प्युठान- प्युठानकाे स्वर्गद्वारीमा आज भएको सवारी दुर्घटनामा १४ जना घाइते र एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा यात्रु बोकेको बोलेराे जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने एक महिलाको मृत्यु भएको हो । ।
घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ ।स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन। त्यसमध्ये ९ जनाको अबस्था गम्भिर छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरुलाई बुटवल रिफर गरिएको थापाले बताए।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्भ गरेर शुक्रबार तिर्थयात्राका लागि स्वर्गद्वारी गएका थिए। जीपमा १७ जना सवार थिए। जीपकाे ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ ०८:५०