Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • अदूरदर्शी र असान्दर्भिक कूटनीतिक कदम
अदूरदर्शी र असान्दर्भिक कूटनीतिक कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Hardik health
[caption id="attachment_23157" align="alignnone" width="476"] राम तामङ[/caption] पछिल्ला केही दशकमा अन्तर्राष्ट्रिय समुदायमा नेपालको उपस्थिति देखिएतापनि नेपालको उपस्थितिले त्यति महत्त्व पाएको देखिएन । सन् १९६० को दशकमा राजा महेन्द्रले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दा देखिएको अमेरिकी जनताको उत्साह र अमेरिकाले गरेको सम्मान त्यसपछिका कुनै पनि उच्चस्तरीय भ्रमणहरूले पाउन सकेनन् । अहिलेको समयमा हाम्रा राज्यका प्रमुखहरू अमेरिकी राष्ट्रपतिस“ग तस्वीर खिचाउन पाउँदा पनि आफूलाई गर्व महसुस गर्दछन् । किन र कसरी नेपालको कूटनीतिक छबि अन्तर्राष्ट्रिय स्तरमा खस्कि“दै गयो ? अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छविलाई राज्य संचालकहरूले कायम राख्न किन सकेनन् ? नेपालको आवाज अन्तर्राष्ट्रिय संघ संगठनमा विलय हुन पुगेको छ । नेपालको कूटनीतिक क्षमता क्षय हुँदै जानुका विविध कारणहरू छन् । अहिले रुस–युक्रेन युद्धको सेरोफेरोमा विश्व महाशक्ति राष्ट्रहरूबीच वाकयुद्ध चलेको छ । अमेरिका, रुस, चीन, भारत, जर्मनीलगायतका शक्तिशाली मुलुकहरूबीच रुसले युक्रेनमाथि गरेको हमलालाई पक्ष विपक्षबाट तर्क गरिरहेका छन् । चीनले रुस–युक्रेन युद्धलाई अमेरिकाले सिर्जित गरेको घटनाको रूपमा व्याख्या गरेको छ । अमेरिकाले चीन तथा भारतजस्ता विश्वका शक्तिशाली राष्ट्रहरू रुसले युक्रेनमाथि गरेको आक्रमणप्रति मौन बसेकोमा अमावनीयता देखाएको आरोप लगाएको छ । रुसले अमेरिकाको उक्साहटमा आएर युक्रेनले रुसको सार्वभौमसत्तामाथि धाबा बोलेको आरोप लगाएको छ । यी शक्तिशाली राष्ट्रहरूको तर्क–वितर्क चलिरहेकै छ । युक्रेनमाथि रुसको आक्रमण रोकिएको छैन । यसले विश्वको आर्थिक संरचनालाई असर पारिरहेको छ । प्रथम र दोस्रो विश्वयुद्धताका असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले हालै रुस–युक्रेन युद्धलाई लिएर कुनै एक मुलुकको पक्षमा उभिनुले नेपालको कूटनीतिक असक्षमता प्रकट भइसकेको छ । भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू मौन बसेको समय नेपालले एउटा मुलुकको पक्षमा आफ्नो मत जाहेर गर्नु र असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्न नसक्नु आफैंमा एउटा कमजोरी हो । नेपाल आफैंमा आयातमा निर्भर एक मुलुक हो । मुलुकलाई यस्तो अवस्थामा पु¥याइएको छ कि कुनै अवस्थाबाट नेपालमा ५÷६ महिना आयात रोकिने हो भने मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ । यसरी दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको भूपरिवेष्ठित मुलुक नेपालले अन्तर्राष्ट्रिय जगतमा विश्वले स्वीकार गरेको नेपालको असंलग्न परराष्ट्र नीतिको बर्खिलापमा मत जाहेर गर्नु गलत ठहरिन्छ । जबकि यी दुई ठूला राष्ट्रले समेत असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका छन् । हालै नेपालले अमेरिकी सहयोग एमसीसी परियोजना स्वीकार गरेको छ । नेपालको आर्थिक र पूर्वाधार विकासको रूपमा लिइएको एमसीसी परियोजना नेपालको संसद्ले अनुमोदन गरेसँगै अमेरिकी प्रभाव नेपालले रुस–युक्रेन युद्धमा गरेको असंलग्न परराष्ट्र नीतिको उल्लघंनमा देखिएको विश्लेषण गर्न थालिएको छ । हरेक पक्षलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । हामीले नेपाली दृष्टिकोणबाट हाम्रो नजरिया परिवर्तन गरी रुस–युक्रेन युद्धलाई अमेरिकी दृष्टिकोणबाट हेर्ने प्रयास गर्‍यौं । अमेरिकाले एकदमै विश्वास गरेको भारतसमेत तटस्थ रहनुलाई हाम्रो कूटनीतिक क्षमताले बुझ्ने प्रयास गरेन । युक्रेन एक सार्वभौमसत्ता मुलुक हो । तर, अमेरिकी उक्साहटमा उच्च राजनीति नै परिवर्तन भएर हास्य कलाकारलाई (युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की) राजनीतिमा ल्याउनुको अर्काे विडम्बना युक्रेनी नागरिकहरूले भोग्नुपरेको छ । धरातलमा राष्ट्रवादी देखिएका हास्य कलाकार अमेरिकाद्वारा सिर्जित कठपुतली हुन् । सन् १९४७ को दशकमा भएको अमेरिका–रुस शीतयुद्धले युरोपमा नेटो र वार्सा प्याक्ट जन्मायो । शीतयुद्धको अन्त्यसँगै रुसबाट १५ वटा राज्यहरू टुक्रिएर नया“ मुलुक बने । शीतयुद्ध ताकाको यूएसएसआर टुक्रिएर रुस र अन्य १५ वटा मुलुकले स्वतन्त्र राज्यको मान्यता पाए । शीतयुद्धको अन्त्य गर्दै नेटो र वार्सा प्याक्टको विघटन गरिने घोषणा गरियो । तर, तत्कालीन शक्तिशाली मानिएको अमेरिकाले युरोपको शक्तिशालीमध्ये एक मानिएको रुसलाई चुनौतीका रूपमा लि“दै नेटोलाई विघटन गरेन । पछिल्लो समय अमेरिकाले नै सपोर्ट गर्दै आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटोको सदस्य बन्ने र युक्रेन र रुसबीच रहेका रुसी बाहुल्यता भएको राज्यहरूलाई स्वतन्त्रता घोषणा गर्न नदिने निर्णय गरे । यो निर्णयप्रति रुष्ट बनेको रुसले आफ्नो सार्वभौमसत्ता जोगाउनका निम्ति युक्रेनलाई नेटोको सदस्य बन्न नदिने निर्णयस्वरूप युक्रेनमाथि आक्रमण गरेको हो । मानवीयतामाथिको दमन अस्वीकार्य हुन्छ । तर, राष्ट्रवादी बन्ने होडबाजी र नेटो सदस्य रहेका युरोपेली मुलुक तथा अमेरिकाको उक्साहटमा आफ्नै मुलुकका जनताको हत्या हुँदा किन जेलेन्स्की सहमतिमा आउन सकेनन् । अमेरिकाले अफगानिस्तान, इराक, सिरिया, लिबियाजस्ता मुलुकमा ‘तेल कूटनीति’को रूपमा ध्वस्त बनाउ“दा किन युक्रेनलगायत अन्य युरोपेली मुलुकहरू चुप बसे । नेपालले पनि यस विषयमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नु जरुरी देखिन्छ । यस्तै, महाशक्ति राष्ट्रको पिछलग्गु बन्नु र राष्ट्रलाई आर्थिक र सामाजिक रूपमा कमजोर बनाउ“दै लैजानु नेपालको कूटनीतिक क्षमतामा क्षयीकरण हुने कारणहरू हुन् । हरेक मुलुकको कूटनीतिक उद्देश्य र रणनीति उक्त मुलुकको दीर्घकालीन हित र स्वार्थसँग जोडिएको हुन्छ । तर, मुलुकको हित र स्वार्थलाई कायम राख्न समकालीन रणनीतिले प्रभाव पारेको हुन्छ । मुलुकको हित र स्वार्थका लागि समकालीन रणनीति अवलम्बन गर्दा कुन स्तरमा पुग्ने भन्ने कूटनीतिक उद्देश्यले फरक पार्दछ । राजनीतिक गतिरोध र अस्थिरता, परनिर्भरता र दूरगामी चिन्तन नभएका राजनीतिक दल, नेता र शासकीय एजेण्डाको अभावले विश्वले तीव्र रूपमा गति लिँदा नेपालले कछुवाको गति लिन पुग्यो । फलस्वरूप विगत ३०÷४० वर्षकै अन्तरालमा नेपाललाई विश्वले हेर्ने दृष्टिकोण फरक बनिसकेको छ । सूक्ष्म विश्लेषण गर्ने हो भने नेपालको उपस्थितिलाई विश्व समुदायले कुनै महत्त्वले हेर्ने गरेको पाइ“दैन ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP