Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #लिपुलेक
  • #मट्यांग्राे
  • #विपद्का घटना
  • #जिप दुर्घटना
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सातै प्रदेशमा स्टार्टअप आइडिया फेस्ट कार्यक्रम
सातै प्रदेशमा स्टार्टअप आइडिया फेस्ट कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १५, २०७८
Banner -Startup fest (1)
काठमाडाैं - लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा कृयाशिल स्थानिय नवप्रर्वदकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुने आइसिटीले जनाएकाे छ । चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र वैशाख २ गते विराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोश्रो चरणमा सुदुपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिने आयोजकले बताएकाे छ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितमा प्रस्तुती दिनेछन् । यसैगरी उनीहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा केन्द्रका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन । स्टार्टअपहरुले आबश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ लाइ आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ । कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले निशुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निशुल्क गरिएको  आयोजकले बताएकाे छ । कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसिसिए, ब्रोडवे इन्फोसिस, सिएसआइटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ । यसैगरी सोहि दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दुरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक रुपमा सञ्चालन हुनेछ। पछिल्लोसमय अध्ययनपश्चात आफ्नै क्षेत्रमा केहि नयाँ तथा इन्नोभेटिभ काम गर्ने युवाहरुको उल्लेख्यरुपमा बृद्धी भएको छ तरपनि आवश्यक मेन्टरिङ, इन्क्युवेसन र लगानीको अभावमा धेरै स्टार्टअपहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै लिभिङ विथ आइसिटीले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिरहेको संयोजक राजन लम्सालले बताए । स्थानिय स्तरमा कोभिड १९ को कारण धेरै स्टार्टअपहरु बन्द पनि भएका छन् र अब सरकार र नीजि क्षेत्र सहकार्य गर्दै डिजिटल उद्यमशिलता र इन्नोभेसनको विकासमा लाग्नुपर्ने लम्सालको भनाई छ । संघिय तथा प्रादेशिक सरकारहरुले पनि इन्नोभेसन र उद्यमशिलताको विकासमा ध्यान दिनसकेमा आफ्नै ठाँउबाट धेरैलाई रोजगारी सृजना गर्दै विदेशी रकम समेत आर्जन गर्न सकिने अवस्था छ । सरकारले हरेक वर्ष बजेटमा स्टार्टअप फण्ड कार्यक्रम ल्याएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । स्टार्टअप सम्वन्धी सरकारले नीति बनाउने प्रयास गरिरहेको छ तर लामो समयदेखि यो यस क्षेत्रमा आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउन माग हुँदै आइरहेको छ । नीजि क्षेत्रबाट स्टार्टअप र उद्यमशिलताको विकास र प्रवद्धनमा विभिन्न किसिमका प्रयासहरु भने भइरहेका छन् ।  
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
महालक्ष्मी विकास बैंकको वित्तीय विवरण सार्वजनिक
महालक्ष्मी विकास बैंकको वित्तीय विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
ग्लोबल कन्सल्ट स्थानान्तरण 
ग्लोबल कन्सल्ट स्थानान्तरण  बिहीबार, भदौ ५, २०८२
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने बुधबार, भदौ ४, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल वा सिएफटी तालिम सम्पन्न 
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल वा सिएफटी तालिम सम्पन्न  मंगलबार, भदौ ३, २०८२
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकोे रोजाइ  बन्दै  नेपाल इन्जिनियरिङ कलेज
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकोे रोजाइ  बन्दै  नेपाल इन्जिनियरिङ कलेज आइतबार, भदौ १, २०८२
एससिटी  को २४औं वार्षिकोत्सव सम्पन्न
एससिटी  को २४औं वार्षिकोत्सव सम्पन्न शुक्रबार, साउन ३०, २०८२
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता बिहीबार, साउन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP