Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • नुवाकोटबारे लेखिएको पुस्तक विमोचन
नुवाकोटबारे लेखिएको पुस्तक विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
11Brikhesh Lal
Hardik health
आङ्खनो देशको अवस्थालाई बुझ्न खोज्दा हामी देशको भूपरिवेष्ठिता र स्वतन्त्र रहन सकेको कुराको मात्र चर्चा गर्छौ“ । निश्चय नै हाम्रा गौरवगाथाका निमित्त यी महŒवपूर्ण वास्तविकता हुन् । तर यति मात्र वास्तविकता होइनन् । हाम्रो भूपरिवेष्ठिता र स्वतन्त्रताका अरू महŒवपूर्ण कारणहरू पनि छन् । यसलाई बुझ्न हामीले इतिहासतिर पछाडि फर्कनुपर्ने हुन्छ र पछाडिको इतिहासको गहिराइमा पुग्न केही ऐतिहासिक घटनाहरूको अध्ययन पनि आवश्यक हुन्छ । १९औ“ शताब्दीमा ब्रिटिस साम्राज्य र रूसी साम्राज्यबीच खेलिएको द ग्रेट गेमको सम्झना यस अध्ययनमा केही सहयोग गर्न सक्छ । मध्य र दक्षिण एसियाको अफगानिस्तान तथा वरिपरिको क्षेत्रलाई केन्द्रित गरेर त्यतिबेलाका ती दुई साम्राज्यहरू शक्ति सन्तुलनका निमित्त रणनीतिक कूटनीतिको यस खेलमा लागेका थिए । यी दुवै साम्राज्य राज्य र प्रभाव विस्तारको क्षेत्रमा सीधा प्रतिस्पर्धामा भए पनि भित्रभित्रै एकअर्कास“ग भयभीत पनि थिए र आमुन्ने सामुन्नेको युद्धबाट जोगिन चाहन्थे । रूसीहरू राज्य विस्तारको क्रममा मध्य र दक्षिण एसियाको बाटो भारतसम्म पुग्छन् भन्ने भय अंग्रेजहरूलाई थियो भने रूसी साम्राज्य अंग्रेजहरूको व्यापार वृद्धिको निमित्त सामरिक नियन्त्रणसहितको प्रभाव विस्तारबाट डराइरहेका थिए । अंग्रेजहरूले अफगानिस्तान, अटोमन (टर्की), खिवा खानत (उज्वेक), फारस (इरान) लाई आङ्खनो प्रभावमा ल्याएर संरक्षित तथा मध्यवर्ती राज्य (बफर स्टेट) मा परिणत गरे । ब्रिटिस र रूसी साम्राज्यहरूबीच यसले सुरक्षा कवचको काम ग¥यो । यसका लागि अंग्रेजहरूलाई साना साना तथा अपेक्षाकृत सजिला युद्धहरू लड्न परे पनि अफगानिस्तान र रूसबीच पामिर सीमा सन्धिपछि अंग्रेजहरूको अभीष्ट धेरै हदसम्म पूरा भएको इतिहासकारहरू मान्दछन् । ठूला शक्तिहरूबीच अवस्थित रहेर सीमित भए पनि स्वतन्त्रताको अस्तिŒव रहन सक्नुको यस्तो कारण पनि हुन्छ । नेपाल, भुटान र सिक्किम अंग्रेज र चिनी साम्राज्यको बीचका मध्यवर्ती राज्यहरूकै रूपमा रहे । उत्तरको विशाल हिमाली सीमाले गर्दा यी मुलुकहरू अंग्रेजको अदृश्य तर मजबुत नियन्त्रणमा रही रह्यो । अंग्रेजहरूलाई लामो र विकट सीमाको सुरक्षा लिनु परेन र चीन पनि आङ्खनो सीमाप्रति आश्वस्त रही रह्यो । पछि अंग्रेजको स्थान भारतले लियो । हाम्रो र हामीजस्तै केही मुलुकहरूको स्वतन्त्र अस्तिŒव कायम रहिरहनुको यो पनि एउटा कारण हो । मध्यवर्ती राज्यको यस उपस्थितिले चीनलाई समेत सुरक्षा ग्यारन्टी दिइरहने भएको हुनाले चीन पनि केही अघिसम्म सदैव यथास्थितिको पक्षमा नै रहेको देखियो । सक्रिय राजतन्त्र भनेको सामन्तवादको संरक्षक र प्रतीक भए पनि नेपालमा शाहवंशको पकड रहेसम्म नेपालको अवस्थाबाट कम्युनिस्ट चीन चिन्तित थिएन र त्यसैले शाह वंशलाई कम्युनिस्ट चीनको समर्थनको निरन्तरता रही रह्यो । लोकतन्त्रको निमित्त भएको लामो संघर्षको अवधिमा चीन या त शाह वंशको पक्षमा या तटस्थ रहने मौन कूटनीतिक अभ्यास ग¥यो । लोकतन्त्रको पुनस्र्थापन र प्रतिगमन विरुद्धको नेपाली जनताको लडाइ“मा समेत चीन तटस्थ र संयमित मात्र रह्यो । लोकतन्त्रको पुनस्र्थापना र पछि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणले सृजित खुलापनले अहिले चीन झस्किएको देखा परिरहेको छ । ठूला शक्तिहरूबीच अवस्थित मध्यवर्ती राज्यहरूको स्थिति लाभ र हानिको दृष्टिकोणले बडो नाजुक र डोरीको बाटोमा हि“ड्नेझै“ हुन्छ । सन्तुलन कायम रहुन्जेल स्वतन्त्रता कायम रहने र सन्तुलन बिग्रिए अस्तिŒवमाथि नै खतरा ओइरिने नियतिमा हि“ड्नुपर्ने हुन्छ । जति सन्तुलन बनाइराख्यो लाभ त्यसैको अनुपातमा भइरहने हुन्छ । सन्तुलन बनाउ“दा आवश्यकता अनुसार बराबर वा भौगोलिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थाले खडा गरिदिएको सन्तुलनको बिन्दुले मागेको जतिको भारमा बनाउनुपर्ने हुन्छ । मध्यवर्ती देशहरूको आगाडि विकल्पहरू सीमित हुन्छन् । आफै स्थितिलाई परिवर्तित गर्न सक्दैनन् । स्थितिमा परिवर्तनको सा“चो खास गरी घेरेर राखेका शक्तिशाली देशहरूको हातमा रहन्छ । ती शक्तिहरूको ताकतमा कम बढी हु“दा सन्तुलनको विन्दुमा विचलन आउ“छ । जोर र ताकत उस्तैउस्तै भए सन्तुलनलाई यथास्थान राख्नु पर्ने हुन्छ । अलिकति तलमाथि हु“दा शक्ति राष्ट्रहरू तत्काल चासो लिन थाल्छन् । त्यसकारण यस्ता मध्यवर्ती देशहरूमा बेला बेलामा मूलतः छिमेकीहरूस“गको सम्बन्धका बारेमा आन्तरिक राजनीतिक शक्तिहरूबीच नितान्त समन्वय र सन्तुलित विदेश नीतिको सहमतिबाट निर्माण परिमार्जन आवश्यक छ । होइन भने, देश छिमेकीलगायत अन्यहरूको घोषित अघोषित युद्धस्थलको रूपमा परिणत भएर जान्छ । अफगानिस्तान र यस्तै अवस्थाका अन्य मुलुकहरू यस्तै नियति भोगिरहेका छन् । विश्वका मध्यवत्र्ती देशका अवस्थाहरू र त्यसका कारणहरूको मनन् भएको छ, छैन ? के हामी जे गरिरहेका छौ“ ती ठीक हुन् ? आवश्यकताले मागेबमोजिम सन्तुलनको सही विन्दु कायम गर्न सफल छौ“, छैनौ“ ? गम्भीर अध्ययनका विषय हुन् । राष्ट्रिय र स्वाधीनताको कुराले मात्र पुग्न सक्दैन । सत्ता, स्वार्थ र क्षणिक लाभको दृष्टिले काम गर्दा देश खतराको खाडलमा पर्नेछ, जहा“बाट फेरि उकास्न सम्भव हुन सक्ने छैन । चाहिएको सन्तुलन विन्दुका लागि भूबनोट वा तत्कालको छोटो अवधिको राजनीतिक अवस्थाको आधार मात्रले स्थिति अनियन्त्रित बनाउन सक्छ । हामीले लिने नीतिको समर्थन सामाजिक, राजनीतिक, सांस्कृतिक र धार्मिक अवस्थाले गर्छ, गर्दैन भन्ने प्रश्नको उत्तर यस सन्दर्भमा सबभन्दा महŒवपूर्ण विषय हो । नेपालमा अहिले जेजस्तो भइरहेको छ त्यसबाट यी कुराहरूको बिल्कुलै उपेक्षा भइरहेको देखिन्छ । परिणामस्वरूप नेपालमा दुवै शक्तिशाली छिमेकीहरू सहित अन्य शक्ति राष्ट्रहरू पनि आङ्खनो चासो तीव्रताका साथ बढाउ“दै लगेको देखिन्छ । हाम्रा दुवै छिमेकीहरू नेपालप्रति संवेदनशील भएको देखा पर्दै छन् । यिनको संवेदनशीलता हाम्रो अवस्थितिको उपयोगको सम्भावनामा आएको परिवर्तनबाट उब्जिएको छ । एकातिर यी दुवै हाम्रो मध्यवर्ती अवस्थाको पूर्ववत् उपयोग चाहन्छन् भने अर्काेतिर वर्तमानको उनको स्वार्थको आवश्यकता अनुसारको उपयोगको दृष्टि पनि गा“सिएको छ । यसबारे सरसर्ती भए पनि एक अध्ययन जरूरी छ । पञ्चायत कालसम्म भारतले सत्ता र जनता दुवैस“ग सामान्य सन्तुलन राख्ने कोसिस ग¥यो तर नेपालको सामाजिक र राजनीतिक आवश्यकताको बदलि“दो परिवेशअनुसार अन्ततः जनताको पक्षमा उभिने निर्णय ग¥यो र नेपालको लोकतान्त्रिक आन्दोलनलाई निर्णायक रूपमा सघायो । संविधान निर्माणको बेलामा यहा“को सामाजिक राजनीतिक बनोट र तिनको समूहहरूको आवश्यकता र चरित्रलाई बुझेर सबैको समर्थन र सहमतिले आगाडि बढ्नुपर्ने आङ्खनो दृष्टिकोण राख्यो । तर संविधान निर्माताहरू राज्यसत्तामाथि वर्चस्वको चाहना आगाडि मुलुकको सामाजिक राजनीतिक अवस्थाको आवश्यकतालाई बुझ्न तयार भएनन् । आज त्यसको प्रत्युत्पादकीय परिणामहरू विस्तारै भए पनि प्रकट हु“दै गइरहेका छन् । चीन सहमति र समन्वयको विरोधी त रहेन तर जो सत्तामा रहन्छ । त्यसलाई नै सघाउ“दै जाने नीतिमाथि चलिरहने बाटो समातिरह्यो । जनताको चाहना अनुरूप निर्णायक भूमिका खेल्न रुचाएन वा तटस्थ बस्यो । चीन नेपालको मध्यवर्ती अवस्थामा परिवर्तन चाह“दैन तर यसको उपयोग बिआरआई परियोजनाका लागि गर्न चाहन्छ, जो भारत र अन्य मुलुकका लागि सहजै स्विकार्य छैन । यस्तो अवस्थामा राज्यसत्तामाथि पकडका लागि कुनै धुरीमा जाने हो वा सन्तुलनको सही विन्दु खोज्ने हो– नेपालका आगाडि निर्णायक प्रश्न खडा भएको छ । बिआरआई के हो ? निश्चय नै यो चीनको महŒवाकांक्षी परियोजना हो । त्यसकारण यसको केन्द्रमा चीनकै स्वार्थ रहेको तथ्यमाथि विवादको गुन्जाइस छैन । चीन यसबाट आङ्खनो व्यापारिक विस्तारको लागि दक्षिण एसियाको बजारमाथि पकड कायम गर्न चाहन्छ । बजार विस्तारले प्राकृतिक स्रोत साधनको दोहनको स्वार्थ पनि स“गै ल्याउ“छ र यसले तीव्रताका साथ राजनीतिक हस्तक्षेप बढाउ“दै सामरिक नियन्त्रण कायम गर्छ । अंग्रेजहरू पनि आङ्खना उपनिवेशहरूमा व्यापार गर्न नै पसेका थिए भन्ने तथ्यमाथि ध्यान दि“दा हामी बिआरआईको भित्री लक्ष्यबारे राम्ररी बुझ्न सक्छौ“ । चिनिया“ राष्ट्रपति बिआरआईको उद्घोष गर्दा महाशक्ति बन्ने र महान चिनिया“ राष्ट्रको पुनरुत्थानको महŒवाकाङ्क्षी लक्ष्य आगाडि सारेका थिए । अतएव बिआरआईले हाम्रो विकासभन्दा पनि महान चिनिया“ राष्ट्रको पुनरुत्थानको महŒवाकांक्षी लक्ष्यस“ग सम्बन्धित छ । चिनिया“ जनताको निमित्त यो वाञ्छित लक्ष्य होला तर नेपालको लक्ष्य आङ्खनो विकास र जनता जनताबीच मजबुत एकताको हो । बिआरआई नेपाललाई चिनिया“ व्यापार विस्तारको बाटो र धुरा बनाउन चाहन्छ । यस्तो अवस्थामा नेपालको हविगत के होला ? नेपाल वैश्विक शक्ति केन्द्रहरूका खतरनाक खेलहरू खेल्ने केन्द्रको अवस्थामा त पुग्दैन ? बिआरआईमा हाम्रो एजेन्डा कहा“नेर र के छ ? रेलको बाटोले हाम्रो विकासको प्रयासलाई टेवा त देला तर त्यसको निमित्त हामीले चुकाउने मूल्य कति र के हुन्छ ? रेलमार्गमाथि कसको र कति नियन्त्रण हुन्छ ? बजार र बजार विस्तारको साधन मात्र बन्छौ“ कि उत्पादन र हाम्रो उत्पादनको बजार पनि निर्मित हुन्छ ? हुन्छ भने कसरी हुन्छ ? आदि इत्यादि प्रश्नहरूका उत्तर आवश्यक छन् । यी प्रश्नहरूका उत्तर प्राप्तिको निमित्त आन्तरिक रूपमा देशकाराजनीतिक शक्तिहरूबीच समन्वय र सहमति पनि नितान्त आवश्यक छ, जसको प्रयास कही“कतै देखिन्न । नेपालमा सबैतिरबाट बढेको चा“सो क्षेत्रीय सन्तुलनभन्दा पनि सामरिक दृष्टकोणले नेपालको महŒव ह्वात्तै बढेर गएको कारणले भएको हो । यसलाई सम्बोधन गर्न सही विदेश नीतिको तर्जुमा र समय समयमा त्यसको परिमार्जन आवश्यक छ । नया“ संविधानको घोषणापछि नेपालमा देखिएको राजनीतिक विकास क्रममा नेपाल सन्तुलनको नीतिभन्दा कतै ढल्किने नीतितिर झुक्दै गएको संकेतहरू देखापरिरहेका छन् । यो झुकाव राष्ट्रिय छलफल र गहन अध्ययनपछिको झुकाव निश्चय नै होइन । यस्तो झुकावको कारण राज्यसत्तामाथि पकडको निमित्त बलिया संरक्षकको खोजीको मानसिकता रहेको देखिन्छ । यसका निमित्त नेपालको तर्फबाट जोखिमपूर्ण मूल्य बहन गर्ने प्रयास भइरहेको छ । पार्टीको प्रशिक्षण र संगठन सहयोगको सम्बन्धमा जसरी सत्ताधारी पार्टीले सम्झौता गरेको समाचार बाहिर आएको छ, त्यसले र त्यस्तो हु“दाको वातावरण एवं मुद्राभावले यही मानसिकता प्रमाणित गर्छ । सी विचारधारा बिआरआईको विचारधारा हो । चीनको व्यापार विस्तार र सामरिक पकड बढाउ“दै चिनी साम्राज्यको पुनरुत्थान अर्थात् पुनः प्रवर्तन गरी त्यसको नया“ संस्करण स्थापित गर्ने लक्ष्यको विचारधारा हो । चीनका जनताका लागि यो महŒवपूर्ण हुन सक्छ तर नेपालको जनताको आवश्यकतास“ग यसको कुनै साइनो छैन । जसरी पाकिस्तान, श्रीलंकाजस्ता मुलुकहरू एकपटक यतातिर ढल्केर दुःखको भूमरीमा धकेलिएका छन् र निकासको बाटो भेट्न सकिरहेका छैनन् । त्यस्तै हविगततिर बढ्नु निश्चय नै उपयुक्त र बुद्धिमानीपूर्ण हुन सक्दैन किनभने यस्ता गल्तीहरू पछि फेरि सच्याउने स्थिति रह“दैन, देशका तमाम बुद्धिजीवी र विज्ञहरूले नडराई यस गम्भीर विषयबारे आङ्खनो अध्ययन र सोच राष्ट्र आगाडि राख्नुपर्ने खा“चो छ । रातोपाटी
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP