Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सकारात्मक सोच र सिर्जनात्मक भावना
सकारात्मक सोच र सिर्जनात्मक भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १३, २०७६
Hardik health
मेरो सानो छोरा राजधानीको एक निजी विद्यालयमा कक्षा चारमा पढ्छ । उसले मलाई बेलाबेलामा समयसमायिक विषयहमा गर्ने प्रश्नले मेरो मस्तिष्कलाई उद्वेलित पार्छ । ऊ सरकार, समाज, नेता, कर्मचारी आदिप्रति रोष प्रकट गर्छ । तिनका व्यवहारको आलोचना गर्छ र यीबाट मुलुक बन्दैन भन्छ । बेलाबेलामा राम्रो मान्छे बनी देशमा राम्रो गर्नुपर्छ पनि भन्छ । उसलाई यी कुरा गर्न कसैले सिकाएको पनि छैन, पढाएको पनि होइन तर दिनहुँ घरपरिवारमा ठूला सदस्यले गर्ने कुराकानी, घरमा आउनेहरूको बातचित, विचार, टेलिभिजन, सामाजिक सञ्जालमा अभिव्यक्त धारणाबाट उसको बाल मस्तिष्कमा परेको नकारात्मक प्रभावबाट यस्ता विचार उत्पन्न भएका हुन् । आज अधिकांश परिवारको अवस्था यस्तै छ । अधिकांश युवाको मानसिकता यस्तै छ । स्वदेशभन्दा विदेश प्रिय भएको छ । समाज परिवर्तन एकाएक वा रातारात हुने विषय होइन । यसले स्वाभाविकरूपमा समय लिन्छ । तर, समाजको दिशा कता गइरहेको छ भनी विश्लेषण गरी सकारात्मक दिशातर्फ हिँडाउनु समाजका सबैको दायित्व र कर्तव्य हो । समाजको अग्रपंक्तिमा रहेका नेता, कर्मचारी, नागरिक अभियन्ता, समाजसेवी, व्यापारी, पत्रकार, शिक्षकको विशेष भूमिका हुन्छ । आज हामी सबैमा नकारात्मकता व्याप्त छ । हामी क्षणिक उपलब्धि र सफलतामा रमाइरहेका छौँ । व्यक्तिका विचार र व्यवहारमा, संचार माध्यमका समाचारमा, सामाजिक सञ्जालका प्रतिक्रियामा सबैतिर नकारात्मकता मात्र व्याईत देख्छौँ । सबैतिर नकारात्मकता व्याप्त हुँदा समाजमा सकारात्मक भावना राख्नेहरू अल्पमतमा परेको आभास हुन्छ । यस्ताका विचार र दृष्टिकोणलाई उल्टै गिज्याउने प्रवृत्ति देखिन्छ । हामी सरकार, नेता, कर्मचारी, डाक्टर, व्यापारी, विदेशीलगायत सबैलाई खराब देखिराखेका छौँ । मिहिन ढंगले विश्लेषण गर्ने हो भने आफूबाहेक अरु सबै खराब र अक्षम भन्ने अवस्थामा हामी पुग्न लागेको देखिन्छ । हरेक कुरामा राजनीति जोड्न चाहन्छौँ र हामी राजनीतिक आँखाबाट हरेक कामको विश्लेषण गर्छौं । राम्रोलाई राम्रो भन्न सक्तैनौ, खराबलाई खराब भन्न सक्तैनौँ । आजको प्रतिस्पर्धात्मक संसारमा हामी सबै अवसरको खोजीमा छौँ । अवसर प्राप्तिका लागि एकले अर्काको खुट्टा तान्नुपर्छ कि, झुठो बोल्नुपर्छ कि, नगद नजराना चढाउनुपर्छ कि अरु के के गर्नुपर्छ सबै गर्न हामी तयार हुन्छौँ । यसरी सबै गरेर प्राप्त गरेको व्यक्तिबाट हामी नतिजा भने सकारात्मक खोज्छौँ । नकारात्मक कार्यले सकारात्मक नतिजाको आसा गर्नु व्यर्थ हुन्छ । अहिले समाजमा सफलताको मापन आर्थिक हैसियत मात्र भएको छ । भष्टाचार हरेक क्षेत्रमा मौलाउनुको कारण यही हो । हरेकलाई छोटो समयमा आर्थिकरूपले प्रगति गर्नु परेको छ । समाजमा अध्ययन गरी अधिकृत बनेको इमानदार कर्मचारीभन्दा दुई चार वर्ष कतै गएर आठ दस लाख ल्याउने व्यक्ति महत्वपूर्ण भएको मानिन्छ । श्रम गरेर दुई छाकको जोहो गर्ने भन्दा अनैतिक धन्दामा लागी धन कमाउने व्यक्तिको हैसियत बढी हुन्छ । यस्तो अवस्थामा समाजको समृद्धि, सुख शान्ति, इमान खोज्नु व्यर्थ हो । समाजलाई सही दिशामा डो¥याउने हो भने, समाजको समुन्नत विकास गर्ने हो भने हामी सबैमा सकारात्मक सोच आउनु जरूरी छ । आलोचना जरुरी छ तर सिर्जनात्मक भावको आलोचना हुनुपर्छ । आलोचना स“गस“गै सुधारको प्रतिबद्धता पनि हुनुपर्छ । सरकार खराब हुन सक्छ तर सरकारको विकल्प सरकार नै हो भन्नेमा सबै सचेत हुनुपर्छ । सरकारको विकल्प अन्य संघसंस्था हुन सक्तैनन् । नेपालमा अधिकांश गैरसरकारी संघसंस्था सरकारको सहयोगीभन्दा पनि प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको र सरकारलाई खराब देखाउनै लागिपरेको देखिन्छ । विगतमा हामी कहाँ भएका विभिन्न आन्दोलनको उपलब्धिको तुलनामा गुमेका कुरा धेरै छन् । समाजमा नैतिकता सकिएको छ । कानुनी शासनलाई धुजाधुजा पारिएको छ । इमानदारी कतै बन्धक राखिएको छ, व्यभिचार बढ्दो छ । मुलुकमा ठूलाठूला परिवर्तन भए तर जनताको जीवनस्तरमा खासै परिवर्तन भएको देखिँदैन, विकासले फड्को मारेको देखिदैन । सामान्य नेपालीले महसुस गर्नेगरी तात्त्विक परिवर्तन भएको छैन । विकास एउटा नियमित प्रक्रिया हो र समयको विकाससँगै स्वाभाविकरूपमा केही न केही त हुन्छ नै । परिवर्तन पश्चात अपेक्षा गरिएको ढंगको कुनै सुधार हुनसकेको देखिँदैन । यी सबको सुधारका लागि हामी सबैले सकारात्मक ढंगले सोची सृजनात्मक भावनाका साथ कार्य गर्नु जरुरी छ । मुलुकलाई साँच्चिकै परिवर्तनको आभास दिलाउने हो भने धेरै ठूला कुरा गर्नु पनि पर्दैन । ससाना कामबाट पनि परिवर्तनको आभास दिलाउन सकिन्छ । देशको नेतृत्व लिनेहरूले, समाजका अगुवाले उदाहरण बन्न सक्नु पर्छ । सबैभन्दा पहिले अति राजनीतिकरण बन्द गर्नुपर्छ । समाजका हरेक क्षेत्र र पक्षमा प्रवेश गराइएको राजनीतिलाई हटाउनुपर्छ । निजामती सेवामा भित्र्याइएको राजनीतिलाई तत्काल बन्द गर्नुपर्छ । निजामती कर्मचारीलाई इमानदारीसाथ कार्य गराउनुपर्छ, सही मूल्यांकन गरी पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ । हाम्रोभन्दा राम्रो खोज्नुपर्छ, योग्य र क्षमतावान्लाई अवसर दिनुपर्छ । समाजमा कानुनी शासनको प्रत्याभूति दिलाउनुपर्छ, सदाचार र नैतिकताको प्रवर्द्धन गर्नुपर्छ । विद्यालयमा पाठ्यक्रममा सुधार गरी सानै कक्षादेखि बालबालिकामा नैतिकता, इमानदारी, सदाचार, राष्ट्रप्रेमको भावनाको विकास गराउनुपर्छ । सरकारले अनुगमन र मूल्यांकनको समुचित प्रणालीको विकास गरी सबै क्षेत्रको सही मूल्यांकन गर्नुपर्छ । हामी सबैले आआङ्खनो ठाउँबाट आङ्खनो दायित्व र कर्तव्य इमानदारीसाथ पालना गरेमा समाजका धेरै समस्या समाधान हुनेछन् र मुलुकले समृद्धिको बाटो आफैँ तय गर्नेछ । बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP