नवलपरासी- पूर्वी नवलपरासीको दाउन्नेमा अनियन्त्रित भई पल्टेकाे बसमा आगो लागेकाे छ ।
पूर्वी नवलपरासीको दाउन्नेमा आज बिहान ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टदा बसमा आगो लागेको स्राेतले जनाएकाे छ ।
बसमा सवार २१ जना घाइतेहरुको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ ०९:०८