धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खनियाँवास गाउँपालिका वडा नम्वर ४ का शोभा तामाङ्ग र बेग बहादुर तामाङ्ग रहेको प्रहरीले जनाएको हाे ।
उनिहरुको साथबाट फाईन गोल्ड लेखिएको पहेलो सुन जस्तो धातुका पाँचवटा विष्कुट, पचास रुपैयाँ दरका ९७ र एक सय दरका १६३ थान अमेरिकिन डलरसहित तीन थान पेस्तोल बरामद भएको छ ।
उनीहरु दुवै जनालाई लपाङ्ग फेदीबाट धादिङतर्फ आउँदै गर्दा ग १ ज ६७५३ नम्वरको जिपबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
उत्तरी धादिङको लपाङ्गफेदीर्फबाट अवैध सुन कारोवारी आउँदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नीलकण्ठ नगरपालिका वडा नम्वर ३ स्थित थोपल खोलाबाट उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले निज तामाङ्गको घर खन्तलासी गर्दा अरु फाईन गोल्ड लेखिएको पाँच सय ग्रामका चारवटा विष्कुट आकारका पहेलो सुन जस्तो देखिने धातु सहित पेस्तोलमा लाग्ने २० राउण्ड गोलि समेत फेला परेको हो ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ ०९:०९