काठमाडाैं -१३ लाख जरिवाना फैसला भई फरार रहेका प्रतिवादी सालझण्डीबाट प्रहरीले पक्राउ गरकाे छ ।
जरिवाना बमोजिम रु १३,२०,०००को बिगो फैसला सजाय भई फरार रहेका प्रतिबादी कृष्ण बहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाने क्रममा सालझण्डीबाट प्रहरीले पक्राउ गरकाे हाे ।
उच्च अदालत पाटनको मिति २०७७ जेठ २६ गतेको फैसला अनुसार, मुद्दा नं ०७६-CB-१४१६ , बैंकिङ कसूर मुद्धामा दिन ४ कैद र रु १३,२०,०००।( तेह्र लाख बीस हजार) जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला सजाय सुनाइएकाे थियाे ।
जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं। ११ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं १६ बस्ने वर्ष ३४ को शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाने क्रममा आइतबारते जिल्ला रुपन्देही सैनामैना नगरपालिका दुधराक्ष स्थितबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।
कृष्ण बहादुर शाहिले मिति २०७५ चैत्र ०५ गते NCC बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला मिति २०७७ जेठ २६ गते गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरीले बताएको छ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ ०९:२६