काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गरेकी हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम साे विधेयक प्रमाणीकरण गरेकी हुन् ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
यस्तै ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १८:०१