मोरङ्ग- मोरङ्ग जिल्लाकाे विराटनगरमा वित्तीय संस्थाको संयोजकत्वमा कारागारमा शुद्ध खानेपानी जडान गरेकाे छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा ११०० कैदी भएकाे कारागारमा विराटनगरमा शुद्ध खानेपानी जडान गरेकाे हाे ।
संस्थाका अनुसार साे कारागार कार्यालय मोरङ्गमा यस खानेपानी जडानले त्यहा रहेका ११०० कैदी लाभान्वीत हुनेछन ।
उक्त कारागारमा पानीमा CONDUCTIVITY, IRON (EF) ,MANGANESE (MN) / ARSENIC (AS) को मात्रा बढी भई छाला सम्वन्धि एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो । अब उप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विस्वास रहेकाे छ ।
यस जडित प्लान्टको नाम -Water Treatment Plant 1000 LPH) UV Plant )३ वटा रहेका छन भने उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरु जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का साथै फरर्वाड लघुवित्त वित्तीय संस्था लि., गुराँस लघुवित्त वित्तीय संस्था लि. र सपोर्ट लघुवित्त वित्तीय संस्था लि. रहेका छन र यस प्लान्ट तयार पारुन्जेलको लागत रु ४ लाख रहेको संस्थाले जनाएको छ ।