काठमाडाैं - पोखराबाट काठमाडाैंका लागि उडेको यति एअरलाइन्सको एउटा जहाजको इन्जिनमा समस्या देखिएको छ ।
पोखराबाट काठमाडाैंका लागि उडेको जहाजलाई समस्या देखिएपछि पोखरा नै फर्काइएको छ ।
पोखरा विमानस्थलमै उडेको ६ मिनेटमा जहाजलाई सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो ।
बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेका एअरलाइन्सले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ १२:२३