चितवन- वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
लगातार रातभर परेको वर्षाका कारण इच्छाकामना गाउँपालिका ५ स्थित २ नं. पुल, ३ नं. पुल, भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको छ ।ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको र पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन दिनभर समय लाग्न सक्ने छ ।
साेही पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिएका छन्। उनकाअनुसार पहिरोमा मोटरसाईकल १ वटा र म्याजिक गाडी १ वटा परेको छ भने घरहरुमा समेत क्षति पुगेको छ तर मानवीय क्षति भने नभएको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ ०८:२०