Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राजमार्गमा सवारी आतंक
राजमार्गमा सवारी आतंक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २३, २०७८
Binod Paudel.
Hardik health
[caption id="attachment_21912" align="alignleft" width="243"]                               विनोद पौडेल[/caption] विपी राजमार्ग पूर्व तथा तराईका जिल्लाहरूलाई जोड्ने प्रमुख राजमार्ग हो । बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखा तथा प्रदेश १ र मधेस प्रदेशका अधिकांश जिल्ला जोड्ने छोटो राजमार्गका रूपमा चिनिन्छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट पूर्वतर्फ यो राजमार्ग छुट्टिन्छ । धुलिखेलबाट बर्दिबाससम्मको करिब १७१ किलोमिटर रहेको यो राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको हो । पहाडी जिल्ला भएकाले यो सडकखण्ड निर्माणमा निकै कठिन परेको थियो । पहाडलाई फोर्दै निर्माण भएको यस सडक सा“घुरो अनि घुमाउरो छ । यहा“ यात्रा गर्न जोखिम र डर भने अवश्य छ भने मनमोहक पनि उत्तिकै । संघीय राजधानी काठमाडौं जोडिन छिटो हुनाले यो राजमार्ग व्यस्त रहने गर्दछ । रात्रिकालीन सार्वजनिक सवारीसाधन त्यति नचल्ने यस सडकमा दिवाकालीन भने सडकको क्षमताभन्दा दोब्बर चल्ने गर्दछ । सानादेखि ठूला मालवाहक सवारी चल्ने यस राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गइरहेको छ । यहाँ चल्ने अधिकांश रूपमा टाटासुमो, बस, ट्रिपर, मालवाहक सवारी, साना ढुवानीका रूपमा बोलेरो टाटामोबाइलजस्ता सवारीको आतंक नै चल्ने गरेको छ । ट्रिपर आतंक भने केही मत्थर भएको छ, ट्राफिक प्रहरीले दिउ“सो चल्न रोक लगाएस“गै आमनागरिकलाई राहत भएको हो ।सा“घुरो सडकमा सवारीसाधनको गति तीव्र हु“दा अनियन्त्रित भइ दुर्घटनाबाट अनाहकमा नागरिकले ज्यान गुमाउनुपरेको छ । यस्तो अवस्थाको भोगाइ नागरिकले कहिलेसम्म भोग्ने ? यो सडकखण्डमा हरेक दिनजसो दुर्घटना नभएको खबर विरलै सुन्न पाइन्छ । यस्ता दुर्घटना बारम्बार दोहोरिरह“दा दुर्घटना कम गर्न सम्बन्धित निकायले राजमार्गमा सवारी चलाउने चालक र सहचालकलाई सचेतनात्मक कार्यक्रम ल्याउन जरूरी छ । हुन त यो राजमार्ग मात्र होइन अन्य राजमार्गको अवस्था पनि उस्तै छ । विपी राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–१० बेलाका मनिष सापकोटा कलेज अध्ययन गर्न हरेक दिनजसो घरबाटै मोटरसाइकलमा बनेपा जाने/आउने गर्छन् । जाँडो महिना शरीरले धान्नेभन्दा पनि धेरै बाक्लो कपडा लगाएर बिहानै घरबाट निस्कन्छन् । सधैँझैँ उनी अर्थात् पुस ११ गते बिहान घरबाट कलेज निस्किए । अघिपछि चाँडै निस्किने मनिष त्यो दिन अतिरिक्त कार्यक्रम भएकाले केही ढिला निस्किए । घरपरिवारसँग बिदा भएर निस्केका मनिष, करिब ५०० मिटर दूरीमा नपुग्दै उनी मोटरसाइकल दुर्घटना परे ।विपरीत दिशाबाट अनियन्त्रित रूपमा आएको टाटायोद्धा गाडीको ढक्करबाट उनी घाइते बने । उनलाई ठक्कर दिने गाडी चालक सामान्य घाइते भए । मोटरसाइकल चालक मनिष महिनौँ आराम गरेर बस्नुपर्ने गरी घाइते भए । त्यसस“गै उसले निकै पीडा बेहोर्नुप¥यो । भर्खर कलेज पढ्ने उमेरका मनिष दुर्घटनामा परेपछि उनको बाँकी जीवन झन् संघर्षमय बनेको छ । उनको दायाँ खुट्टा तीन ठाउँमा भाँचिन पुग्यो, गम्भीर घाइते भएका मनिष स्थानीयको सहयोगमा समयमा नै अस्पताल पुग्न सफल भए । काभ्रेको धुलिखेल अस्पतालमा झण्डै एक महिनाको उपचारपछि अहिले उनी घरमा आराम गरिरहेका छन् । तर, उनी अहिलेसम्म पनि राम्रोसँग हिँड्डुल गर्नसक्ने अवस्थामा छैनन् । पूर्णरूपमा परिवारका सदस्यको भरमा दिनचर्या चलाउन उनी बाध्य भएका छन् । आफ्नो लेनमा सुरक्षित तवरले यात्रा गरिरहँदा पनि अन्य सवारीका कारण जोखिम बढ्दै जानाले यस्ता खालका दुर्घटना सडकमा झन्झन् बढ्दै गइरहेको छ । मनिष त एउटा प्रतिनिधि पात्रमात्र हुन् । यहँ मनिषजस्ता अनाहकमा सवारी दुर्घटनाबाट पिल्छिएका धेरै मनिसहरू छन् । आफू सही तरिकामा सडक सवारी सुरक्षा मापदण्ड अपनाउँदा अपनाउँदै गर्दा पनि अन्य सवारीको आतंक देख्दा उदेक लाग्छ । राजमार्गमा ठूला सवारी आतंक दिन प्रतिदिन बढ्दै गइरहेका छ । साना सवारीचालकले आफू सुरक्षित तवरले सवारी चलाइरह“दा पनि ठूला सवारीको आतंकले गर्दा अंगभंग भइ शारीरिक रूपमा अशक्त हुनुपर्ने तथा अनाहकमा ज्यान जानेसम्मको दुर्घटना निम्तिने गरेको छ । राजमार्गमा तीव्र गतिमा सवारीचालकले सवारी चलाउँदा दुर्घटना झन्झन् बढ्दै गइरहेको छ । साँघुरा सडक, त्यसमाथि पहाडका घुम्ती नै घुम्तीमा चालकसचेत नहुनाले दुर्घटना भइरहेको छ । यस्ता दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ भने गति नियन्त्रणमा ध्यान पु¥याउनुपर्ने अर्को आवश्यकता छ । चालकलाई यात्रा अवधि तोक्न व्यवस्थाको खाँचो छ । वैकल्पिक सवारीचालक राख्नुपर्ने अभियान ट्राफिक प्रहरीले चलाइरहेको भए पनि प्रभावकारी बन्न सकेको देखिँदैन । यस्ता नियमहरू लागू भएता पनि कार्यान्वयन भने शून्यजस्तै छ । आज हरेक राजमार्गको अवस्था यस्तै दयनीय रहेको छ । सडक यातायात सबैको पहुँचमा छ तर यसको गुणस्तरमा भने ध्यान नपुगेको देख्न सकिन्छ । ट्राफिक प्रहरीको तथ्यांक हेर्ने हो भने हरेक वर्ष सडक दुर्घटना बढिरहेको देख्न सक्छौं । गत आव २०७७/७८ मा नौ हजार ५४५ वटा सवारी दुर्घटनाको भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । यो संख्या भनेको ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएका रेकर्ड हुन् यहाँ रेकर्ड नभएका घटनाको लेखाजोखा नै छैन । हरेक दिन सवारी दुर्घटनाका समाचार सञ्चारमाध्यममा नहेरेको दिन नै छैन । ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत साउन, भदौ, असोजको मात्र सडक दुर्घटना संख्या हेर्ने हो भने दुई हजार ५५१ रहेको छ । यो रेकर्डअनुसार महिनामा सरदर ८०० को हारीहारीमा सडक दुर्घटनामा पर्ने गरेको पाइन्छ । जसअन्तर्गत दैनिक २५ देखि ३० वटा साना ठूला सवारी दुर्घटना हुने ट्राफिक प्रहरीको तथ्यांकबाट स्पष्ट हुन्छ । यी बाहेकका सवारी दुर्घटनाका भने लेखाजोखा नै छैन । यसरी सडक दुर्घटना बढ्दै मात्र जाने हो भने सडक यात्रा भरपर्दो देखिँदैन । यात्रा अवधिभर डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता हुन्छ । राजमार्गमा यात्रा गर्दा गन्तव्यमा नपुगुञ्जेलसम्मको यात्रा कहालीलाग्दो हुने गर्छ । असुरक्षित यात्रासँगै सार्वजनिक सवारीसाधनका सहचालकको हप्कीदप्कीसमेत खानुपर्ने हुन्छ । राजमार्गको असुरक्षित यात्रा डरमर्दो छ । गन्तव्यसम्म नपुगुञ्जेल डरैडरले यात्रा गर्नुपर्ने बाध्यता आमनागरिकलाई छ । यस सम्बन्धमा ट्राफिक प्रहरी, सवारीचालक, सम्बन्धित सरोकारवालाले समयमा नै ध्यान नपु¥याउने हो भने यस्ता दुर्घटनाबाट नागरिकले सधै“ कष्ट भोग्नुपर्ने बाध्यता आइरहन्छ । सडक सुरक्षासम्बन्धी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आजको टड्कारो आवश्यकता बनेको छ । यदि त्यस्तो नहुने हो भने सडक सुरक्षाप्रतिको विश्वसनीयता विस्तारै गुम्दै जाने पक्का छ । सरकारको नियमलाई पछ्याउँदै सडक प्रयोगकर्ता सवारीचालकले केही विवेक पु¥याइ सुरक्षित यात्राका लागि जबसम्म प्रण गर्दैन, स्वविवेकी हुँदैन, तबसम्म यस्ता दुर्घटना न्यूनीकरण गर्न कठिन पर्दछ । आम सडक प्रयोगकर्ताले आफ्नो अहंतालाई त्यागेर सुरक्षित यात्राको प्रण गरे मात्र सुरक्षित र सरल यात्राको महसुस हुन्छ, तबमात्र सडक सुरक्षामा सुधार गर्न सहज हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP