Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • मैले हेरेको ‘पिर’ नामक ‘गीति प्रोजेक्ट’
मैले हेरेको ‘पिर’ नामक ‘गीति प्रोजेक्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
Pir
Hardik health
[caption id="attachment_22862" align="alignleft" width="720"] हिमाल थापा क्षेत्री[/caption]
                            करिब १६ मिनेटको उक्त भिडियोको सुरूमै दुई–तीनवटा विज्ञापन बज्छन्, र यो क्रम निकै होसियारी र कुशलतापूर्वक भिडियोको बीचबीचमा पनि रहिरहन्छ ।यहाँसम्म कि भिडियोको एक बालपात्र स्कूल जाँदा लैजाने पानीको बोतलमासमेत विज्ञापनले छोड्दैन । उसैगरी विदेशिन बाध्य महिला पात्रलाई अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याउन जाने ट्याक्सीमा पनि पछ्याउँछ विज्ञापनले । यसकारण स्रस्टाले गीतमा आफ्ना विज्ञापनदाता देखाउन बढो मिहेनत गरेको देखिन्छ । छाडौँ स्रस्टाको व्यावसायिक पाटो । गीतको कथा अनुसार श्रीमान् श्रीमती र उनीहरूको एक छोरी हुन्छन् । उनीहरूको पृष्ठभूमि माओवादी सशस्त्र युद्धमा लडेका जनसेना हुन्छ । शान्ति प्रक्रियापछि या भनौं हालको समय उनीहरू सहरको कुनामा कतै डेरामा बसेका हुन्छन् । श्रीमान् पात्रले मासु पसल चलाएको हुन्छ, श्रीमती पात्र छोरीको हेरचाह, भान्साको काममा सक्रिय हुन्छिन् । कमाइ नभएको र यहाँ टिक्न मुस्किल हुने कारण दुई जनामा एक जना विदेश जानुपर्ने कुरा चल्छ । श्रीमान्ले विदेश नजाने अडान रँखेपछि श्रीमती आफैँ विदेश जान तयार हुन्छिन्  र, उनी विदेश लाग्छिन् । विदेशमा गएको तीन महिनासम्म उनको खबर आउँदैन । पछि थाहा हुन्छ– उनलाई विदेशमा बन्धक बनाएर राखिएको छ । यसबीचमा यता श्रीमान्लाई चिन्ता हुन्छ । उसको साथीलाइ सुनाउँछ । साथीले पीर बिसाउने भन्दै यौनपेसामा लागेकी महिलाकहाँ पुर्‍याउँछ। श्रीमान् पात्र साथीको उक्साहटमा उनी महिलासँगै कोठासम्म पुग्छ । महिलाको कोठामा पुगेपछि मात्र थाहा हुन्छ कि ती यौनकर्मी सँगै युद्ध लगेकी साथी हुन् । एकअर्कालाई चिनेपछि दुवै जना अचम्ममा पर्छन्, र ऊ (श्रीमान् पात्र) केही नबोली फर्किन्छ । ...कथा यत्ति हो । बाध्यताको देहव्यापारमा कुनै महिला लडाकू लाग्नुपरेको देखाउनका लागि ‘मुठी’ उठाइ अभिवादन गर्नसम्म आफ्नो चेतबाट हटाइनसकेको मनोविज्ञान बोकेकी लडाकू महिलालाई देखाउनु किमार्थ जायज छैन । ‘एउटा पुरुषलाई भान्साको काम गर्न व्यवहारतः निकै परको कुरा हो’ भन्ने प्रमाणित गर्न भिडियोमा भान्साका सामग्रीका नाम लेखिएको कागजको चिर्कटो देखाइन्छ, जुन सन्दर्भ अभावको कष्टपूर्ण दिन गुजारेको परिवारको पुरुषका लागि असान्दर्भिक छ । सिंगो कथामा छापामार धङ्धङीले नछोडेको त्यो कमरेड केटोलाई आफ्नी जीवनसंगी विदेश गएको तीन महिनामै साथीको उक्साहटमा लागेर ‘पीर बिसाउन’ पैसा तिरेर परस्त्रीसँग यौनसम्पर्क गर्नसम्म पु¥याइएको कथा पटक्कै मिलेन । के पीर बिसाउने आधार एउटा हिजो भर्खरसम्म क्रान्तिकारी देखिएको पात्रले महिलाको यौन सम्भोग गर्नु मात्र देख्न सक्छ ? देख्न सक्दो हो ? यौनसम्पर्कपछि पीर हट्छ ? वा यस्तै अरू प्रश्न यहा“नेर राख्न सकिन्छ । आर्थिक अवस्था कमजोर छ भनिएको छ । उसको मनबाट लालसलामवाला अभिवादन गर्ने मनोविज्ञान यथावत् छ तब त्यो क्रान्तिकारितामा ऊ कसरी त्यस्तो व्यवहार देखाउन सक्छ ? माओवादी युद्धले सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई खलबलाएको थियो र आजको परिवर्तनको जग त्यो पनि थियो है भनेर हामी संविधान बनाएर स्वीकार गरिसकेका छौँ । तर, यो परिवर्तन ल्याउन लड्नेहरूले भन्न, बुझाउन अपुग रह्यो । अनि के नबुझाएको कारणले मात्र त्यो आन्दोलनको भ्रष्टीकरण हुन बल पुगेको हो त ? विलकुल गलत, हजारौं सीमा र विचलनहरू छन् त्यो आन्दोलनको आ“धी ल्याउने नेतृत्वस“ग । सत्ताको लगातार उपेक्षा, मह“गीको पञ्जाले निराश छ जनता । ‘एउटै क्रान्ति वा समस्या समाधानले हाम्रो मुक्ति हुन्छ’ भनी नेतृत्वले गरेको गलत प्रशिक्षणले पनि जनतामा निराशा थपेको हो । किनकि, हरेक समस्याको समाधानपछि समाज अर्काे समस्याबाट घेरिएको हुन्छ । नेपाली समाजको आजको समस्या एउटा समस्या समाधानपछिको समस्या हो । त्यसकारण त्यो प्रशिक्षण गलत भयो तब आज समानुपातिक कोटाबाट सांसद बनेका नेतासम्मले युद्धले बस्ती उजाडेको कविता भन्दै हिँडिरहेका छन् । राजतन्त्रात्मक व्यवस्थाले आम समाज र नागरिकको अग्रगतिलाई कति क्रुर ढंगले रोकेको थियो भन्ने अनुभूति गर्न नपरेको पुस्ता आज जवान बनेको छ । अर्थात्, राजतन्त्र अन्त्यकालीन समयमा १० वर्ष पुगेको बच्चा आज २० वर्ष कटिसकेको छ । यो उमेर समूहको विशाल भीड आफ्नो भविष्यको चिन्ता र दैनिक जीवनका भीषण समस्याहरूस“ग जुधिरहेको समय छ । गणतन्त्रका शासकले यो पीडित पुस्तालाई राजतन्त्र र गणतन्त्रको विशाल भेद् छुट्याउनसक्ने प्रशिक्षणको कुनै अवसर नै दिएको छैन । गणतन्त्रका लागि लडेको पुस्ता या त जनजीविका जोड्न व्यस्त छ वा कतै निराश छ त कतै क्रान्तिको अझै सम्भावना छ कि भनी विचार कोट्याउँदै हिँडेको छ । यस्तो समयमा नयाँ पुस्ताका अगाडि सामाजिक सञ्जालमा खैलाबैला मच्चाउनेगरी ‘पिर’ नामक एउटा ‘गीति प्रोजेक्ट’ रिलिज हुन्छ युट्युबमा । तब ‘क्रान्ति चेत’ कम र ‘भावना’ बढी हुने कोटीका ‘गीत र फिल्म’ले दर्शक र श्रोता बढी बटुल्न सक्छन् । बस् यत्ति न हो । यस भिडियोले नेपाली समाजका आजका दुःखान्त यथार्थ बोल्ने प्रयत्न गरेको छ, त्यसको लागि स्रस्टा धन्यवादका पात्र हुन् । भिडियोको अन्तिम प्रश्न ‘देश भनेको केहो ?’ ले उग्रराष्ट्रवादीहरूको नकाव उतारेको महसुस भयो । मलाई यस गीतको यो पाटोचाहि“ मनप¥यो ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP