काठमाडौं- नागरिकता सम्बन्धी ऐनको संशोधन विधेयक राष्ट्रिय सभाले पनि पारित गरेको छ ।
योसँगै अब नागरिकता विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।
राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो।
गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गरेकाे थियो ।
संसदबाट पारित भएसँगै अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानून लागु हुने छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ ०९:१४