Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • रेमिट्यान्समा देखिएको उतारचढाव
रेमिट्यान्समा देखिएको उतारचढाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
suman photo
Hardik health
मुलुकमा वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स (विप्रेषण)को रकम बढ्दै गएको छ । गएको आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ११ महिनामा विप्रेषण रकम ३.८ प्रतिशतले बढेर नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमरिकी डलरमा पनि रेमिट्यान्स रकम १.५ प्रतिशतले बढेर सात अर्ब ५१ करोड रुपैयाँ पुगेको तथ्यांक छ । आव २०७७/७८ को यसै अवधिमा यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो । आव २०७८/७९ को ११ महिनामा वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) नयाँ तथा वैधानिकीकरण लिने नेपालीको संख्या बढेर तीन लाख १३ हजार ३६७ पुगेको देखिन्छ । आव २०७७/७८ को सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने २०७८/७९ को पछिल्लो अवधिमा २०८.३ प्रतिशतले बढेर दुई लाख ५९ हजार ९१ पुगेको छ । २०७७/७८ को सोही वर्षमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।
नेपालमा विश्वका १५८ देशबाट रेमिट्यान्स आउने गरेको देखिन्छ । वैदेशिक रोजगारीका लागि नेपाल सरकारले संस्थागतरुपमा ११० वटा देशसँग सम्झौता गरे पनि डेढ सयभन्दा बढी देशबाट रेमिट्यान्स भित्रिँदै आएको देखिको हो । वैदेशिक रोजगारीका लागि खुला गरेका देशमध्ये अफगानिस्तान, इराक, लिबियालगायत देशमा नेपालीलाई काम गर्न जान रोकिएको थियो । तर, गैरकानुनी तवरले ती देशमा पनि नेपालीले काम गरिराखेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को ११ महिना अर्थात् गत जेठसम्म बजेटभन्दा ३१ अर्ब बढी व्यापार घाटा भएको छ । आव २०७८/७९ को जेठ मसान्तसम्म मुलुकको व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँको पुगेको छ । असार मसान्तसम्म निर्यातको तुलनामा आयातको मात्रा उल्लेख्य वृद्धि हुँदा देशको व्यापार घाटा बढेको हो । आव २०७८/७९ को ११ महिनामा कूल व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको देखिएको छ । उक्त अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ७३ अर्ब २२ करोड रुपैयाँ बराबर कायम भएको छ । आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा रेमिट्यान्स ०.२ प्रतिशतले बढेको देखिन्छ । गत आवमा आव २०७७/७८ को तुलनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । गत चैतसम्म रेमिट्यान्स लगातार घटेको थियो । २०७८ साउनमा १८.१, भदौमा १८.१, असोजमा ७.६, कात्तिकमा ७.५, मंसिरमा ६.८, पुसमा ५.५, माघमा ४.९, फागुनमा १.७ र चैतमा ०.६ प्रतिशतले रेमिट्यान्स घटेको थियो । तर, वैसाख २०७९ मा आइपुग्दा रेमिट्यान्सको ऋणात्मक वृद्धिदर सुधार भई ०.२ प्रतिशतले सकारात्मक बनेको देखिन्छ । यसरी हेर्दा २०७८÷७९ को सुरुदेखि नै मासिक रुपमा रेमिट्यान्स आप्रवाह घटबढ भएको देखिन्छ । सुरुमा विप्रेषण आप्रवाह अपेक्षाकृतरुपमा बढ्न सकेको थिएन । पहिलो महिनामा आप्रवाह घट्दै आएकोमा दशौं महिनामा सामान्य वृद्धि भएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या भने उत्साहजनकरुपमा बढेको देखिन्छ । गत आवमा भित्रिनेभन्दा बाहिरिने पैसा बढी हुँदा चालु खाता घाटा र शोधनान्तर स्थितिमा चाप बढ्न पुग्यो । आव २०७८/७९ को १० महिनामा चालु खाता पाँच खर्ब ४७ अर्ब ३७ करोड रुपैयाँको घाटामा रहेको छ । उक्त आवको सुरुआतदेखि नै चालु खाता घाटा विगत पाँच वर्षमा भन्दा उच्च विस्तार हुँदै आएको थियो । आव २०७७÷७८ मा चालु खाता घाटाको कूल गार्हस्थ उत्पादनमा ७.८ प्रतिशत रहेको देखिन्छ । गत आवको १० महिनामा चालु खाता घाटा कूल गार्हस्थ उत्पादनको अनुपात ११.३ प्रतिशतमा पुगेको देखिन्छ । देशको आवश्यकता परिपूर्ति गर्नका लागि विदेशी मुद्रा बढी आम्दानी गर्ने लक्ष्य राखेर वस्तुगत तथा सेवागत निकासीको स्तरीयरुपमा विविधीकरण गराई निकासी बढाउन समुचित प्रयत्नको सुरुआत भइसकेको छ । परम्परागत एवं नवपरम्परागत निकासी वस्तुहरुको स्तरीयरुपमा उत्पादन बढाएर निकासीयोग्य वस्तुहरुको निकासी बढाइने भनिएको छ । बढी फाइदा हुने प्रशोधित तथा तयारी वस्तुका निकासी बढाउन बढी जोड दिइएको छ । लाभदायक रोजगारी बढाउनेगरी उपयुक्त निकासीयोग्य प्रशोधित एवं औद्योगिक वस्तु तथा नयाँ वस्तुका पहिचान गरी उत्पादन बढाएर विदेशी मुद्राको आर्जनमा केन्द्रित गरिएको छ । सेवामूलक व्यापार तथा व्यवसायलाई समुचितरुपले विकास गराई विदेशी मुद्राको आर्जनमा बढी जोड दिइएको छ । जनशक्तिको समुचित उपयोग गराउनका लागि वाञ्छनीय तथा सम्भव जनशक्तिसहित सीपको विकास गराई सेवामूलक कार्यहरु बढाउनुका साथै त्यस्ता सीपको निकासी वृद्धिमा समाहित गरिने देखिएको छ । निकासीयोग्य वस्तु तथा सेवाका समुचित विकास गर्न, गराउन आधुनिक उपयुक्त प्रविधि प्रवाह गराउनुका साथै संस्थागत तथा भौतिक आधारशीलाहरुको विकास गराउने वातावरण नेपाल व्यापार एकीकृत रणनीतिमा, २०६७ देख्न पाइन्छ । व्यापार नीति तथा रणनीतिहरुमा उल्लिखित कार्यहरुलाई छिटो, छरितो र पारदर्शीरुपले सञ्चालन गराउन उदार सरोकार नीतिहरु निर्माण गरी प्रशासनिक प्रक्रियाहरुमा आमूल परिवर्तन गरी अझ उदारता, सरलता र गतिशीलता अपरिहार्य देखिन्छ । पूर्णबन्देज वा परिमाणात्मक बन्देज लगाइएका सामानबाहेक अन्य वस्तुहरुको निकासी गर्न इजाजत चाहिने छैन । परिमाणात्मक बन्देज लगाइएका वस्तुको हकमा सोधखोज गरी निकासी इजाजतपत्र दिइनेछ । तर, वैदेशिक मुद्राको कमी हुने अवस्था आएकाले २०७८ माघपछि केही वस्तुमा आयातमा पूर्वप्रतितपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । निकासी बढाउनका लागि सरकारले पारवहन तथा ढुवानी व्यवस्थामा सुधार ल्याउन संस्थागत तथा भौतिक आधारशीलाहरुको विकास गराउँदै प्रशासनिक प्रक्रियालाई पारदर्शी, छिटो र छरितो बनाइने भनिएको छ । आव २०७७÷७८ को पहिलो तीन महिनामा रेमिट्यान्स दुई खर्ब रुपैयाँ भित्रिएको थियो । आव २०७६/७७ को कात्तिकसम्ममा तीन खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । तर, २०७५/७६ को कात्तिकसम्मको तुलनामा रेमिट्यान्स आप्रवाह २.३ प्रतिशतले घटेको थियो । २०७५/७६ को कात्तिकसम्ममा ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएकोे थियो । यो बैकिङ प्रणालीमार्फत बैंक र रेमिट्यान्स कम्पनीमार्फत नेपाल भित्रिएको रेमिट्यान्स हो । यो बाहेक हुण्डीमार्फत गैरकानुनी तवरबाट पनि रेमिट्यान्स आउने गरेको छ । अवैधानिकरुपमा कति रेमिट्यान्स नेपालमा भित्रिन्छ भन्ने तथ्यांक छैन । सबैभन्दा बढी रेमिट्यान्स कतारबाट भित्रिएको देखिन्छ। त्यसपछि सउदी अरेबिया, युएई, मलेसिया, अमेरिका, जापान, दक्षिण कोरिया, कुवेत, बहराइन र बेलायत छन् । कोरोना महामारी अघि र कोरोना पछिको करिब छ महिनामा बन्दाबन्दी अलि खुकुलो भएसँगै श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ । हरेक वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु, रोजगारीमा दक्षिण पूर्वी एसियाली देशहरुमा जाने नेपालीको संख्या कमी आउनुलगायतका कारण २०७६/७७ मा रेमिट्यान्स घटेको देखिन्छ । उक्त आवको सुरुदेखि नै रेमिट्यान्स आप्रवाह घट्दै गएको देखियो र आवको अन्त्यतिर त रेमिट्यान्स आप्रवाह ऋणात्मकरुपमा रहन गयो । दक्षिण एसियाली देशमा केही महिना रोजगारी रोकिएको थियो भने केही खाडी राष्ट्रका सरकारले स्थानीय कामदारलाई प्राथमिकता दिन थाले । जसले गर्दा रेमिट्यान्समा कमी आएको थियो । नेपालमा विश्वका १५८ देशबाट रेमिट्यान्स आउने गरेको देखिन्छ । वैदेशिक रोजगारीका लागि नेपाल सरकारले संस्थागतरुपमा ११० वटा देशसँग सम्झौता गरे पनि डेढ सयभन्दा बढी देशबाट रेमिट्यान्स भित्रिँदै आएको देखिको हो । वैदेशिक रोजगारीका लागि खुला गरेका देशमध्ये अफगानिस्तान, इराक, लिबियालगायत देशमा नेपालीलाई काम गर्न जान रोकिएको थियो । तर, गैरकानुनी तवरले ती देशमा पनि नेपालीले काम गरिराखेका छन् । सरकारले वैदेशिक रोजगारीका लागि अनुमति नदिएका थप ५८ देशमा पनि नेपाली रोजगारी वा अन्य कामका लागि विदेशिएको देखिन्छ । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयात तथा निराशाजनक निर्यातले देशको वैदेशिक व्यापार नाजुक बनेको अवस्था छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु, आयातीत सामान गुणस्तरीय नभए पनि आयात बढ्दै जानुले व्यापार घाटा चुलिएको छ । अघिल्ला वर्षझैँ गत वर्ष निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल भएको देखिन्छ । व्यापार घाटा कम गर्न समय–समयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि देखिँदैन । यसरी बढ्दो व्यापार घाटाको अवस्थामा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सले ठूलो भूमिका खेलेको छ । (डा.सुमनकुमार रेग्मी ,लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूृर्वनायव कार्यकारी निर्देशक हुन् ।)
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP