Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • पानीको व्यापारसँगै हुँदै छ मन्द विषको कारोबार
पानीको व्यापारसँगै हुँदै छ मन्द विषको कारोबार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १, २०७८
Hardik health
मानिसलाई नभइ नहुने पेयपदार्थ हो– पानी । देशमा बढ्दै गएको जनसंख्या र घट्दै गएको पानीको स्रोतका कारण गाउ“देखि सहरसम्म पानीको हाहाकार हुँदै आएको छ । अत्यधिक पानीको मागकै कारण विभिन्न ब्राण्ड राखेर पानी उत्पादन गरी बिक्री वितरण गर्ने व्यवसाय फस्टाउँदै गएको छ । तर, अनुगमन र परीक्षण गर्ने सरकारी संयन्त्र कमजोर बन्दा पानी उत्पादकहरूले गुणस्तरहीन पानी उपभोक्तासम्म पु¥याइरहेका छन् । विनापरीक्षणउत्पादन गरिएका गुणस्तरहीन पानी जार र बोतलमा भरेर सीधै बजार पठाइ उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिँदै आएको छ । पिउनका लागि सबैलाई शुद्ध पानी चाहिन्छ । प्राकृतिक स्रोतमा नेपाल धनी भए पनि भारत र अन्य मुलुकबाट यहाँ बोतलको खानेपानी आयात गरिन्छ ।नेपालमा खाडी मलुकबाटसमेतखानेपानी आयात गरिँदै आएको छ भन्दा अझ आश्चर्य लाग्छ । जल, जंगल र जमिन प्रकृतिका वरदान हुन्। मानिस धर्तीको पाहुनामात्रै हो, मालिक होइन ।तरप्राकृतिक वरदानको व्यापार उपभोक्तावादी संस्कृतिमा मौलाएको छ । काठमाडौं उपत्ययकाभित्र यस्ता प्राकृतिक मुहानलाई जथाभावी दोहन गर्दा एकातर्फ जमिन भासिन गएको छ । अर्कोतर्फ, ल्याब टेस्ट (प्रयोगशालामा परीक्षण) नै नगरिएका पानी सीधै जारमा भरेर महँगो मूल्यमा बिक्री गरिँदै आएको छ । यसरी सरकारी नीति, नियम र मापदण्डलाई समेत लत्याउँदै काठमाडौं उपत्यकाभित्र विभिन्न नाममा स्थापना भएका उद्योगबाट स्वच्छ खानेपानी हैन, मन्द विष घरघरमा बिक्री भइरहेको छ । यसरी विनापरीक्षणबोतल र जारमा भरिएका पानी सेवनपछि बिरामी भइ उपभोक्ताहरू अस्पतालमा भर्ना हुनुपरेका उदाहरण प्रशस्तै रहेका छन्। कम्पनीले पानी उत्पादन, प्रशोधन तथा बिक्री वितरण गर्दै आएका जारभित्रको पानीमा अत्यधिक हानिकारक किटाणु रहेकोसमेत पुष्टि भएको छ । तर,उपभोक्ताहरूले बाध्य भएर मन्द विष किनेर खानुपरेको छ । विभिन्न राजनीतिक दल रसामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मीहरूकोसमेत लगानीमा पानी उद्योगहरू सञ्चालनमा रहेका छन् । ती कम्पनीका लगानीकर्ताको असली काम भनेको मन्द विषसरह रहेको पानी आफ्नै मूल्यमा बिक्री गर्नु र पैसा कमाउनुमात्र देखिएको छ  । पानीका सबै उद्योगले सरकारले तोकेको खानेपानी ऐनबमोजिमका सर्त र नियम पालना गर्नुपर्छ, तबमात्र आफ्नो उत्पादन बजारमा लैजान पाउ“छन् । तर,शक्ति र पैसाको भरमा स्थापना भएका खानेपानी उद्योगले सरकारले तोकेको मापदण्ड पालना नगरी पानी बजारमा पठाउने गरेका छन् । ती पानी उद्योगमा सरकारी निकायको आ“खा परेपनि कारबाही हुँदैन/भइरहेको छैन । बजारमा पठाउने पानीका लागि सरकारले २७ मापदण्ड (प्यारामिटर) तोकेको छ । ती प्यारामिटर परीक्षणका लागि कम्पनी स्वयंले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पोखराको ल्याबमा लैजान्छन् । त्यहाँबाट ‘ल्याब टेस्ट’ पास भएपछि रिपोर्ट खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयमा पनि दिनुपर्छ । सीधै कम्पनीमा गएर मनिटरिङ गर्ने प्रावधान भने कतै छैन। उजुरी नपरेसम्म कुन कम्पनीको पानी कस्तो छ थाहा हुँदैन । कम्पनीमा गएर अनुगमन नगरिने ह“ुदा उपभोक्ताले पिउने पानी नै कस्तो खाएका छन् त्यो भगवान भरोसामा छाडिएको छ । कसैको उजुरी दिएको खण्डमा जिल्ला प्रशासन कार्यालयले भनेमा मात्र जानुपर्छ । उता प्यारामिटर परीक्षण गर्ने खानेपानी तथा ढल व्यवस्थापनमा भने व्यवसायीले भने जसरी नै रिपोर्ट तयार गरेर बिक्रीकालागि अनुमति दि“दै आएको छ ।बोतल वा खुला पनि परीक्षण गर्ने हुँदा अरूको पानी ल्याएर सही रिपोर्ट लैजाने गरेका छन् । खानेपानी कार्यालयको काम त केवल ल्याएको स्याम्पल (नमूना)परीक्षण गर्ने र २७ प्यारामिटर हेरी त्यसको नतिजाउपलब्ध गराउ“दै आएको छ । उक्त रिपोर्टपनि उनै व्यवसायीको आग्रहअनुसार दि“दै आएका कारण उपभोक्ताहरू मन्द विष सेवन गरेर दीर्घरोगी बन्न बाध्य भएका छन् । यसरी मासिक रूपमा गरिने एक परीक्षणको चार हजार रूपैयाँ राजस्व सरकारले लिन्छ । केही बोरिङ र मूलको पानीमा क्याल्सियम अर्थात् चुन मिसिएको हुन्छ । तर समग्रमा पानी खानयोग्य नै रहेको भन्दै अनुमति दिनुलाई कुन कोणबाट अध्ययन गर्ने भन्ने द्विविधामा पारिएको छ । केवल बगेको पानीमा मिसिने फोहरले ब्याक्टेरिया र हिलोले जैविक तत्व खराब गरेर दूषित बनाउने हो भन्दै उल्टो व्यवसायीहरूको भाषा सरकारी कर्मचारीले बोल्न थालेपछि खानेपानीको व्यापार गर्नेबाट कति रकमको थैली बुझाउने गरेका छन् भन्ने कुरामा दुईमत भएन । त्यसैले पानी कम्पनीहरूले रिभर ओसियस (आरओ) गरेर अल्ट्रभाइरस प्रयोग गरी शुद्ध बनाएको भन्दै भ्रमको खेती गरि“दै आएको छ । सोही भ्रामक कुरालाई आधार मानेर सरकारी निकायले विनाल्याब टेस्ट पानी पिउनयोग्य रहेकोभनी अनुमति दिनु नै गल्ती भएको ठहर हुन्छ । पानी उद्योगलगायत स्कूल, ब्यारेक, होटल, व्यक्तिगत तवर र अन्य खानेपानी आयोजनाबाट पनि ल्याब टेस्ट गरिन्छ । तर ती सबै कागजी प्रक्रिया पूरा गर्नमात्र ल्याबटेस्टको नाटक गरिएको हो । उता पानी उद्योगका पनि आफ्नै समस्या होलान् । अहिले कोरोनाकालपछि बजार अस्तव्यस्त छ। नेपालमा पानीबाहेक अन्य सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ ।सरकारका अव्यावहारिक नीति नियम, विदेशी पानी, तराईको पानी र हाम्रा अवैज्ञानिक तवरले सस्तोमा उत्पादन गरेका पानीलाई शुद्ध पानी भन्दै बाध्यभएर पिउनुपरेको छ । काठमाडौंमा ‘सिम्याट टेस्ट’पनि गरिन्छ । तर बजारमा गुणस्तरहीन पानीको राज चलेको छ । सरकार मौन बसेको छ । औद्योगिक क्षेत्रमा रहेको पानीलाई सीधै बोतल वा जारमा भरेर बजार लगिन्छ । तिर्खाएका उपभोक्तालाई शुद्ध खानेपानी दिने भन्दै कारोबार सुरू गरेकाहरूले फोहर पानी भरेर बिक्री गर्दै लाखौ“रकम उपभोक्ताबाट असुल गरिँदै आएका छन् । भारी वर्षा हुने स्थानका खोलानाला र तालको पानीलाई तानेर बोतल र जारमा भरी गुणस्तरहीन पानीको व्यापार फस्टाउँदो छ । प्राकृतिक स्रोतलाई सदुपयोग गरेर शुद्ध पिउने पानी उत्पादन गरी देशका विभिन्न सहर र विदेशमासमेत पठाउन सकिने अवस्था रहेपनि चा“डो पैसा कमाउने चाहनाले फोहर पानी भरेर बिक्री गरिँदै आएको छ । ८० प्रतिशतभन्दा बढी रोग पानीको संक्रमणबाट हुने चिकित्सा विज्ञानको तथ्यांकमा उल्लेख छ । त्यसैले ‘शुद्ध पानी नै जिन्दगानी हो’ भन्नेमा सरोकारवाला सबै सजगबन्न जरूरी छ ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP