काठमाडाैं- सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।
आज बिहीवार बसेकाे मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो ।
उनीमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायतका आरोप थिए ।
अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
यसैबीच सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको पनि सरुवा गरेको छ ।
मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ १९:५२