Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • नागरिकता विधेयकको प्रावधान : सार्वभौमसत्तामाथिको हमला
नागरिकता विधेयकको प्रावधान : सार्वभौमसत्तामाथिको हमला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २४, २०७९
Amar KC
Hardik health
नेपालको संविधान, २०७२ को धारा २ मा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ’ भन्ने कुरा उल्लेख गरिएको छ । यसको तथ्यसंगत व्यवस्थाको प्रारुपता, तादम्यता र कुनै निश्चित वास्तविक आधार प्रस्ट देखिँदैन । यही संविधानको धारा ३०६ को उपधारा १ (ज) मा संवैधानिक परिभाषा र व्याख्यामा ‘राज्यशक्ति’को अर्थलाई परिभाषित गरिएता पनि सार्वभौमसत्ता र राजकीयसत्ताको परिभाषा र व्याख्यालाई कहीँ कतै उल्लेख गरिएको छैन । केवल यसको प्रयोग संघीय कानुनबमोजिम गरिनेछ भन्ने अस्पष्टतासहितको कार्यादेश थोपरेको मात्र देखिन्छ । यस खालको व्यवस्थाले नेताको वर्चश्व र सर्वसत्तावादको राजनीतिक चरित्रलाई परिभाषित गरेको देखिन्छ । कुनै एक खालको राज्यशक्ति स्थापित गर्न संवैधानिक शब्दावलीलाई सर्वसत्तावादी चिन्तनको सेरोफेरोमा सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित संविधानमा लेखिएकै भरमा सोबमोजिम स्थापित हुन जाने अवस्था भने रहँदैन । किनकि, यस्तो परिभाषाको पारदर्शिता र मँर्तरुपमा उपस्थिति पनि हुनु आवश्यक हुन्छ । जनताको सर्वाेच्चतालाई कुण्ठित गरी संवैधानिक कानुनका धारा र दफाहरुले साङलोमा बाँधेर राखेको जनतामा सार्वभौमसत्ता कदापि स्थापित हुन सक्दैन । राष्ट्रिय मुद्दामा दर किनाराको मुकदर्शक बनाउँदै नेताहरुको वर्चश्ववादी चिन्तन थोपर्ने राज्य व्यवस्थाको प्रणालीले कुन आधार र तह तप्काबाट राजकीयसत्ता जनतामा निहित गरियो ? यसको प्रस्टता हुनु जरुरी हुन्छ । वास्तवमा राजकीयसत्ता भनेको राजनीतिक सत्ता वा राज्य सम्प्रभुता हो । राज्यव्यवस्थाको राजनीतिक प्रक्रिया सञ्चालन गर्नका लागि सत्ताको भँमिका आवश्यक पर्दछ । राज्यसम्बन्धी आदेश, परमादेश, कानुन र व्यवस्थालाई परिचालन गर्ने काम राज्यसत्ताको हो । राज्यव्यवस्थाको वास्तविक रुपमा अवस्थित राजनीतिक शक्ति, वैचारिक शक्ति र शासनको आत्मालाई सत्ता भनिन्छ । यसले राज्यशक्तिलाई नियन्त्रित गर्दछ । सत्ताको अर्थ शासनशक्ति र जनताद्वारा प्रदान गरिएको वैधता पनि हो । राज्यभित्रको राजनीतिक विभिन्न प्रतिद्वन्द्वीलाई अधिनस्थ गरी एकपक्षीय शासनशक्ति स्थापित गर्ने कार्यलाई राजनीतिक सत्ता भनिन्छ । जसमा जनताको सहमतिलाई वैधता प्रदान गर्दै सन्तुलित राज्यसत्ता स्थापित गरेको हुन्छ । सत्ता शक्तिको संस्थापक र विधिको रुप पनि हो । यसैगरी शासकले शक्ति र प्रभावलाई संस्थाको माध्यमबाट सत्ताको रुपमा प्रयोग गर्दछ । राजसंस्थाको संरचना यही राजकीयसत्ताको अवधारणाबाट स्थापित भएको हुन्छ । अतः राजा वा राज्यसँग सम्बन्ध राख्ने व्यवस्थालाई पनि राजकीयसत्ता भनिन्छ । विभिन्न मुलुकहरुले राजकीयसत्ता र सार्वभौमसत्तालाई आ–आफ्नो विशेषता र महŒवको आधारमा प्रदान गरेको हुन्छ । जस्तैः बेलायतको राजकीयसत्तालाई ‘द चर्च अफ इंग्ल्याण्ड’ भनिन्छ । पाकिस्तानको राजकीयसत्ता अल्लाहमा निहित गरिएको छ । यसैगरी साउदी अरब राष्ट्रले राष्ट्र वाक्यको रुपमा देशको राजकीय तथा सार्वभौमसत्ताको नाममा ‘अल्लाहबाहेक कोही भगवान छैन । हजरत मुहम्मद साहबअल्लाहका सन्देशवाहक हुनुहुन्छ’ भनेर राखिएको छ । तर, नेपालमा भने ‘राजकीयसत्ता जनतामा निहित गरिएको छ’ भन्ने मान्यता संविधानले अंगीकार गरेको छ भन्ने भ्रम छरेको देखिन्छ । जनताको हातमा सार्वभौम सत्ता अर्थात् देशको सम्पूर्ण सार्वभौमसत्ताधिकार जनतामा निहित । सत्ताको मालिक जनता हो भन्ने राजनीतिक मूल्य र मान्यताको अवधारणामा विकसित राजनीतिक चेतनालाई अभिवृद्धि गर्दै राजकीयसत्ता र सार्वभौमसत्ता जनतामा निहित भन्ने मान्यतालाई राजनीतिक परिभाषामा चित्रण गरिएको छ । यसको अर्थ जन सम्प्रभुताको राज्यसत्ता अर्थात् द पिपुल्स सुप्रिमेसी सिस्टम (जनताको सर्वाेच्च सत्ता वा शक्ति) हुन्छ । यसको अर्थ राज्यशक्ति र देशको साधन स्रोतमा जनताको प्रधानतालाई स्थापित गर्ने प्रणाली, जसलाई जनप्रधानतन्त्र ‘पिपुल्स प्राइमेसी’ भनिएको छ । भूमि र राज्य स्रोतमा जनताको सम्पँर्ण अधिकार नै सार्वभौमसत्ता हो । यस अर्थमा राज्यमा रहेका सबै साधन स्रोतसहितको भूगोलमाथि जनताको अधिकार रहनु हो । तर, पछिल्लो विकसित वैचारिक अवधारणामा ‘जनताको सार्वभौमसत्ता भूमि–भूगोलमा मात्र सीमित नरही जनसंख्याको बहुमत विचार पनि हो’ भन्ने गरिन्छ । यही विचारको अभिमतअनुसार राज्यव्यवस्था सञ्चालन हुनुपर्दछ भन्ने मँल्य र मायन्तालाई अंगीकार गर्न थालेका पनि छन् । तर, नेपालको संविधानमा यसको परिभाषा र निर्दिष्ट व्याख्या नहुनु दुर्भाग्यपूर्ण छ । राज्यशक्तिको परिभाषामा राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार सम्झनुपर्दछ भन्दै ‘यस शब्दले अवशिष्ट अधिकारसमेतलाई जनाउँदछ’ भनिएको छ । यसको अर्थ व्यवस्थापिका संसद्को आधारशिलामा टेक्दै निर्वाचनमार्फत नागरिकको बालिग मताधिकारको मतदान मात्र सार्वभौमसत्ता र राजकीयसत्ता हो भन्ने असन्तुलित अवधारणालाई अभ्यास गरेको देखिन्छ । अतः सूचीकृत मौलिक हक अधिकारबाहेक अरु नेपाली जनताको सार्वभौम अधिकार के हुन सक्दछ ? यसको स्पष्ट व्याख्या र परिभाषा संविधानमा कहीँ कतै रहेको देखिँदैन । वास्तवमा देशको राजनीतिक परिवेश, अवस्था र व्यवस्थालाई विश्लेषण गर्ने हो भने ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता संसद्मा स्थापित रहेको छ !’ राजनीतिक परिवर्तनको नाममा जनताको राज्यशक्तिको सर्वाधिकार संसदीय व्यवस्थामा थोपर्दै जनतालाई शब्दजालको भ्रममा शासन स्थापित गरेको प्रस्ट देखिन्छ । देशको वास्तविक सार्वभौमसत्ताको स्रोत जननिर्वाचन हुन सक्दछ । तर, राजकीयसत्ता कुनै स्रोत होइन यो शक्ति र प्रयोग हो । जनताले प्रत्यक्षरुपमा निरन्तर यसको प्रयोग गर्न पाउनुपर्दछ । राज्यशक्तिको स्रोत सार्वभौम जनता हो । यो स्रोत निर्वाचनमार्फत बालिग मताधिकारको प्रयोग गरी निर्माण गरिन्छ भन्ने अवधारणा संसदीय सर्वाेच्चतालाई अंगीकार गर्ने राजनीतिक शक्तिको मँल्य र मान्यताभित्र पर्दछ । यसभन्दा पृथक विचारको मूल्य र मान्यतालाई उजागरण गर्दै राज्यशक्तिको स्रोत आवधिक निर्वाचन र एक खालको संस्थाको मातहतमा मात्र सीमित नराखी निरन्तर निर्णाधिकार राख्ने जन सम्प्रभुताको शासन ‘पिपुल्स सुप्रिमेसी’को अवधारणा अनुसार जनताको सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग हुनुपर्दछ भन्ने मान्यता उजागर गरिँदै आइरहेको छ । जसलाई जनप्रभुत्वको शासन व्यवस्थाको शासन प्रणाली भन्ने व्याख्या हुँदै आइरहेको छ । यस व्यवस्थामा संविधान संशोधन गर्न वा राष्ट्रिय महŒवको विषयमा अन्तिम निर्णय गर्ने राजकीयसत्ताको प्रयोग गर्ने अधिकार सम्प्रभु जनतामा स्पष्टका साथ राखिएको हुन्छ । यस सिलसिलालाई मध्येनजर गर्दै राजनीतिक विश्लेषण गर्ने हो भने राजनीतिक मूल्य र मान्यताअनुसार राज्यशक्तिको स्रोत जनता नै हो भन्ने आधारमा राज्य र नागरिकको सम्बन्धलाई जोडदा अहिले ल्याइएको नागरिकता विधेयकभित्रका कानुनी प्रावधानका धाराहरुले देशको सार्वभौमसत्ता र राजकीयसत्तालाई प्रस्टरुपमा आघात पुर्‍याउने तथ्य स्पष्ट देखिन्छ । यसमा थप जनसांख्यिक बहुमतको वैचारिक अवधारणाको अभिमत पनि सार्वभौमसत्ताको प्रयोग हो भन्ने नयाँ विकसित मूल्य र मान्यताको अगाडि यदि गैरनेपाली वा विदेशीहरुका लागि खुलारुपमा नागरिकता प्रदान गर्ने संवैधानिक व्यवस्था स्थापित गरियो भने देशको सार्वभौमसत्तामाथि नराम्ररी आघात पुर्‍याउनसक्ने अवस्था देखिन्छ । देशको भौगोलिक वनावट र सामरिक सम्बन्धमा खुला आवतजावत गर्ने भारतीयहरुको घुसपैठ र आवाद कमोदको आधारमा हरेक पटकको संविधान निर्माण हुँदाका बखत बसोबास गर्ने गैरनेपालीहरुलाई नागरिकता प्रदान गर्दै जाने हो भने नेपालको वंशज जनताको जनसंख्या अल्पमतमा पर्ने निश्चित देखिन्छ । यसैगरी देशको संवैधानिक व्यवस्थामा पदाधिकारीको नागरिकतासम्बन्धी विशेष व्यवस्थामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायको प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति वंशजका आधारमा मात्र हुुनुपर्दछ । यसैगरी संवैधानिक निकायका पदहरुमा पनि वंशजको नागरिकता लिएका व्यक्तिले मात्र निर्वाचित, मनोनीत वा नियुक्ति हुन पाउनुपर्ने व्यवस्था कायम गरिनुपर्दछ । तर, अहिले राष्ट्रपतिको सुझावलाई अवमूल्यन गर्दै असंवैधानिक तवरले संसद्बाट दोस्रोपटक अनुमोदन गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक देशको सम्प्रभुतालाई विखण्डित गर्ने खालको चुनौतीयुक्त रहेको छ । गैरनेपालीहरुलाई नागरिकता र विदेशी स्थायी बसोबास अनुमतिपत्रसहित अंगीकृत नागरिकता लिएका व्यक्तिहरुलाई संवैधानिक निकायमा नियुक्ति दिन सकिनेजस्तो नियतबाट ल्याइएको प्रावधानले देशको भौगोलिक अखण्डता, सम्प्रभुता र स्वाधीनतामाथि आँच आउने कुरा प्रस्ट देखिन्छ । अतः नेपालको संविधान धारा २७४ को उपधारा १ बमोजिम नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी यो संविधान संशोधन गर्न सकिूदैन । यस संविधानको प्रस्तावना, संवैधानिक व्यवस्था तथा यसको मूल्य मान्यता र राजनीतिक सिद्धान्तअनुसार नागरिक र राज्यको सम्बन्धले देशको अस्तित्व र अखण्डतामाथि असर पार्नसक्ने स्पष्ट परिभाषित अवधारणहरुलाई मध्येनजर गर्न जरुरी छ । अतः नागरिकता जस्तो राष्ट्रको संवेदनशील राष्ट्रिय प्रमाणपत्र प्रदान गर्ने सवालमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा देशको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको पक्षमा केन्द्रित रही निर्णय गर्नसक्नु पर्दछ । अन्यथा, यस किसिमको दुरगामी असर गर्ने खालका नागरिकता विधेयकमाथि विचार गरी नेपालको संविधानको धारा २७४ को उपधारा १ बमोजिम दूरगामी असर पुर्‍याउन सक्ने कारण देखाई महामहिम राष्ट्रपति महोदयले प्रस्तुत विधेयकमा हस्ताक्षर नगरी देशको सार्वभौमसत्ताको रक्षा गर्न जरुरी छ । (अमर के सी-लेखक पिपुल्स सुप्रिमेसी सिस्टम तथा अग्रगामी राष्ट्रवादका सिद्धान्तकार हुन्)
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP