Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • होली एक, कथा अनेक
होली एक, कथा अनेक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ३, २०७८
Hardik health
थकालीको तोरन्ल्ह र होली पूर्णिमा हामीमध्ये थोरैले मात्र जानकारी राखेको पाइन्छ कि नेपाल तथा भारतमा होली पर्व मनाइरहँदा हिमालपारिको जिल्ला मुस्ताङका आदिवासी थकालीहरू पितृ शान्ति र कुल पूजा गर्दै तोरन्ल्ह मनाउँदछन् । मूलतः थकालीहरू व्यापारी नै भएका कारण तोरन्ल्हका दिन समुदायभित्रका चारचनले छुट्टा–छुट्टै चारवटै रङका महालक्ष्मीदेवीको विशेष आराधना गर्ने गर्दछन् ।  फागु पूर्णिमाको एक दिन अगाडि मध्यरातमा उठ्ने नुहाइधुवाइ नयाँ लुगाका साथ पितृ शान्तिका लागि चा“दीका कचौरामा चौरीको नौनीको दियो बाल्ने गरिन्छ । साथमा जाँड, रक्सी, दूध पनि पितृलाई मन्छाउ“छन् । सेलरोटी, माछामासुका परिकारको भव्य तयारीसँग चारचन अर्थात् गौचनले ल्ह ताङवा न्हुर्बु– (रातो प्रतीक) देवी, तुलाचनले ल्ह छ्युरिन ग्याल्मो – (हरियोको प्रतीक), देवी शेरचनले ल्ह क्हङला सिङकी– (सेतो प्रतीक) देवी, र भट्टचनले ल्ह क्ह ह्यावा ¥हया–हयाङज्यूङ –(कालो प्रतीक) देवी साझा महालक्ष्मीदेवी अर्थात् ल्ह नरीच्ह्योवदेवीको भव्य पूजा आराधना गर्ने गर्दछन् । भनिन्छ– मुस्ताङको मूक्तिनाथ उनै चारचन कूल देवी ल्ह नरीच्ह्योव (महालक्ष्मी)को प्रतीक हुन् भने चारचनका विभिन्न रङ प्रतीक देवी देवता मुस्ताङ राज्यभर ठाउ“–ठाउ“मा प्राकृतिक देवताका रूपमा रहेका छन् । यी चारचनको चार रङयुक्त ध्वजापताका टा“गी, थकालीहरू शिकारी युगको स्मरण गर्दै प्रतियोगितात्मक धनु तारो हान्ने खेल्दछन् । प्रतियोगितामा जित्नेलाई फलामको पुरस्कार दिने गरिन्छ । थकाली स्वायत्त राज्य थासाङ– (मुस्ताङ)मा मनाइने तोरन्हकै अवसरमा मुखिया छान्नेदेखि ढुकुटी प्रथालाई कसरी समयसामेक्ष परिमार्जन गर्दै जानेबारे छलफल पनि गर्दछन् । थकालीहरू महालक्ष्मी माता अर्थात् ‘ल्ह नारी च्यो’को प्रतापले ढुकुटी प्रथाका माध्यमबाटै समृद्धि हासिल गर्न सकेको विश्वास गर्दछन् । तोरन्ल्ह उनै देवी र पुर्खाको स्मरणमा मनाइने पर्व हो । चारचन थकालीहरू गौचन, शेरचन, तुलाचन र भट्टचनले फागु पूर्णिमाका दिन मनाउने यस पर्वलाई तोरन्ल्ह भनिए जस्तै मार्फाली थकाली ज्वारचन, लालचन, पन्नाचन र हिराचन समुदायमा यसै पर्वलाई तेर्मी नाउ“बाट मनाउ“द छन् । थकालीभित्रका चिम्तन, बाह्रगाउ“ले स्याङ्तन, ताङ्वे, ठिम्तनहरूमा पनि तोरन्ल्ह छुट्टाछुट्टै नाउ“बाट मनाइन्छ । भ्यालेन्टाइन विशेष इ.सं.२६९ को कुरा हो, रोमका शासक थिए, क्लाउडियस द्वितीय । सम्राटले सोचे, सैन्यदस्ता ठूलो बनाउन, अविवाहितलाई सैन्यमा भर्ना हुन उर्दी जारी गरे । धेरैले श्रीमती र परिवार छाडेर सेनामा भर्ती हुनै चाहेनन् । सम्राट रिसले मुरमुरिए । उनले सोचे– बिहे नै गराएन भने ऊ सेनामा टिकिरहनेछ । घोषणा गर्न भ्याए– ‘अब उपरान्त रोममा बिहे हुने छैन ।’ सबैका लागि त्यो घोषणा प्राकृतिक नियमविपरीत थियो । संयोग, रोममा भ्यालेन्टाइन नामक पादरी थिए । उनले सम्राटको उर्दीविपरीत लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान दुई कान हुँदै कुरा सम्राटसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरी जेलमा थुनियो । झुण्ड्याइनुअघि उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुन्ड्याइयो । विश्वास छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट ‘भ्यालेन्टाइन्स डे’ सन्देश लेख्ने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिए । नेपाल, भारतलगायतका देशहरूमा चाहि“ अन्य बेला घरभित्रै कुँजिएर रहनुपर्ने बाध्यता रहेका छोरीबुहारीहरू पनि होलीका दिन खुलेर रङ अबिरपानी छ्यापाछ्याप गरी उन्मुक्ति हुन पाउ“छन् भने प्रेमीप्रेमिकाबीच पनि रङ लगाउने बहानामा प्रस्ताव आदानप्रदान गर्ने गरिन्छ । अविरया होली तँ चायाला ल्यासे, अविरं छङगु ख्वा हिसि दयकाबिई न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों, ख्वालय् मखु नेतालय् अबिर तया क्यों वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ यो पर्वमा होली गीत गाउँदै खुलेर रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई ‘भ्यालेन्टाइन्स डे’का रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीका दिन राजधानीको वसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरको चीर उठाएपछि पूर्णिमासम्म आठ दिन होली पूर्णिमा मनाइन्छ । विभिन्न तौर तरिकाबाट यो पर्व मनाउने गरिन्छ । सिंहसार्थबाह होली र सिंगैै राँगाको मासु परापूर्वकालमा थ“बहिल (ठमेल) निवासी व्यापारी सिंहसार्थवाह व्यापारीका साथ तिब्बतको ल्हासा पुगेर फर्कंदा ब्रम्हपुत्र नदी पार गर्न लाग्दा अति सुन्दरी भेषमा राक्षसनीहरूले प्रेमजालमा फसाउँछन् र राति राक्षसनीले आहारा बनाइदिन्छन् । तर, सिंहसार्थवाह मात्र करुणामय भगवान्को प्रतापले वायुपङ्खी घोडामा बसी काठमाडौं पुग्न सक्षम हुन्छन् । यही खुसीयालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारी घरनेर चीर उठाइ हर्षोल्लासपूर्वक सप्ताहव्यापी होली मनाउन थालिए । उनै राक्षसनीको प्रतीकृति स्वरूप फागु पूर्णिमाको रात वसन्तपुरमा चीर लगी टुँडिखेलमा दहन गर्ने र इतुम्बहालबाट एउटा सिंगै रा“गाको मासु र एकमुरी चामलको भात गुरुमापालाई चढाउने गरिन्छ । अर्को आख्यानअनुसार रोएर दुःख दिने बच्चाबच्चीलाई फकाउन जब आमाबाबुले ‘चुप लाग नत्र गुरुमापालाई दिएर पठाइदिन्छु’ भने गुरुमापा रातमा आएर सा“च्चै लिएर गइ खाइदिन्थे । यसबाट आजित अभिभावक इतुम्बहालका निर्माता केशचन्द्रकहा“ शरण लिन पुग्दा गुरुमापालाई वाचा गराइन्छ कि प्रत्येक वर्ष फागु पूर्णिमाको रात एकमुरी चामलको भात र एउटा सिंगै रा“गाको मासु चढाइनेछ । तर बालबच्चाको रक्षा गर्नु पर्नेछ । यही वाचा... चकंद्यः थ“बहिल जात्रा र सिंह सार्थबाह फागुन शुक्ल अष्टमी वसन्तपुरमा चीरउठाएकै दिन ठमेलस्थित विक्रमशील महाविहार थँबहिलको गजुरदेखि भुइ“सम्म तोरणपताकाद्वारा अभिषेकपछि होलीपर्व सुरू हुन्छ । आठ दिने होली विधिपूर्वक चीर जलाएपछि थँबहिलको चकँद्यः जात्रा ज्याठा, छुस्या बहाल, असन, इन्द्रचोक, हनुमानढोका, कुमारीघर, मरु नगरपरिक्रमा गरी मनाइन्छ । त्यहा“बाट प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, ठ“हिटी, क्वाबहालहुँदै थँबहिल भित्र्याएपछि जात्रा सम्पन्न हुन्छ । चाँगुनारायण खटजात्रा भक्तपुरको चा“गुनारायण वंशगोपालकृष्ण रथयात्रा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन खट जात्रा हुने गर्दछ । कृष्ण–राधाबीच रङ खेललाई आधार बनाइ हुने चा“गुनारायण वंशगोपाल खटजात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्तिसहित नगरपरिक्रमा गर्दै मनाइन्छ । सिन्दूर जात्रा गर्दै चा“गु क्षेत्रको बलम्बु, तखादों, ढोका टोलमा परिक्रमा गर्ने गरिन्छ । तराई क्षेत्रमा होली पर्व सत्य युगमा विष्णुभक्त प्रल्हादलाई आफ्नै पिता दैत्यराज हिरण्य कश्यपुले हत्या गर्न गरेको अनेक प्रयासबाट पनि केही नलागेपछि आफ्नै बहिनी होलिका (जसले शिव भगवान्को आगोबाट नडढ्ने वरदान पाएकी थिइन्)को काखमा राखी जलाउन खोज्दा होलिका जलिन् तर प्रल्हाद जस्ताको तस्तै आगोबाट बाहिर निस्किए । असत्यमाथि सत्यको विजयस्वरूप होलिका दहन उत्सव फागुन शुक्ल प्रतिपदाका दिन तराई र भारतमा हर्सोल्लासपूर्वक होली मनाइन्छ । त्यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न गोकुल पठाइएको पुतना राक्षसनीको स्तन चुसेर मारिदिएको खु सीयालीमा होली खेल्न थालिएको कथन छ भने शिवपुराणमा सतीदेवीको वियोगमा तपस्या गरिरहेका शिवलाई कामवाण प्रहार गरी ब्यु“झाउने दुष्प्रयास गर्ने कामदेवलाई तेस्रो नेत्रद्वारा भष्म गरिएको खुसीमा होलीको अर्को आख्यान पाइन्छ । मिथिला होली मिथिला क्षेत्र (जनकपुर) परिक्रमाको सातौं दिन फागुन शुक्ल सप्तमीका दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ । त्रैतायुगको सो पर्वको स्मृति गर्दै होली खेल्न बिहान सबेरै ध्रुवकूण्डबाट रङ अबिर खेल्दै ८ किलोमिटर यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवनमा होलीको सुरूआत गरिन्छ । मिथिलावासी होली कञ्चन वन सीता–रामबीच यौनक्रिया भएको पवित्र दिनका रूपमा लिइन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP