा छाउ गोठमै राति सुतेका बेला एक महिलाको मृत्यु भएपछि सरकारी पक्षका कान ठाडा भएका छन् । यो सक्रियता कति दिनसम्म रहने हो भन्न सकिन्न तर त्यो घटनाको दोषी मान्दै मृतकका जेठाजुलाई प्रहरीले थुन्दा यसमा नयाँ तरंग भने सिर्जना गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, ०७४ को दफा १६८(३) अनुसार महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेद्भाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन । यदि यस्तो ग¥यो भने तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, व्यवहारमा भने फरक छ । हामी अहिले पनि अवोध बालबालिकालाई छाउपडी प्रथाबिरुद्धमा होइन, यो प्रथाको पक्षमा ज्ञान दिइरहेका छौँ । भर्खर ‘क र ख’ चिन्दै गरेका छोराछोरीहरूले महिनैपिच्छे चार दिन, पाँच दिन कसैलाई नछोएर छाउगोठमा वा घरभित्रै पनि एक कुनामा निर्जिव वस्तुझैँ बसेको देख्छन् भने उनीहरूले के सिक्छन् होला । गम्भीर विषय हो यो । कतिपय दिदीबहिनीहरूले आफ्नै नाबालक छोराछोरीहरूबाट गहुँत वा सुनपानी छर्किमाग्छन् अनि ती बालबालिकाहरूले भविष्यमा के सिक्छन् ? संस्कार समाज र परिवारको उपज हो । बालक कस्तो संस्कारमा हुर्कियो, उसले के सिख्यो, त्यही कुरा अभिव्यक्त गर्ने हो । जब हामी आफूलाई अधिकारकर्मी, अगुवा भन्नेहरू यस्तो मानसिकतामा छौँ भने निश्चित रूपमा हाम्रा बालबालिकाहरूले यही कुरा सिक्नेछन् र यो कुप्रथा सधैँ पुस्तान्तरण भइरहनेछ । महिनावारी भएदेखि ६÷७ दिनसम्म ‘छाउकी’, ‘बाइन्डी’, ‘छुती’ भएकी भनेर सम्बोधन गरिन्छ । महिनावारी भएका महिलाका श्रीमान्लाई पनि अशुद्ध मान्ने चलन छ । यदि श्रीमती महिनावारी भएकी छिन् भने श्रीमानले पनि पितृकार्य वा देवकार्यमा सहभागी हुन पाउँदैनन् । छाउपडी कुप्रथाका कारण जब कुनै महिलाको ज्यान जान्छ, जब कुनै महिला बलात्कृत हुन्छिन्, जब कुनै महिलामाथि शारीरिक हिंसा हुन्छ, तब चर्को स्वरमा आवाजहरू उठ्ने गरेका हुन्छन् । सञ्चार माध्यममा, अधिकारकर्मी हौँ भन्नेहरूका शब्दमा र नेताहरूका भाषणमा यो छाउपडी प्रथा अन्त्य हुनु पर्छ भन्ने जोरको स्वर आउँछ तर दुर्भाग्य, तिनै अधिकारकर्मी महिलाहरू आफू र आङ्खना परिवारका सदस्यहरूलाई छाउ बार्न बाध्य गराउँछन् । तिनै सञ्चारकर्मीहरू, जो दिनभरि छाउपडी प्रथाविरुद्धका समाचारहरू सम्प्रेषण गर्छन्, साँझ घर जाँदा छाउ बार्छन् वा बार्न बाध्य हुन्छन् । तिनै नेताहरू छाउपडी अपराध हो, छाउपडीविरुद्ध कानुन बनाउँछौँ, छाउपडी प्रथाको अन्त्य हुनु पर्छ भनेर भाषण गर्छन्, तर घरमा गएर श्रीमती, छोरी, बुहारीलाई गोठमा सुत्न लगाउँछन् । कुन छाउगोठ भत्काउने ? अहिले अछाममा फेरि छाउगोठ भत्काउन सुरु भएका छन् । जिल्लाभरि यो अभियान जारी छ । अछामको त्यो घटनाले फेरि एकपटक करिब १५÷ १६ वर्ष पुरानो डोटीको अभियानलाई स्मरण गराउँछ । ०६०÷६१ सालतिर डोटीमा करिब ६० छाउगोठहरू भत्काइए । तर, ती गोठहरू भत्काएको तीन महिनामै फेरि पुनर्निर्माण भए । भत्काउँदा अधिकारकर्मीहरूले भत्काए, तर बनाउँदा फेरि तिनै गरिबहरूले पाठो–बाख्रो बेचेर बनाए । छाउगोठ भत्काउने विषय एउटा दबाबमूलक अभियान हो, यसले एकखालको तरंग ल्याएको छ । तर, के छाउगोठ भत्काउँदैमा अब महिनावारी भएकी महिला घरभित्रै बस्न पाउँछन् त ? वा उनीहरू आफैँ पनि गोठ छाडेर घरभित्र बस्न सक्ने छन् त ? विषय यसरी सोच्न जरुरी छ । यसअघि सरकारी कार्यालयले नै लामो समयसम्म ‘छाउपडी निवारण परियोजना’ चलायो । धेरै ठाउँमा तामझामसहित छाउपडी गोठमुक्त क्षेत्र घोषणा पनि गरियो । तर, अहिले फेरि छाउगोठमा दिदीबहिनीहरूले ज्यान गुमाउनु परेका समाचारहरू सुन्दा सवालको नाममा आफ्नो खेती चलाउनेहरूको मन कस्तो भयो होला ? छाउपडी हुँदा जुन मनहरू रोएका छन् उनीहरूका घर भत्काउँदा रोलान् कि नरोलान् । अर्को कुरा, कस्तो छाउगोठ भत्काउनुपर्ने हो ? काठमाडौंमा बसेर योजना बनाउने र निर्देशन गर्नेहरूको बुझाइमा छाउगोठ एउटै प्रकारको छ । तर, जहाँ छाउ बारिन्छ, त्यहाँ चार प्रकारका छाउ गोठहरू छन् अर्थात महिनावारी भएका बेला महिलाहरू बस्ने ठाउँहरू फरक–फरक छन् । सामूहिक छाउगोठः गाउँभन्दा अलि टाढा वा गाउँको बीचमा भूइँतले एउटा गोठ बनाएको हुन्छ । उक्त गोठमा गाउँभरका महिनावारी भएका महिलाहरू सुत्छन् । यस्तो गोठमा कुनै बेला त कोचाकोच हुन्छ । महिनावारी भएकी महिलाले आफू सुतेको ठाउँमा चार दिन भएपछि गोबर र रातोमाटोले पोत्नुपर्ने चलन छ । गाउँभरिका महिलाको महिनावारी हुने पालो परिरहने भएका कारण यो सामूहिक गोठ कहिल्यै पनि सुक्न पाउँदैन । घरैपिच्छे अलग छाउगोठः प्रत्येक घरधुरीले आङ्खनो घरभन्दा अलि टाढा छुट्टै सानो भूइँतले कोठा बनाएको हुन्छ, जसरी शौचालय बनाइएको हुन्छ । टाढाबाट हेर्दा शौचालयजस्तो लाग्ने उक्त गोठको ढोका होचो हुन्छ, झ्याल हुँदैन, यसलाई छाउ गोठ भन्ने गरिन्छ । घरमै छाउगोठः मूलघरको भूइँतलामा एउटा सानो कोठा बनाइएको हुन्छ, त्यसैलाई नै छाउगोठ भन्ने गरिन्छ । यो कोठा होचो हुन्छ, यसमा झ्याल हुँदैन । अध्याँरो र साँघुरो हुन्छ । गाईवस्तुसँगै बस्ने गोठः कुनैकुनै गाउँमा गाईवस्तु बाँध्ने गोठकै एक कुनामा महिनावारी भएकी महिलाले सुत्नुपर्ने हुन्छ । त्यसैलाई गोठ भन्ने गरिन्छ । अब कुन गोठ भत्काउने ? भौतिक संरचनाहरू भत्काए मात्रै छाउपडी प्रथा हट्ने भन्ने मानसिकता हो भने त पूरै घरै भत्काउनुपर्ने अवस्था आउन सक्छ । छाउपडी हुँदा जुन मनहरू रोएका छन् उनीहरूका घर भत्काउँदा रोलान् कि नरोलान् ? युगौँदेखि हामीले अभ्यास गरेको सामाजिक संस्कारले महिलाहरूको जीवन जोखिममा पार्दै छ । ‘छाउपडी प्रथा पाप होइन, यो भगवान्को देन हो’ भनेर नारा लाउने अधिकारकर्मी महिलाहरूले पनि ‘छाउपडी प्रथा न पाप हो, न श्राप हो, न भगवान्को देन हो, यो त प्रकृतिको नियम हो’ भन्ने बुझ्न सकेका छैनन् । त्यसैले निर्जिव छाउ गोठ भत्काउने कुराले खासै अर्थ राख्दैन, सदरमुकाममै बस्नेहरूले पनि आफ्ना व्यवहारिक क्रियाकलापबाट आना छोराछोरीहरूलाई यस विषयमा ज्ञान दिइरहेका छन् अर्थात् छाउ बार्नु पर्छ भन्ने शिक्षा दिइरहेका छन् । त्यसैले छाउ गोठ भत्काउने होइन, छाउ गोठमा बस्न बाध्य बनाउनेहरू र छाउ गोठमा बस्ने दुवैलाई कारबाही गर्नुपर्छ । धर्मग्रन्थहरूमा भएका प्रावधानहरू पनि हटाउने अभियान थालिनुपर्छ कि ? अनलाइनखबर
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP