Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • घरधनीको मनोमानीमा ‘ब्रेक’को आवश्यकता
घरधनीको मनोमानीमा ‘ब्रेक’को आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २५, २०७८
logo pravaw
Hardik health
पछिल्लो समय उपत्यकाका अधिकांश घरबाहिर ‘कोठा खाली’ भन्ने सूचना टाँसेको देखिन्छ । कोठा, फ्ल्याट र सटर भाडामा लिन खोज्नेले सम्पर्क गर्नुस् भनेर सम्पर्क नम्बर पनि दिइएको हुन्छ । पाइलैपिच्छे यस्ता कोठा खाली भनेर लेखिएका ब्यानरहरू भेटिन्छन् । यता, दैनिक सयौं मानिसहरू कोठा खोज्न हिँडिरहेका भेटिन्छन् । सूचना देखेपछि कोठा चाहिनेले सम्पर्क गर्छन् तर घरधनीले मागेजति रकम तिरे पनि कोठा बहालमा पाइँदैन । बरू घरधनीहरू कोठा खाली नै राख्न रूचाउँछन् । दुई–तीन महिना खाली राख्छन् घरधनी तर चाहिएकोलाई मिलाएर दिन चाहँदैनन् ।कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण कुनै निकायले गरिदिने व्यवस्था छैन । घरधनीले आफूखुसी भाडा निर्धारण गर्छन् । यसले गर्दा आमनागरिकले समस्या भोग्नुपरिरहेको छ । घरधनीलाई जति मनलाग्यो त्यति भाडा लिइरहेका छन् । आमनागरिकलाई जसरी पनि कोठा बहालमा बस्नुपर्ने बाध्यता छ । सरकारले कुन घर आवासका लागि, कुन व्यापार÷व्यवसायका लागि, कुन घर कार्यालय सञ्चालनका लागि भनेर वर्गीकरण गरेको छैन । अन्य मुलुकमा आवास, व्यावसायिक तथा कार्यालयका लागि सरकारले नै क्षेत्र तोकिदिएको हुन्छ । नेपालको त्यो काम सरकारले गर्न सकेको छैन । जनसंख्याको ठूलो हिस्सा कोठा बहालमा लिएर बस्छन् । घर तथा सटर भाडामा लिएर व्यापार गर्ने, कार्यालय सञ्चालन गर्ने पनि उत्तिकै छन् । ठाउँ हेरेर एउटा कोठाको मासिक भाडा पाँचदेखि १० हजार तिर्नुपर्छ । बढी व्यापार हुने ठाउँमा एउटै सटरको नौ लाख रूपैयाँसम्म लिन्छन् घरधनी । सामान्य ठाउँमा १० हजार रूपैयाँसम्म सटरबहाल तिर्नुपर्छ । २० हजार रूपैयाँबाट सुरू हुने फ्ल्याटको भाडा डेढ लाखभन्दा बढीसम्म पर्छ । आफूले तिरेको भाडा महँगो हो कि सस्तो, तिर्ने व्यक्तिलाई अत्तोपत्तो छैन । सरकारले यस विषयमा चासो दिएकै छैन । एउटा घरधनीले आफ्नो घर भाडामा लगाएर ५० हजारदेखि ६ करोड रूपैयाँसम्म कमाउँछन् । तर, उनीहरूले राज्यलाई घरबहाल कर तिर्दैनन् । सरकारले घरभाडाको कर तिर्नुपर्ने नियम लागू गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । यसबाट राज्यलाई अर्बौंको नोक्सानी भइरहेको छ । राज्य र जनता दुवै मारमा परिरहँदा घरधनीलाई भने फाइदा भइरहेका छ । घर बनाउनेबित्तिकै बहालमा लगाउन पाइने, आफूले भनेजति भाडा उठाउने तर बहाल कर नतिर्ने प्रवृत्ति नियन्त्रणमा आउन सकेको छैन । वित्तीय संस्थाले घरजग्गालाई कर्जा दिने भएपछि घर बनाउनेको संख्या ह्वात्तै बढेको छ । तर, त्यही वित्तीय संस्थाले उद्योग खोल्छु, मुलुकमै स्वरोजगार बन्छु भन्नेलाई कर्जा दिँदैनन् । घरजग्गामा नाफा हुने भएपछि वित्तीय संस्थाको मोह यसतर्फ गएको हो । यस्तो प्रवृत्तिले खेतीयोग्य जमिन सबै सिद्धियो । खुला ठाउँ कहीँ कतै बाँकी छैन । खानेकुरा सबै बाहिरबाट आयात गर्नुपर्छ । घर बनाउन चाहिने सामान पनि अरू मुलुकबाट आउँछ । जसको कारण नेपाल आत्मनिर्भर हुन सकेन । यता, मुलुकको अर्थतन्त्र पनि धराशायी बनेको छ । विदेशमा युद्ध हुँदा यसको असर नेपाली बजारमा देखिन्छ । रुस र युक्रेनबीचको युद्ध पछिल्लो उदाहरण बनेको छ । युक्रेनमा युद्ध सुरू भएसँगै पेट्रोलियम पदार्थदेखि खाने तेल अन्न, गेडागुडीलगायत दैनिक उपभोग्य वस्तु छोइनसक्नु भएको छ । युद्ध त रुस र युक्रेनबीच भएको हो तर खाद्यान्नको भाउ नेपालमा बढिरहेको छ । यो सबै बढ्दो सहरीकरणको नतिजा हो । नेपालको सहरीकणले नेपालीलाई भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ । बजार महँगीले आर्थिक अवस्था कमजोर भएकालाई सबैभन्दा धेरै मारमा पारेको छ । महँगी बढ्यो भन्दै घरधनीले भाडा बढाउँछ । यातायात व्यवसायीले यातायातको भाडा बढाउँछ । सबै कुराको भाउ बढ्छ तर आम्दानी बढ्दैन । अनि आर्थिक अवस्था कमजोर भएका, बिहान कमाएर बेलुका छाक टार्ने, साधारण पेसा व्यवसाय गर्ने, कुनै निजी कम्पनीमा काम गर्नेले कसरी खर्च धान्ने ? फेरि, घरबेटीकै कुरा । मान्छे आएर कोठा बहालमा बस्न पाएको हुँदैन तीन महिनाको अग्रिम बहाल माग्छन् घरधनी । तीन महिनाको दिन सकिएन भने एक महिनाको भए पनि दिनैपर्छ । घरधनीले बहालमा बस्नेसँगै महिनैपिच्छे बहाल लिन्छन् बिल दिँदैनन् । महिनैपिच्छे भाडा तिरे पनि झुक्याएर बहालमा बस्नेहरू दोब्बर पैसा लिन खोज्छन् । बिल नदिँदा भाडामा बस्नेहरू ठगिएका छन् । बत्ती, पानी र फोहोरको पैसा जति मनलाग्यो त्यति असुल्छन् । पानी नदिने तर पानीको पैसाचाहिँ लिने । सवारीसाधन पार्किङ गरेको रकम उठाउँछन् । बहालमा बस्नेहरूलाई छतमा जानसमेत दिँदैनन्, छतमा लगेर सुकाउन दिँदैनन् । लुगा धोएर कोठैभित्र सुकाउनुपर्ने, भाडा पनि कोठैभित्र धुनुपर्ने । भाडा धोएको पानी शौचालयमा लगेर फ्याँक्नुपर्ने । नुहाउनलाई पानी नदिने, बाथरुमको सुविधा पनि नहुने । घरधनीलाई पानीको पैसा त तिरिएको छ तर शौचालय जान पनि किनेको पानी प्रयोग गर्नुपर्ने । बहालमा बसेको एक वर्षमै कोठाभाडा बढाइन्छ । बढाएको भाडा तिर्दिन भन्यो भने निस्किएर जा भनिहाल्छन् । नयाँ मान्छे ल्याउने महँगो भाडामा लगाउने । कोठा छोडेर जाँदा रङ लगाइदिनुपर्ने, ढोकाको चुकुल र धाराको टुटीको पनि पैसा तिर्नुपर्ने । वडा वा नगरपालिकाबाट आएका सरकारी कर्मचारीहरूलाई बहालवालाले सही उत्तर दियो भने पनि कोठाबाट निकालिदिन्छन् । १० हजारमा कोठा बहालमा लगाउँछन्, राज्यलाई तिर्छन् पाँच सयको कर । नौ हजार पाँच सयको कर छल्छन् । हरेक घरधनीले वडालाई मासिक १० प्रतिशतको दरले कर तिर्नुपर्छ । कोठा सबै बहालमा लगाएको हुन्छ । तर, अनुगमनमा आएकालाई उल्लु बनाउन सबै आफन्त बसेको देखाउँछन् । दुई तलाको नक्सा पास गरेको खण्डमा पाँच तलाको घर ठडिन्छ । बाटो पनि मिचेको हुन्छ । खुला ठाउँ छोडिएको हुँदैन । एउटा खाट नअट्ने अँध्यारो र चिसो कोठामा महँगो भाडा तिर्नुपरेको छ । त्यस्तो चिसो कोठामा बस्दा बुढाबूढीलाई बाथ हुन्छ भने बालबालिकालाई निमोनिया । हावा छिर्ने ठाउँ कहीँकतै हुँदैन । घरधनीहरूले महिना मर्नुअघि नै बहाल माग्छन् । कोठाबहालमा बस्नेले दुई महिनाको बहाल तिर्न सकेन भने कोठाको सामान जफत गर्छन् । बहालमा बस्नेहरू खाली हात निस्किनुपर्छ । बच्चा हुनेलाई हत्तपत्त कोठा दिन मान्दैनन् । बहालमा बस्नेको बच्चाले होहल्ला ग¥यो भने विभिन्न बहाना बनाएर कोठा सरेर जान भन्छन् । विद्यार्थी, बुढाबूढी, अपांग, दीर्घकालीन रोगी, एकल महिला र आर्थिक कमजोर भएकालाई कोठा दिँदैनन् । कि व्यापारी, कि सरकारी जागिरेले मात्र कोठा पाउँछन् । नक्सा पास गर्ने बेलामा सरकारले खोजी गर्दैन । भाडामा लगाउने कि नलगाउने, यसको सम्झौता नक्सा पास गर्ने बेलैमा गरिनुपर्छ । सरकारले हचुवाको भरमा नक्सा पास गरिदिने गरेको छ । घरधनीहरूले पनि आफ्नो निजी सम्पत्ति भनेर रूपरंग देखाइहाले । निजी भनेर छाडा छोडिदिँदा राज्य र जनता दुवै ठगिए । हाम्रो निजी सम्पत्ति हो, हामी किन कर तिर्ने भन्ने उनीहरूको मनमा परेको छ । यस्तो हुनुमा राज्य पनि दोषी देखिन्छ । बहालमा बस्नेहरू कोठामा मर्न पनि पाउँदैनन् । उसलाई गाह्रो भयो भने कि त बाटैमा मर्नुपर्छ कि अस्पतालमा । घरधनीमा मानवताको कुनै भावना छैन । घरजग्गाबाट राज्यले वास्तविक राजस्व गुमाइरहेको छ । यी घरहरू पनि घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने बेला आएको छ । सरकारले यो निर्णय गर्दा राज्यले राजस्व पाउँछ । घरेलु र कम्पनीमा गएर पञ्जीकरण नगरेका घरहरूको सम्पन्नताको प्रमाणपत्र दिन रोक लगाउने हो कि † यसो गर्दा पछिल्लो समय मौलाएको विकृतिको पनि अन्त्य हुन्छ । राज्य र जनता ठग्ने कामको पनि अन्त्य हुन्छ । बहालमा बस्नेले सस्तोमा कोठा पाउँछन् ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP