
भक्तपुर– सप्ताहव्यापी अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आइतबारदेखि शुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा आइतबार ¥यालीे आयोजना गरिएको थियो ।
विपद्बाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले भक्तपुरको तौमढीबाट शुरु भएको ¥याली सुकुलढोका, दत्तात्रय हुँदै कमलविनायकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले विपद्का बेला उद्धार सामग्री खरीद गरेर भण्डारण गरिएकाले अब त्यस्ता सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नभएको जानकारी गराएका छन् । उनले जिल्लामा विपद्को जोखिममा रहेकाले चारवटै नगरपालिकाले विपद् न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
भक्तपुरलाई विपद् जोखिममुक्त बनाउने कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आङ्खनो पहलमा शुरु भएको हनुमन्ते करिडोरले बाढी नियन्त्रण गर्न सफल भएको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्लावासीलाई विपद्का बेला सुरक्षित राख्न व्यवस्थापनका तयारी पर्याप्त रहेकाले त्यस्ता बेला तत्काल उद्धार एवं रोकथाम गर्न सकिने अवस्थामा पुगेको बताए ।
गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाई) ले विपद्बाट जोगिन र जोगाउन सबै निकाय क्रियाशील रहेको चर्चा गरे ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत २७ गते सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनबारे कृतिम अभ्यास गर्ने, २८ गते चाँगुनारायण नगरपालिका र जिल्ला रेडक्रसले विपद् व्यवस्थापनबारे क्षमता विकास तालीम र अन्तरक्रिया गर्ने, २९ गते सूर्यविनायक नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले विपद् व्यवस्थापनबारे प्रचारप्रसारका सामग्री निर्माण गर्ने, प्रदर्शनी गर्ने, भिडियो संवाद र जिङ्गल निर्माण गर्ने भएको छ । त्यस्तै ३० गते चा“गुनारायण, १ गते मध्यपुरथिमि र २ गते भक्तपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया गर्ने भएको छ ।