Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • मनोरञ्जन क्षेत्रको श्रमिक हुँदै अभियन्तासम्म
मनोरञ्जन क्षेत्रको श्रमिक हुँदै अभियन्तासम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २४, २०७९
Tara Bhandari
Hardik health
आन्दोलनको प्रतिफललाई विश्वासको आधारमा स्थापित गराउनु हाम्रो अभियान थियो । जसका लागि विश्व शिक्षा कार्यक्रम प्रमुख जालपा प्रधानलाई मौखिकरूपमै आग्रह गर्दा उहाँले जीवनोपयोगी तालिमका लागि चिन सरसँग भेट्टाइदिनुभयो । उहाँले तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराइदिनुभयो– त्यो पैसाले मरूभँमिमा प्यासीलाई पानीको काम गर्‍यो ।
१९ वर्ष अगाडिसम्म रात्रिकालीन मनोरञ्जन क्षेत्र (होटल, रेस्टुरेण्ट, डान्स बार, मसाज पार्लर) मा काम गर्ने विशेषगरी महिलालाई समाजमा हेर्ने दृष्टिकोण सम्मानयोग्य थिएन । यस क्षेत्रका श्रमिक प्रायः ढिलोगरी राति २–३ बजे मात्र डेरा पुग्ने हुँदा पनि कतिपय घरधनीले ढोका नखोल्ने र होटल रेस्टुरेण्टमा काम गर्ने भन्नासाथ नराम्रो काम भन्ने ठानेर कोठा खाली गर्न लगाउने, भाडामा नदिनेलगायत समस्या थियो । अर्कोतर्फ सञ्चालकहरुले आठ घण्टाको ठाउँमा १६ घण्टासम्म काममा लगाउने, ज्यादै थोरै पारिश्रमिक पनि महिनौं झुलाउने गर्दथे । यस्तो स्थितिमा श्रमजीवीहरुले कतिपय रेस्टुरेण्ट सञ्चालकहरुको श्रीवृद्धि हुनेगरी ग्राहकको इच्छा अनुसारको धँमपान, पेयपदार्थ र खानेकुरा र धेरैभन्दा धेरै खानेकुरा अर्डर गरेर खाइदिनुपर्ने अवस्था थियो । वैकल्पिक पेसा पनि थिएन । बेरोजगारीको विशाल खाडलभित्र मैले आफँलाई विद्रोह गरी मनोरञ्जन क्षेत्रभित्रै श्रमजीवीलाई सम्मान र श्रम ऐनअनुरुप पारिश्रमिक दिलाउने कठिन मार्गमा उभ्याएँ ।   संघर्षका दिनहरु नाम मात्रको ‘मनोरञ्जन क्षेत्र’ । त्यहाँ कार्यरत लाखौं श्रमजीवी, कलाकार, प्राविधिक कामको बोझ र उचित पारिश्रमिकको अभावमा दुःखी भइरहन्छन् । मिठोमसिनो खान पाएकै छन्, गीत, नृत्य, बत्तीको झिलिमिली, बाजागाजाबीच काम गर्न पाउने देखिए पनि श्रमिकका हाँसोभित्र पीडा देखेँ–भोगेँ, श्रमभित्र शोषण पाएँ । त्यहाँ काम गर्नुको बाध्यात्मक परिस्थिति भेट्टाएँ मैले । यसबाट मुक्तिका लागि केही गर्न सकिन्छ कि भनेर १०५ रुपैयाँ तिरेर मजदुर संगठन डिकोण्टको सदस्यता लिएँ । अप्रत्यक्ष राजनीतिक सपोर्ट पनि भयो होला तर म चाहन्थें, श्रम ऐनअनुसारको श्रमिकलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको ग्यारेण्टी गर्नसाथ सहयोग र भरोसा मिलोस् । यस्तो अधिकार माग्न पनि ट्रेड युनियन शिक्षा र जीवनोपयोगी तालिम आवश्यक रहेछ भन्ने महसुस भयो र माइती नेपालको सम्पर्कमा पुगी निर्देशक अनुराधा कोइरालाबाट मार्गनिर्देशन र जीवनउपयोगी तालिम लिइयो । त्यो तालिमपछि मात्र थाहा भयो कि संगठित आवाजविना केही पनि अधिकार प्राप्त नहुने रहेछ । यस क्षेत्रमा आफ्नो समय र श्रम बेच्न आएका महिलाबाट नचाहिँदो फाइदा उठाउन खोज्ने प्रवृत्तिविरूद्ध अभियान थाल्न हामीलाई हौसला मिल्यो । महिला श्रमिकको संगठित गतिविधि वि.सं. २०६३ सालमा माइती नेपालबाट जीवनोपयोगी शिक्षा प्राप्त गरी मेरै अध्यक्षतामा संगठित भयौं । हामीले ५० जना संस्थापक सदस्यतासहित संगठन खोल्यौं । संस्थाको नामसमेत नराखी हामी संगठनको पहल मात्र गरिरहेका थियौं । हाम्रो लक्ष्य यस क्षेत्रमा बालश्रमको अन्त्य, वृत्ति विकासका लागि शिक्षा, तालिमको व्यवस्था र मनोरञ्जन क्षेत्रमा हुने यौन दुव्र्यवहार, मानव बेचविखनको अन्त्य गर्नु थियो । यी आवाज सम्बोधनका लागि हामीले वैचारिक आन्दोलन छेड्ने सोच बनायौं । तर, नेपाल सरकारको जिल्ला प्रशासनमा दर्ता हुनुपर्ने रहेछ, विभिन्न निकायबाट बजेट ल्याउनका लागि । माइती नेपालकै सहयोगमा नौ जनाको कार्यसमितिसहित वि.सं. २०६३ मा काठमाडौंको टेबहालमा रेस्टुरेण्ट महिला संगठनको नामाकरण ग¥यौं । तर, आर्थिक अभावकै बाबजुद पनि हामीले सिन्धुपाल्चोकमा सडक नाटकको माध्यमबाट कार्यक्षेत्रमा हुने विविध प्रकारका हिंसा, मजदुर अधिकारबारे जनचेतना प्रवाह गर्थ्याैँ । त्यत्तिखेर हाम्रो हातमा अहिलेजस्तो फोन थिएन । मिटिङ, भेटघाट गर्ने अफिस नभएपछि रत्नपार्क, टुँडिखेलका चौरहरूमा भेला भएर मिटिङ गथ्र्याैं । तर, रत्नपार्कमा मिटिङ बस्दा त हामीलाई पनि नराम्रो नजरले हेर्ने डर भयो । त्यो कुरा थाहा भएपछि हामीले मिटिङ सुन्धाराको निर्माणाधीन सिभिल मलमा राख्न थाल्यौं । हामीमा पेसालाई सम्मानयोग्य समाधान खोज्नुपर्छ भन्ने दृढ निश्चय थियो र त्यो पँरा गर्ने संकल्प थियो । त्यही लक्ष्य पूरा गर्छु भन्ने विश्वासले अगाडि बढ्दै जाँदा माइती नेपालकी संस्थापक सिएनएन हिरो अनुराधा कोइरालाबाट एक लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइदिनुभयो । त्यही पैसाले तीन हजार ५०० रुपैयाँ प्रतिमहिना तिर्ने गरी टेबहालमा एउटा कोठा लिएर कार्यालय चलाउन थाल्यौं । विश्वास नेपालको नामकरण र अधिकारको आन्दोलन त्यही कोठाको बैठकले रेस्टुरेण्ट, महिला संगठनको नाम विश्वास नेपाल राख्ने तय गर्‍यौं । लामो दौडधुपपछि २०६५ असारमा संस्था दर्ता गर्न सफल भयौं । विश्वास नेपालको ब्यानरमा पहिलोपटक आफैं कार्यरत रेस्टुरेण्टमा श्रम ऐन कार्यान्वयन, मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको सम्मान हुनुपर्ने, बालमजदुर राख्न नपाइनेलगायत माग राखेर ८५ जना कर्मचारीमध्ये १० जनाले तीन दिनसम्म हडताल गर्‍यौं । यसबीच डर, धाकधम्की दबाबहरू धेरै आए । हाजिर मात्र गरेर तलब दिने लोभ पनि दिए । १० जनामध्ये दुई जना आन्दोलनबाट पछि हटे । हामी आन्दोलनमा अडिग भयौं । रेस्टुरेण्ट पूर्णरूपमा बन्द गरायौं । हाम्रो मागको सम्बोधन गर्ने भनेर वार्ता गरेपछि हडताल फिर्ता लियौं । तर, त्यसको १५ दिनपछि नै माओवादी संगठनले चन्दाको माग गर्दै रेस्टुरेण्टमा हस्तक्षेप गरेपछि हामीले नै उनीहरूसँग वार्ता गरी रेस्टुरेण्ट खुलाएपछि रेस्टुरेण्ट साहु स्टालिन शेरचन हामीप्रति सकारात्मक र सहयोगी बन्नुभयो । हाम्रो आन्दोलन श्रमिक र व्यवसायलाई सम्मानित रोजगारी पाउनु थियो । कामको सम्मान गर्ने हाम्रो प्रतिबद्धता साहुले पनि बुझ्नुभयो । अधिकारको आन्दोलनलाई देशव्यापी बनाउने थालनी आन्दोलनको प्रतिफललाई विश्वासको आधारमा स्थापित गराउनु हाम्रो अभियान थियो । जसका लागि विश्व शिक्षा कार्यक्रम प्रमुख जालपा प्रधानलाई मौखिकरूपमै आग्रह गर्दा उहाँले जीवनोपयोगी तालिमका लागि चिन सरसँग भेट्टाइदिनुभयो । उहाँले तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराइदिनुभयो– त्यो पैसाले मरूभँमिमा प्यासीलाई पानीको काम ग¥यो । त्यत्तिबेला संस्थाको कार्यक्रमका लागि योजना पेस गर्न, आर्थिक सहयोगको माग गर्न लेटरप्याडमै निवेदन लेख्नुपर्ने कुरा सिकियो । माइती नेपालकै ब्रोसियर हेरेर विश्वास नेपालको पनि ब्रोसियर बनायौं । जीवन बाँच्ने आधार तालिम दिन हामीले त्यही लेटरप्याडमा हातैले लेखेर रेस्टुरेण्टहरूसँग एक दिनको बियर, रक्सीका खाली बोतल संस्थाको आर्थिक सहयोगका लागि माग्यौं । त्यही बोतल बेचेर आएको पैसाले देशभरबाट राजधानी आएका श्रमिकलाई तालिम दियौं । तालिम प्राप्त श्रमिकहरूको सहभागितामा उपलब्धिहरू थपिँदै थियो । त्यहीबेला मेरो घरको स्थितिले म वैदेशिक रोजगारीमा जानुप¥यो । स्ट्रवेरी टिप्न पोल्याण्ड थेरै समयमा अधिक पैसा कमाइ गर्न वैदेशिक रोजगारीमा जाने निर्णयसहित साढे पाँच लाख रुपैयाँ तिरेर पोल्याण्ड जान तयार भएँ । मेरा घरमा स–साना भाइबहिनी, रोगी बुबाआमा । आर्थिक भरथेगका लागि संगठित संस्थालाई साथीको भरोसामा छोड्ने सोच बनाएँ । मसहित २२ जना नेपालीहरू भारत पुगी २२ दिन बस्दा बल्ल तीनजनाको पोल्याण्डका लागि भिसा लाग्यो । त्यसमध्ये म पनि परें । हामीलाई स्ट्रवेरी टिप्न लगिएको थियो । त्यो काम त मौसमी रहेछ । एक महिना स्ट्रवेरी टिपेपछि त्यो काम सकिहाल्यो । त्यत्रो ऋण गरी गएको छु, घरको जिम्मेवारी पनि । त्यसपछि फेरि काम खोज्नुप¥यो । स्वदेशमै श्रमको सम्मान गरौं भन्ने अभियन्ता थिएँ तर, युरोपियन मुलुकको पुछारमा झण्डै प्राणमात्र धान्न बाध्य भएँ म । धन्न काम खोज्दै ऋणसम्म तिरें । यता नेपालमा आफ्नो अभियान लथालिंग । आफू आइन्जेल जसरी नि अफिस धान्नका लागि पोल्याण्डमा कमाएको पैसा कोठाभाडा तिर्न पठाउँदै थिएँ तर, घरमा बुबा निक्कै बिरामी हुनुभएछ । त्यहीबेला जाने÷आउने दुईतिरकै टिकट काटेर नेपाल आएँ । बुबाको निधन नै भयो, र संस्थाको विजोग देखेर म नेपालमा नै रोकिएँ । संघ संस्थाबाट सहयोग माग गर्ने कला सिकें । संगठित र श्रमिकलाई आफ्नो अधिकारबारे बुझाउँदै काम गर्दा सकारात्मक परिवर्तन भइरहेका छन् तर व्यवसायको लगानीे सुरक्षाका लागि सरकारको नीतिगत सहयोग चाहिन्थ्यो । निजी क्षेत्रले लगानीको नाफा खोज्नु स्वाभाविक नै हो । यस क्षेत्रमा रोजगारीको प्रसस्त सम्भावना छ, तर श्रम ऐन कार्यान्वयन भएको पाइँदैन । नागरिकता, जन्मदर्ता नै नभएका थुप्रै बालश्रमिक, किशोरी, महिलाले काम गर्ने यस क्षेत्रका श्रमिकलाई कम्तीमा आफ्नो अधिकार र दायित्व, सीप सिकाउँदै उनीहरूको विश्वास जित्ने प्रयास निरन्तर जारी छ । हाल सम्मान परियोजना, विनरक, विश्व शिक्षा परियोजना अन्तर्गत काम चलिरहेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने देशभरकै करिब आठ लाख श्रमिकको हकहितको आवाज बुलन्द गर्न विश्वास नेपालले राष्ट्रव्यापी दोस्रो श्रमिक सम्मेलन गर्न सफल भएको छ । यस सम्मेलनबाट ‘विश्वास प्रेरणा राष्ट्रिय सञ्जालको गठन र यस क्षेत्रमा संलग्न बालश्रमिकको हितका लागि एकता र आवाज गरी दुई बाल क्लव गठन गरिएका छन् । यसमार्फत श्रमिक र बालबालिकालाई संगठित बनाउने र अधिकारबारे बुझाउने अभियानमा विश्वास नेपालले काम गरिरहेको छ । बाल श्रमिकका परिवारलाई साना उद्यम गर्न आर्थिक सहयोग र बाल श्रमिकलाई सामुदायिक विद्यालयमा पढ्न आर्थिक सहयोगसमेत गर्दै आएको छ । (मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक अधिकारका लागि काठमाडौंको टेवहालमा स्थापित विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP