Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपालमा मानव रोबोट र इनोभेसन
नेपालमा मानव रोबोट र इनोभेसन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
Hardik health
आङ्खनै क्षमता पहिचानमा च्युत बनेको, अत्यन्त अदूरदर्शी, अत्माबल स्खलित नेपालको कर्मचारी प्रशासन, जंगलमा सिङ अड्केको बाह्रसिंगेको हालतमा पुगेको सरकार र नेपालमा गहिरो जरा गाड्न सफल नाफाखोरी व्यापार प्रवद्र्धन संस्कृति आज नेपालको दुरावस्थाको कारक रहेको छ । हरेक देशको विकास हुन नसक्नु वा देशले सोचेको गतिमा आङ्खना विकास, जनसन्तुष्टि र सुरक्षाको प्रत्याभूति दिन नसक्नुमा आङ्खनै आन्तरिक प्रमुख कारणहरू रहन्छन् । समृद्धिका हिसाबमा नेपाल एकोहोरो ओरालो मात्र लागिरहनुको अहं कारणहरू छन् । तर पनि नेपालको आङ्खनो प्रगति पथमा लम्कन नसक्नुका कारणहरू नेपालमा कहिल्यै उजागर हुन सकेन । नेपालमा कार्यरत कूटनीतिक नियोग, पत्रकार, विकासे अड्डा र स्वतन्त्र बुद्धिजीवी र विज्ञ कहलाएकाहरूबाट नेपालको दुर्ग्तिका प्रशस्त कारणहरू लेखिएका र बताइएका भेटिन्छ । बताइएका कारणहरू जनमानसमा सही रहेको भान दिन केही हदसम्म सफल रहेको पनि देखिन्छ । नेपालको आन्तरिक र यथार्थ चुरो समस्या बुद्धिजीवी र विज्ञ कहलाएकाहरूबाट पहिचानसम्म हुन नसकेका कारण उनीहरूले देखाएका सबै समस्याको समाधान गर्दाका अवस्थामा समेत मुलुक अरू १, २ दशक विकासको बाटोमा ओरालो नै लागिरहने निश्चित छ । चुरो कुरो गर्ने हो भने आज नेपाल विभिन्न समयमा योजना आयोग र अर्थ मन्त्रालयमा लामो समय डाडुपुन्यू चलाउने मौका पाएका, नेपालमा विशेष चासो राख्ने विदेशी दातृसंस्थाबाट प्रशिक्षित तथा प्रोग्राम गरिएका आफूलाई स्वतन्त्र विज्ञको बिल्ला भिराउने नेपाली मानव रोबर्टहरूको संक्रमणबाट ग्रस्त छ । कुनै पनि देशको विकास र उन्नति भनेर आङ्खनो मुलुकको हिजोको कुल जिडिपी आजसँग तुलना गर्ने र बढेको सन्दर्भलाई मुलुकको समृद्धि मान्नु बेइमानी हो । बढेको जिडिपीको धारणा वैज्ञानिक समृद्धिको धारणा हुन सक्दैन । देशको विकास र उन्नतिको तुलनाका लागि विज्ञान र प्रविधिको क्षेत्रमा आङ्खनो देश हिजो अर्काे देशसँग कति पछाडि वा अगाडि थियो र आज त्यो खाडल कति छ, त्यसको मापन वा बेन्चमार्कबाट गरिनु पर्छ । कुनै एक अमूक अरबपतिको वा कुनै अवैधानिक आय वैधानिक बनाएर प्रभावित हुने जिडिपीजस्ता कुराहरू देखाएर मुलुकले समृद्धिमा फड्को मारेको बताउनु जनताको आँखोमा छारो हाल्ने खेल मात्र मानिनु पर्छ । चुरो कुरो गर्ने हो भने आज नेपाल विभिन्न समयमा योजना आयोग र अर्थ मन्त्रालयमा लामो समय डाडुपुन्यू चलाउने मौका पाएका, नेपालमा विशेष चासो राख्ने विदेशी दातृसंस्थाबाट प्रशिक्षित तथा प्रोग्राम गरिएका आफूलाई स्वतन्त्र विज्ञको बिल्ला भिराउने नेपाली मानव रोबर्टहरूको संक्रमणबाट ग्रस्त छ । नेपालमा राजनीतिक, कूटनीतिक, गैरसरकारी, सरकारी र विभिन्न मिसनमा सक्रिय रूपमा कार्यरत उक्त मानव रोबर्टहरूको धारणाले वास्तवमै नेपालको धेरै माया गर्ने ठूलो बौद्धिक हिस्साको समेत ब्रेन वास गर्न सफल बन्नु नेपालको समग्र विकासका लागि चिन्ताको विषय बनिरहेको छ । मानव रोबर्टको सञ्जालको संक्रमणले नेपाल यति जटिल मोडमा पुगेको छ कि नेपालमा जतिसुकै राजनीतिक र व्यावहारिक परिवर्तन गरियोस् मुलुकले विकासका लागि उकालो लाग्ने अवस्था कहिल्यै प्राप्ति गर्ने छैन भन्ने गहिरो निराशा मुलुकभर व्याप्त छ । राज्यको नीति प्रायः दुई तरिकाबाट बन्छ । एक, जनताको संविधानसभा र संसदबाट । दोस्रो, बाधा अड्चन फुकाउने नाममा कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर । कर्मचारीतन्त्रबाट आफू अनुकूल व्याख्या गरेर बनाइएका नीतिहरू विभेदकारी हुन्छ भनी जनताका प्रतिनिधिबाट नीति नियमहरू बनाउने विकल्प उत्तम ठानिएको हो । जन प्रतिनिधिहरूले बनाउने नीतिहरूमा जब मुलुकको स्वार्थ खोजिने उद्देश्यबाट स्खलित हुन्छ, तब मुलुक विदेशी व्यापारिक केन्द्रको एक छत्र लुट्ने थलोमा परिणत हुन्छ । मुलुक विदेशी शक्ति केन्द्रहरूको कसले कसरी धेरै लाभ उठाउने भन्ने स्वार्थको रणभूमि बन्छ । संसदमा जनभावना पुर्याउनका लागि जन प्रतिनिधि छान्ने प्रक्रियाको रूपमा मुलुकले आमनिर्वाचनको सहयोग लिन्छ । जनता जस्तो सोच राख्छन् जन प्रतिनिधिले त्यसैको प्रतिनिधित्व गरोस् भन्ने आशय हुन्छ निर्वाचनको । बहुसङ्ख्यक गरिबी र अज्ञानता जडित समाजको प्रतिनिधि पनि गरिब र अज्ञानता भएकै छानिने परिकल्पना चुनावले गर्छ । चुनावको माध्यमबाट छानिने जनप्रतिनिधि दक्ष र विषयविज्ञ हुने सम्भावाना कम रहन्छ । त्यसको आसा पनि गरिँदैन । मुलुकको विकास भनेको मुलुकको आर्थिक रूपमा अन्य मुलुकसँग हुने प्रतिस्पर्धा हो । मुलुक मुलक बीचको आर्थिक प्रतिस्पर्धाले मुलुकमा दक्ष र विषय विज्ञहरूको जरुरतको माग गर्छ । मुलुकमा विद्यमान स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रबाटै दक्ष र विषय विज्ञहरूको पूर्ति गरी मुलुक प्रतिस्पर्धी बनोस् भन्ने निर्वाचन प्रणालीको आशय रहन्छ । मुलुकमा उपलब्ध नरहेका दक्ष र विषय विज्ञहरूको आपूर्ति अन्तर्रा्ष्ट्रिय बजारबाट गरियोस भन्ने आन्तरिक आशय हुन्छ । नेपालमा भने उक्त खाडलको पूर्ति गर्न पाँच दशकदेखि तिनै मानव रोबर्टहरूको उपयोग गरिँदै आइएको छ । जसको नतिजा तपाईंहामी सामुन्ने छ । कर्मचारीतन्त्रलाई सदैव निकम्मा राख्ने, मुलुकको जरुरत पूर्ति गर्न सक्षम परियोजनाहरू सुरु गर्ने नदिने, योग्य र विषय विज्ञहरूलाई प्रवेशमै रोकावट गर्न आदि जस्ता सम्पूर्ण गतिविधिमा तिनै मानव रोबर्टहरूको माफिया करण सफल बनिरहेको छ । राज्य व्यवस्था र सरकार जतिपटक परिवर्तन भए पनि अटल रहेको मानव रोबर्टहरूको सञ्जालको चुकुलबाट नेपालको मुक्तिका लागि उन्मुक्तिको जरुरत देखिएको छ । आज नेपाली समाजमा नेपालको विकास नहुनुका कारणमा राज्यमा व्याप्त भ्रष्टाचार, राजनीतिमा स्वेच्छाचारिता देखिनु, भिजन भएको नेतृत्वको अभाव हुनु, मानव पुँजीको प्रभावकारी व्यवस्थापन नहुनु, पुँजीपति र दलाल वर्ग सरकारभन्दा बलियो हुनु, नागरिकमा सकारात्मक सोच र चिन्तनको अभाव रहनु, मौजुदा ऐन कानुन नै विकासको अवरोधक बन्नु, मुलुकभित्र दण्डहीनता बढ्नु, राजनीति फोहोरी बन्नु, चुनाव महँगो हुनु आदि इत्यादि रहेको सुनिने गर्छ । जनतामा सचेतना हुन नसक्दा विकासका लागि नभएर शक्ति प्राप्त गरी चुस्त कमाउने नियतका चुनाव हुने, चुनावमा भिजन भएका व्यक्तिको उम्मेदवारी नपर्ने, राज्यले मानव पुँजीको प्रभावकारी व्यवस्थापन गर्ने क्षमता गुमाउने, राजनीति फोहोरी बन्ने, चुनाव महँगो हुने, नागरिकमा अनुशासनमा बस्ने प्रवृत्ति हराउने, जवाफदेहिता कायम हुन नसकी दण्डहीनता बढ्ने गर्छ । उक्त कुराहरू देश विकास नहुनुको मूल कारक नभएर चुरो कारकले पैदा गरेको प्रतिफल रहेको तथ्य नेपाली समाजमा कहिल्यै पु¥याउन सकिएन । संसारमा निकै भ्रष्टाचार हुने मुलुकहरू समेत आज उच्च विकसित मुलुक बनेर तपाईं हामी समुन्ने उपस्थित रहेकै छन् । सरकारी काम सम्पन्न गर्ने क्रममा वास्तविक लागतभन्दा खर्च धेरै देखाएर मात्र भ्रष्टाचारको रकम जोहो हुने हुन्छ । उक्त प्रकृतिका चुहावटमा कम्तीमा निर्माण वा सेवाका कार्यहरू गरिनु अनिवार्य रहन्छ । भ्रष्ट मुलुकको विकासको मूल्य तुलनात्मक रूपमा चर्काे भए पनि भ्रष्टाचारको रकमको प्रोत्साहनमा धेरै कामहरू अघि बढिरहेका हुन्छन् । जनतामा सचेतना हुन नसक्दा विकासका लागि नभएर शक्ति प्राप्त गरी चुस्त कमाउने नियतका चुनाव हुने, चुनावमा भिजन भएका व्यक्तिको उम्मेदवारी नपर्ने, राज्यले मानव पुँजीको प्रभावकारी व्यवस्थापन गर्ने क्षमता गुमाउने, राजनीति फोहोरी बन्ने, चुनाव महँगो हुने, नागरिकमा अनुशासनमा बस्ने प्रवृत्ति हराउने, जवाफदेहिता कायम हुन नसकी दण्डहीनता बढ्ने गर्छ । समाजमा सचेतना अभिवृद्धि गर्न समाज आफैमा आत्मा निर्भर हुनु जरुरी छ । समाजमा आत्मा निर्भरता स्वरोजगार र उद्यमशीलताबाट प्राप्त हुन्छ । स्वरोजगार र उद्यमशीलताका लागि इनोभेसन संस्कृतिले मुलुकभित्र गहिरो जरा गाडेको हुनु पर्दछ । मुलुकभित्र इनोभेसन संस्कृति भित्र्याउन स्थानीय स्तरमा स्थानीय आवश्यकता अनुकूलको सीप, ज्ञान र प्रविधिको हस्तान्तरणको जरुरी छ । स्थानीय क्षेत्रमा सीप, ज्ञान र प्रविधिको हस्तान्तरणका लागि स्थानीय क्षेत्रमा उद्यमशीलतामा जान चाहने उद्यमीहरूको जरुरत पर्दछ । स्थानीय क्षेत्रमा उद्यमीहरू पैदा हुन स्थानीय सम्भावित उद्यमीहरूमा राज्यले उद्यममा लगानी गर्दा जरुरी हुने आर्थिक, भौतिक, राजनीतिक र सामाजिक सुरक्षा उपलब्ध रहने आशा र भरोसा दिलाउन सक्नु पर्छ । स्थानीय स्तरमा आर्थिक, भौतिक, राजनीतिक र सामाजिक सुरक्षाको प्रत्याभूति सरकारको तर्फबाट दिइने सुरक्षाको आश्वासनबाट प्राप्त हुँदैन । नागरिकले स्थानीय स्तरमा सुनिरहेका र देखिरहेका गतिविधिबाट स्थानीयतामा सुरक्षा रहेको नरहेको बारे आङ्खनो धारणा बनाउँछ । संसारमा देखिएको अनुभवले प्रस्ट पारिदिएको यथार्थ के छ भने मुलुक आर्थिक रूपमा भ्रष्ट बन्यो भने अलि ढिला विन् भने उनीहरूलाई भिजन भएका राजनीतिज्ञबाट समयले आफै विस्थापित गरी मुलुक विकास उन्मुख बन्छ । तर यदि समाजमा सामाजिक वितृष्णा उत्पन्न भयो भने मुलुक विकासको सन्दर्भमा लामो समय थला पर्ने गर्छ । समाजमा सामाजिक वितृष्णाबाट सङ्क्रमित हुन सुस्त गतिको विकास, कुनै अमुक भ्रष्ट नेता, कर्मचारी वा भिजन रहित नेतृत्वले भन्दा सामाजिक सञ्जाल र मास मिडियामा काम गर्ने रेडियो, टेलिभिजन, पत्रिका जस्ता सामग्रीमा लेखिने र प्रसारित हुने नकारात्मक सन्देशहरूको ९० प्रतिशतभन्दा धेरै भूमिका खेल्छ । नेपालको विगतदेखि हालसम्मको सन्दर्भमा नेपालमा सक्रिय मानव रोबर्टहरूको सञ्जालले विभिन्न समयमा मुलुकमा आर्थिक, भौतिक, राजनीतिक र सामाजिक सुरक्षाको अवस्था नरहेको नकारात्मक सन्देश मास मिडिया र सामाजिक सञ्जालहरूको चतुर पूर्ण प्रयोग गरी सम्प्रेषण गर्न सफल बनिरहेका छन् । लगातार लामो समयदेखि समाजको अत्यन्त भित्री तहसम्म यो सञ्जाल सामाजिक वितृष्णा पैदा गर्न सफल बनिरहेको छ । उच्च सामाजिक वितृष्णाका कारण मुलुकभित्र इनोभेसन संस्कृतिको विकास हुन सकिरहेको छैन । नेपाली मानव रोबोटका सञ्जालको कर्मचारी तन्त्र र राजनीतिक नेतृत्वमा रहेको दरिलो पकडका कारण इनोभेसन र विकासको अवरोधकको रूपमा रहेको मौजुदा ऐन कानुन परिवर्तन हुन सकेका छैनन् । कतिपय परिवर्तन भएकाहरू मुलुकमा इनोभेसन भित्रन भन्दा पनि मुलुकलाई अनिर्णयको बन्दी बनाएर उनीहरूको यथास्थितिवाद कायम गराउन सहयोगी हुने प्रकृतिका बनेका देखिन्छन । पुँजीपति र दलाल वर्ग सरकारभन्दा बलियो बनेको छ । प्रभावकारी मानव पुँजी विदेश पलायन बनिरहेको छ । मुलुक असीमित कालको लागि विदेशी शक्ति केन्द्रहरूको क्रीडा स्थल र स्वार्थको लुटको रणभूमि बनि दिएको छ । रातोपाटी
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP