काठमाडाैं - कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले जंगली जनावरका शिकारीहरु पक्राउ गरेकाे छ।
बुधबार गरेको पट्रोलको दौरान श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासु सहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
पक्राउ पश्चात निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य शिकारीहरुको पनि संलग्नता रहेको पाईएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयवासीको घरमा कर्डन गरी सर्चको कारवाही गर्दा अन्य ७ (सात) जना व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुकाे साथबाट जंगली जनावरको मासु ६३ (त्रिसठ्ठी) के.जि, भरुवा बन्दुक नाल -२, टिका बारुद प्याकेट-१, खुँडा गोटा-१, खुकुरी गोटा-४ लगायतका सामग्रीहरुसहित पक्राउ गरी आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाईएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ २०:१८