Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिक शक्तिहरूको विश्लेषण
राजनीतिक शक्तिहरूको विश्लेषण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २९, २०७८
babu
Hardik health
[caption id="attachment_22491" align="alignleft" width="228"]                        डा. बाबुराम भट्टराई[/caption] नेपाली कांग्रेसः वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुाजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन ।
मूलतः यो दलले नवउदारवादी आर्थिक नीति अबलम्बन गर्ने गरेको छ । यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवश गणतन्त्रमा आयो । संघवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा यो दलले अवरोधको काम गरिरहेको छ ।
  नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको समानता यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन् । तर, कांग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो । कांग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल हो । कांग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् ‘बजार–समाजवाद’ मा विश्वास गर्ने दल हो । कांग्रेस परोक्ष÷प्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एक भाषिक नीतिलाई प्रतीरक्षा गरिरहेको छ भने जसपा बहुसाँस्कृतिकतावादको पक्षमा दृढतापूर्वक उभिएको छ । कांग्रेसले उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात् गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो । कांग्रेस र जसपाबीचका यी मुख्य भिन्नता हुन् । लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेसस“ग जसपाको सहकार्य हुन सक्दछ । बा“की प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका घटकहरूः
नेपालमा दर्जनौं कम्युनिस्ट समूह छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिस्ट समूह हुन् । साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्दछन् । संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहूति, माले आदि अनेक समूहहरू छन् । यी सबै समूहको विचार र उत्पतिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओत्से–तुङ विचारधारा/माओवादबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । तसर्थ हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरू आधारभूत रूपमा उस्तै हुन् । एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै हुन् । तर, तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले यिनीहरूबीच केही भिन्नता पनि छ । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’मार्फत् ‘संसदीय प्रणाली’को बाटो समात्यो । माओवादी केन्द्र एमालेसँगको एकता, नेकपा (नेकपा)को निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ । औपचारिकरूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत् नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ । कांग्रेस र कम्युनिस्टको ब्राण्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ । कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै हुन् । दुवैै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए । दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन । उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिन्छ । तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ । एमालेस“ग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमालेजस्तै भएको थियो । बा“की प्रश्नमा भने माओवादी झनै अनुदार, संकीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको छ । नेकपा (एकीकृत समाजवादी)को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रस“ग के कति कारणले समान वा फरक भन्ने अझै प्रस्ट छैन । केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनस“ग विमति राखेको एमालेबाट फुटेको दल भएको हु“दा यसको विश्लेषण पद्धति आधारभूत रूपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ । सोहीबमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानुपर्ने हुन्छ । एमसिसी प्रकरणमा यी तीन वटै कम्युनिस्ट समूहले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरे । देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वासनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमासमेत सस्तो राजनीति गरे । जनता र विश्वको आँखामा आफैंलाई अविश्वासनीय र नाटकी सिद्ध गरे । साना वामपन्थी वा कम्युनिस्ट समूहरूमा कुनै उल्लेखनीय नया“ विचार र सिर्जनशील क्षमता देखिएको छैन । तिनीहरूस“ग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्नसक्ने क्षमता देखिन्न । शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुण्ठा, निरासा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहस“ग थप कुनै गुण देखिन्न । समग्रमा नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन् । विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाव, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सिर्जनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विसर्जन, कतै जडता र रुढताले नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ । एकातिर उनीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यवहारिक प्रयोग र प्रयोजनशीलताबारे व्यापक अन्योल, अविश्वास, निरासा र हिनताभाष व्याप्त छ । यही वैचारिक रन्थनाहटबीच कतिपयले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिस्ट नभएर केवल राजनीतिक रूपमा मात्र ‘कम्युनिस्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन् । नेपालका कम्युनिस्ट समूहहरूस“ग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न । आफैं भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हु“दैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरू प्रतिबद्ध छैन । देशको सामाजिक विविधतालाई सम्बोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिककता, बहुसाँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षण आदि सवालप्रति पनि वामपन्थी समूहहरू खासै सकारात्मक र प्रतिबद्ध छैनन् । कम्युनिस्ट समूहहरूबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिन्न । नत यिनीहरूसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ । सरकारमा भएका बेला यिनीहरूले पनि आसेपासे पु“जीवाद, भ्रष्टाचार, कमिसनखोरीकै अभ्यास गर्दै आएका छन् । समग्रमा वामपन्थी तथा कम्युनिस्ट समूहहरूको देशको अग्रगामी रूपान्तरण, समतामूलक समृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधानजस्तो बन्न पुगेका छन् । राप्रपाः राप्रपा/राप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल हो । पुराना शासक वर्ग र परिवार–राणा, शाह र पञ्चहरूको विरासतको गर्भबाट यो दलको उदयर अस्तित्व कायम भएको हो । जनतामा निहित धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको छ । पछिल्लो समय ‘एकता महाधिवेशन’ गरेको यो दल महाधिवेशनलगत्तै विभाजित भएको छ । शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो । यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो । यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ । यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपागण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन ।
लोसपाः
हाम्रो पार्टीबाट चोइटिएको एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ । यो दलस“ग विचार, सिद्धान्त र एजेण्डाको प्रस्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भइ यो समूह हामीबाट चोइटिएको हो । ओली सरकारको दुई–दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।
अन्य दलहरूः
त्यसका अतिरिक्त विवेकशील–साझा पार्टी र यसका विभिन्न समूहहरू पनि देशको राजनीतिमा क्रियाशील छन् । यी समूहहरू विचार र शक्ति दुवै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा देखिन्छन् । यसभित्रको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको छ भने प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवा त्यस्तो अवसरवादी फन्कोबाट असन्तुष्ट र निरास भएको छ । यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरूसँग संवाद र सहकार्य गर्न सकिन्छ । तराई–मधेशका केही जिल्लामा जनमत नामको पार्टीले केही राजनीतिक गतिवधि गरिरहेको पाइन्छ । यो पार्टीका वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रस्ट छैन । ‘स्वतन्त्र मधेस’ को नाराबाट यसको नेतृत्व चर्चामा आएको थियो । पछि त्यसले ओली सरकारसँग आत्मसमर्पण ग¥यो । यसले हाम्रो पार्टी र मधेस सरकारविरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ ।
(जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईद्वारा पार्टीको प्रथम संघीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट साभार)
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP