काठमाडाैं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै छन् । तीन दिने भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँले आज उच्चस्तरीय भेटवार्ता गर्न लागेका हुन् ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडाैं आएका हुन् । नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाण्डाै आएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन । यसको चौतर्फी आलोचना भइरहेको छ ।
यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेको थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ ०९:३७