काठमाडाैं - उपचारका लागि लगिएकाे कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ गरेको छ ।
नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएकाे कर्तव्य ज्यान मुद्दाका फरार भएको कैदी ललितपुरबाट पक्राउ गरेको हाे ।
रामेछाप जिल्ला पिल्पुङग गा.पा. वडा न.२ स्थायी ठेगाना भई हाल कर्तव्य ज्यान मुद्धाको कैदी बन्दीको रुपमा नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खु ललितपुरको कारागारमा रहेका वर्ष ३१ को भोला बुढाथोकी हुन ।
बुधबार उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट ४:१० बजेको समयमा फरार भएकोमा फरार कैदीको खोजतलास गर्ने क्रममा बिहीबार बिहान ०६:४५ बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ०८ लुभु बसपार्क नजिकबाट जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हतकडीसहित पक्राउ गरेकाे हाे ।
आवश्यक अनुसन्धान भइरहेको खटिएको प्रहरी टोलीले जनाएकाे छ । उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको थियाे ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १८:२४