Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • यस कारण पृथ्वी जयन्ती राष्ट्रिय दिवस हो
यस कारण पृथ्वी जयन्ती राष्ट्रिय दिवस हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०७६
Prabhu Dai
Hardik health
  आधुनिक नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई पछिल्ला केही वर्षदेखि अनावश्यक रूपले विवादमा तान्ने काम भएको छ । यसमा केही राजनीतिक स्वार्थले काम गरेको छ, केही धार्मिक र अन्य स्वार्थले । कतिले त पृथ्वीनारायाण शाहलाई डाकाको सरदार र बलात्कारीसमेत भनेका छन् । अतिवादी चिन्तनग्रस्त केही राजनीतिकर्मीहरूले उनलाई विगतमा पनि साम्राज्यावादी–विस्तारवादीको बिल्ला भिराएर गालीगलौज गर्ने गरेका थिए । हुनत पृथ्वीनाराण शाहको चर्चा परिचर्चाप्रति वर्तमान पिँढीको कुनै रुची देखिँदैन । वर्तमान राजनीतिक–सामाजिक परिपाटी, शिक्षा प्रणाली त्यसका लागि जिम्मेवारी छन् । पृथ्वीनारायाण शाहलाई गालीगलौज गर्नु र उनको प्रशंसामा सारा समय लगाउनुको अर्थ पनि छैन । तर चाहेर पनि नचाहेर पनि नेपालको इतिहास, राजनीतिक, अर्थतन्त्र र सामाजिक सम्बन्धको प्रसंग उठ्दा त्यो नाम जबरजस्त अगाडि आउँछ । हामीले माने पनि नमाने पनि वर्तमान नेपालको जग बसाउने काम पृथ्वीनारायण शाहबाटै भएको हो । साधन, स्रोत र जनशक्तिको अभाव झैल्दै भोक, तिर्खा, निद्रा, आराम केहीको पर्वाह नराखी उनले तीन वर्षभन्दा बढी समय नेपाल एकीकरण र निर्माणमा लगाए । यो यथार्थ हो, उनीसँग विमति राख्नेले पनि यस तथ्यलाई अस्विकार गर्न सक्दैनन् । विज्ञान–प्रविधिले अहिले विश्वलाई धेरै अगाडि लगिसकेको छ । राष्ट्रहरूको एकीकरण, विखण्डन, निर्माण–पुनर्निर्माणको प्रक्रिया पूर्णतः अन्त्य नभए पनि भिन्न रूपमा र अत्यन्त सुस्त गतिमा चलेको छ । यस्तो अवस्थामा हामी झन्डै दुई सय पचहत्तर वर्षअघिको इतिहासको मूल्यांकन गर्न चाहन्छौँ भने पक्कै यथार्थवादी बन्न कठिन हुन्छ । आज युद्धको विभीषिकामा दुनियालाई फसाउने हद, स्वतन्त्रता, शान्ति र अमनचयनलाई होइन, आफ्नो स्वार्थलाई मध्य नजर राख्ने गर्छन् । नेपाल निर्माणका क्रममा पनि अंग्रेज साम्राज्यको उदयकाल थियो । अंग्रेज सारा संसारलाई आफ्नो सिकन्जाभित्र फसाउन चाहन्थ्यो । अंग्रेजसँग सँगै अन्य युरेपेली मुलुकहरू पनि एसिया, अफ्रिकन र अमेरिकाका कमजोर साना वा साधनस्रोतले भरिपूर्ण राष्ट्रमाथि कब्जा गर्न तँछाड–मछाड गर्दै अघि बढेका थिए । त्यस्तो विषय एवं प्रतिकूल परिस्थितिमा गरिब पहाडी गोरखाको एक नवयुवक राजा न्याय, स्वतन्त्रता र मुक्तिको पक्षमा खडा भयो । र, उसले ठूलाठूला दीगविजयी शासकहरूलाई परास्त गर्दै समान धर्म, संस्कृति परम्परा, भेषभुषा, रहनसहन भएका बाइसे–चौबिसेसमेत थुप्रै राज्यलाई एकीकृत गर्यो र एउटै सूत्रमा बाँध्यो । उसले सबै जाति, भाषा, संस्कृति र परम्पराको उत्तिकै सम्मान दियो र यथासक्य संरक्षणको प्रयास पनि गर्यो । आजका कथित पहिचानवादी जातिवादीहरूले पौने तीन शताब्दीअघिको समाज, परिवेश र अवस्थालाई हरेर पृथ्वीनारायण शाहको योगदान, व्यक्ति, कर्म र भावनाको मूल्यांकन गर्नुपर्छ । डलरको लालचमा फसेका चर्का कुरा गरेर चर्चा बटुल्न खोज्दा यथार्थ भेट्टाउन सकिँदैन । पृथ्वीनारायण शाह आफ्नो युगको अत्यन्त दूरदर्शी, सुझ्बुझ भएका र उदार लोकतान्त्रवादी राजा थिए । उनले आफ्नो सेनाको नेतृत्व आफैँ गरे । न्याय व्यवस्था, प्रशासन र सैनिक तजबिजीमा कतै विभेद् गरेनन् । के उनले दमाई भनेर बिसे नगर्चीलाई असम्मान गरे ? कुन अध्यता, इतिहासकारले भन्न सक्छ ? झागल गुरुङको भूमिकालाई उनले कम आँके ? त्यस्तो देखिँदैन । मगर, गुरुङ, ब्राह्मण, क्षेत्री सबैलाई उनले उत्तिकै भूमिका दिएका थिए । उपत्यकाको सबैभन्दा महत्वपूर्ण कान्तिपुर जितेपछि कुमारी जात्रा, इन्द्र जात्राको नेतृत्व आफैँले गरे । पूर्वमा किरात प्रदेशका मूलबासी लिम्बूलाई सुब्बा र माझ किरातका किराँतीलाई राई पदवी दिए । सम्मान मात्र दिएनन्, आपतु आफ्ना परम्परा सञ्चालन गर्ने र कर निर्धारण गर्ने अधिकार पनि दिए । के आजका कुनै विजेता शासकले त्यसो गर्न सक्छन् ? पृथ्वीनारायण शाह हिटलर, इदा आमन, बोकसाजस्ता १९औँ शताब्दीका नरसंहारकारी शासक होइनन् । अंग्रेजजस्तो क्रूर मुगल, अफगान, चंकज खाँजस्ता मानवता विरोधी, आततायी पनि होइनन् । उनमा मानवताप्रति करुणा, दया, प्रेम प्रचूर मात्रा थियो । समग्र मूल्यांकन गर्न तत्पर कुनै इतिहासकारले पनि उनलाई निर्दयी र कठोर शासक भएको निष्कर्ष निकाल्न सक्दैनन् । उपत्यका जितेपछि उनले काठमाडौंमा राजा जयप्रकाश मल्ल र भादगाँउका राजा रणजित मल्लको इच्छा पूरा गरेका छन् । आफ्ना बैरीको चाहना पूरा गर्ने विजेता कसरी क्रूर कुन सक्छ ? १७ धार्नी नाक, कानको किस्सा बनाउनेहरूलाई हामी एउटा प्रश्न विनम्रतापूर्वक सोध्न सक्छौँ, त्यसको तौल लिने व्यक्ति को हो ? त्यत्ति बेला कीर्तिपुरको जनसंख्या कति थियो ? सबै कीर्तिपुरबासीको नाक, कान काट्दा त्यसको तौल कति हुन्थ्यो ? यस्ता बाहियात प्रश्न उठाएर हामीले इतिहासको एउटा सच्चा नायकलाई खलनायक बनाउने धृष्ठता गर्नु हुँदैन । कसले कस्तो प्रचार गर्दा के लाभ मिल्छ रु भन्ने आधारमा होइन, यथार्थ धरातलमा टेकेर विवेचना गर्नु श्रेयस्कर हुन्छ । तत्कालिक लाभ हानी हरेर इतिहासलाई बंग्याउने काम बन्द गरौँ । अहिले राष्ट्र निर्माणप्रति राज्यले यस्तो व्यवहार गर्ने र जनताले कसरी उनको सम्मान गर्ने भन्ने सवाल अहं रूपले खडा भएको छ । नेपाल राष्ट्रको निर्माणमा अनेक वीर वीरंगानाको रगत, पसिना बगेको छ । अनेक पुस्ताको अनवरत प्रयासपछि आजको नेपालले आकार ग्रहण गरेको हो । त्यो महान् अभियानको संगठनकर्ता संचालक र नेता पृथ्वीनारायण शाह हुन् । उनले नेपालको निर्माण मात्र गरेनन् र त्यसको संचालनका आधार पनि खडा गरे । उनले चार जाति, छत्तिस वर्णको साझा फूलबारी भनेर हाम्रो सामाजिक आधार बनाइदिए । एउटा सबल सक्षम र समृद्ध देशको मेरुदण्ड भनेको उसको स्वतन्त्र अर्थतन्त्र हो भन्ने सन्देश दिए र कला, संस्कृति, भाषा, परम्परा हाम्रो पहिचान हुन् भन्ने बताएर गए । राजनीतिक, कूटनीति, बाह्य सम्बन्ध सबै क्षेत्रमा उनको आलोक कामयावी बन्न सक्ने थियो । तर पछिल्लो पुस्ताका शासकहरू उनको मान्यता, सिद्धान्त र आदर्शबाट च्यूत भए । परिणामस्वरूप हामीले हाम्रो परम्परा, पहिचान र आदर्श सब चिज गुमायौँ । अब प्रश्न उठ्छ पृथ्वी दिवस अर्थात् पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय दिवस मान्ने कि नमान्ने ? त्यो दिन राष्ट्रिय उत्सव मानेर सार्वजनिक बिदा दिने कि नदिने ? आदि । यदि हामी कृतघ्न होइनौँ भने हामीले पृथ्वी दिवसलाई नै राष्ट्रिय दिवस घोषण गर्नुपर्छ । पृथ्वीनारायण शाह यो मुलुकका पहिला राष्ट्राध्यक्ष हुन् । आज विद्या भण्डारी त्यसकै निरन्तरताको एउटा कडी हुन्, जसले जग बसालिदिएको घरमा बसेको छ । त्यही घरमा आगो लगाउनु कसरी बुद्धिमानी हुन्छ ? पृथ्वीनारायण शाहपछि हामीले लामो समय गुजार्यौँ तर राष्ट्रभक्ति, जनप्रेम र आङ्खनोपनलाई तिलाञ्जलि दिएर । यदि पृथ्वीनारायण शाहको आदर्शलाई मूलमन्त्र मानेर त्यसैलाई विकसित गर्दै अघि बढेको भए आज हामी नेपाली कहाँबाट पुगिसकेका हुने थियौँ । पृथ्वी जयन्ती मनाऔँ भन्दा राजावादी भइने, नेपालको सिक्का वा नोट अथात् भनौँ मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित हुनुपर्छ भन्दा कांग्रेस, कम्युनिस्ट नभइने शिक्षा पार्टीहरूले आफ्ना कार्यकतालाई किन र कसरी दिए ? के अमेरिकी डलरमा जर्ज वासिङ्टनको फोटो छैन ? हाम्रै छिमेकी भारत र चीनको नोटमा महात्मा गान्धी र माओत्सेतुङको फोटो छैन ? यस्ता सैयौँ उदाहरण दिन सकिन्छ । तर, उदाहरणभन्दा शासकको नियत र इच्छाशक्तिमा यस्तो विषय विशेष गरेर निर्भर गर्छ । अहिले हामीले पृथ्वीनारायण शाहको योगदानको सही मूल्यांकन गर्ने, त्यसको कदर गर्ने र अनुशरणयोग्यको अनुसरण पनि गर्ने भनेको हाम्रै लागि हो । हामी वर्तमानमा बाँचिरहेका नेपालीका लागि त्यो न स्वर्गबासी पृथ्वीनारायण शाहका लागि हो, न उनका सन्ततिका लागि पृथ्वीनारायण शाहलाई हामीले सही मूल्यांकन गर्यौँ । उनको योगदानको समुचित कदर गर्यौँ भने हामीले वर्तमान युगको राजनीति, अर्थनीति, धर्म, संस्कृति र यावत कुरालाई सही र सकारात्मक मोड दिन सक्छौँ । भ्रष्टाचार, बेथिति, व्यभिचारजस्ता अनेक विकृतिलाई जित्न सक्छौँ । शासक हरदम निरंकुश हुन्छ भन्ने मान्यता छ, राजनीति शास्त्रमा । तर, शासक अन्धो भयो, विवेकहीन भयो, निरंकुश भयो भनेर हामी जनता भड्किनु हुँदैन । हामीले देश निमाणको दायित्व आफ्नो काँधमा लिनुपर्छ । त्यसका लागि पुर्खाको धरोहरलाई कहिल्यै नभुल्ने प्रण गर्नु एउटा महत्वपूर्ण पक्ष हो । हामी पृथ्वीनारायण शाहको उचित कदर गन मात्र सक्छौँ, राज्यस्तरबाट त्यसो गर्ने निर्णय गर्न सक्दैनौँ तर सरकारले त्यसो गरे पनि, नगरे पनि हामीले स्वीकार गर्नु पर्छ कि नेपालको गौरव पृथ्वीनारायण शाह नै हुन् । अहिले हामी सगरमाथा, जनकपुर, मुक्तिनाथ, लुम्बिनी, गौतमबुद्ध, सीता, भृकुटी, अरनिको भनेर पढ्छौँ नि, त्यो सबलाई नेपाली विशाल सरहदभित्र समेटने युगपुरुष हुन् पृथ्वीनारायण शाह । यदि पृथ्वीनारायण शाह नभएको भए यी धरोहरलाई नेपाली हुन् भनेर हामीले गर्व गर्ने ठाउँ रहने थिएन । अतः पृथ्वी जयन्ती मनाउँदा जात जान्छ भन्ने ठान्ने र पृथ्वीनारायण शाह उनको आदर्शको अनुशरण गर्ने सामथ्र्य विकास गर्न सकियो भने राष्ट्र आजको संकटबाट मुक्त हुन सक्छ । हामी हाम्रा पुर्खालाई अनादर गरेर कहीँ पुग्न सक्दैनौँ । विश्वकै इतिहासमा दरिने योद्धा, दूरदर्शी, चिन्तक, राजनीतिज्ञ आफैँसँग हुँदा पनि हामी उनीप्रति गर्व गर्न सक्दैनौँ । तर, आदर्शपात्र खोज्न अन्यत्र भड्किन्छौँ भने हाम्रो उन्नति कसरी सम्भव हुन्छ रु नेपाल चिन्न, यसलाई उन्नतिको शिखरमा पु¥याउन पृथ्वीनारायण शाहलाई बुझनु पर्छ, उनको आफ्नै अपार अनुभवले हासिल गरेका ज्ञानलाई जान्नुपर्छ । उनले हचुवाको भरमा निर्देशन दिएका होइनन्, तीनदशक लामो अनुभवको निष्कर्षका आधारमा दिशाबोध गरेका हुन् । त्यो कुरा शासक र जनता दुवै पक्षले बुझ्नु पर्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP