Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • आयल निगमको बदमासीमा सरकार साक्षी
आयल निगमको बदमासीमा सरकार साक्षी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १९, २०७८
रोशन कार्की
Hardik health
नेपाल आयल निगम घाटामा गएको बहना बनाउँदै आएको पनि वर्षौं बितिसक्यो । मनलाग्दी कर र मूल्य अभिवृद्धि कर (भ्याट) थप्दै दिन बिराएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको आयल निगमको बदमासीको साक्षी सरकार बन्दा उपभोक्ताको भने ढाड भाँचिदै आएको छ । पेट्रोलियम पदार्थबाट संकलन गरिँदै आएको उच्च दरको कर कहाँ र कुन अवस्थामा उपयोग गरेको छ भन्नेसार्वजनिक नगरी एकहोरो मूल्यवृद्धि गर्दै जाँदा उपभोक्ता मर्कामा परेका छन् । एकातर्फ निगमका कर्मचारीकै संलग्नतामा अत्यधिक मात्रामा हुँदै आएको चुहावट नियन्त्रण गर्न सरकारले चाहेको छैन भने अर्कोतर्फ निगम घाटामा गएको भन्दै उपभोक्ताकै रगत चुसेर बोनस खानसमेत पछि हटेको छैन । सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य सस्तो भएको बेला निगमले भने मूल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा मूल्य नघटाएको रेकर्ड झिनो छ । तर,अन्तर्राष्ट्रिय बजारमा बढेको बेला मध्यरात होस् या कुनै समय हतारहतार लागू हुने गरी मूल्य बढाइँदै आएको छ । यसैलाई निगमले ‘समायोजन’ भन्दै आएको छ । समायोजनको अर्थ हो अन्तर्राष्ट्रिय मूल्यअनुसार यहाँ पनि मूल्य समान पार्नु । तर, निगमले ‘समायोजन’ गरेको भन्दै आएपछि पनि पेट्रोलमा अत्यधिक मात्रामा नोक्सान रहेको छ भन्दै एकहोरो रटान लगाउँदै मूल्यवृद्धि गर्दै आएको छ । निगमको मूल्य स्थिरीकरण कोषमा अहिले १० अर्ब तीन करोड रूपैयाँ रहेको जनाइएको छ । एकातर्फ कर्मचारीकै मिलिमतोमा हुने गरेको चुहावट रोक्नेबारे कुनै बहस भएको छैन । विभिन्न दलका नेता/कार्यकर्तादेखि पत्रकारलाई समेत गैरकानुनी रूपमा निःशुल्क पेट्रोलियम पदार्थ दिएर भ्रष्टाचारलाई प्राथमिकता दिँदै आउनेमाथि पनि हालसम्म कारबाही भएको छैन । केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ भन्सार शुल्क र पाँचरूपैयाँ पूर्वाधार विकास कर थोपरेर जनताको ढाड सेक्ने काम गरेका थिए । यसरी बढाइएको पूर्वाधार कर र भन्सार शुल्कबाट मात्रै खतिवडाले २२ अर्ब २६ करोड रूपैयाँ जनताबाट असुल गरेका थिए । पेट्रोलबाट उठाइएको करले भ्युटावर र जलहरी हाल्ने काम भए । पेट्रोलियममा भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर र आयकर शीर्षकमा जनताबाट पैसा असुलिँदै आएको छ । यो असुल्ने क्रमलाई जुनसुकै दलको सरकार आएपनि निरन्तरता दिँदै आएको छ । यसबाट उपभोक्ता भने मारमा पर्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा जनतालाई मार पर्न नदिनका लागि सरकारले असुलेको कर लिन छाड्नु पर्दछ । गत कात्तिक १८ गते (४ नोभेम्बर) मा भारत सरकारले प्रतिलिटर पेट्रोलमा भारु पाँच र डिजेलमा भारु १० कर कटौती गरेर उपभोक्तालाई केही राहत दिएपनि नेपालमा भने सो करमा थप वृद्धि गरिएकोे थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायातको भाडा बढ्न पुग्यो । यसले चौतर्फी मूल्यवृद्धि गराएको छ । भान्सादेखि कारखानासम्म मह“गीले आकाश छोएको छ ।जुनसुकै सरकारले पनि राजस्व वृद्धि गर्ने एकमात्र उपाय पेट्रोलियम पदार्थलाई मुख्यबिन्दुमा राख्दै आएको छ । भन्सारमा न्यून विजकीकरण गरेर राजस्व चुहावट भएकोतर्फ न अर्थमन्त्रीको ध्यान गएको छ न राजस्व सचिवको । सिंगो राजस्व प्रशासन र मन्त्रालयले राजस्वको लक्ष्य तोकिदिने र संकलन गर्नेमात्र एक उदेश्य लिएको पाइन्छ त्यसको असर उपभोक्ताले भोग्नुपरेको छ । जनतासँग असुलिएको पैसा अनुत्पादक र भ्रष्टाचारजन्य कार्यमा खर्च हु“दै आएको छ । निश्चय पनि कर उठाउन पाउनु राज्यको अधिकार भएपनि कुन–कुन शीर्षकमा कर उठाउने भन्नेबारेमा भने एक प्रकारको निर्णय सरकारले गर्नसक्नु पर्दछ । ताकि, सर्वसाधारणको रगत चुसेर निगम नाफामा जानुको कुनै औचित्य रहँदैन । यसतर्फ सरकारको ध्यान बेलैमा जानुपर्ने देखिन्छ । केही नाफाखोर व्यवसायीहरूको योजनामा आयल निगमलाई घाटामा देखाएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्या“समा मूल्यवृद्धि गरी उपभोक्ताको ढाड सेक्ने कामले निरन्तरता पाएको छ । निगम घाटामा गएमा त्यसको भर्पाई जनता अर्थात् उपभोक्ताले गर्नुपर्ने तर निगम नाफामा गएमा कर्मचारीले बोनस खान पाउने भएपछि अहिले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ । अर्कोतर्फ सुरूदेखिनै लगाउँदै आएको कर र मूल्य अभिवृद्धि कर (भ्याट) भने हटाउनेबारे सरकारले कुनै छलफल गरेको छैन । जसकारण उपभोक्ताले अत्यधिक महँगोमा ग्याँस र तेल उपभोग गर्नुपरेको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाएको करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका हुन् । इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिँदै आएको छ । तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको छैन । संकलन गरेको करको दर घटाउन सकिए उपभोक्ताले सस्तोमा इन्धन खरिद गर्न पाउने थिए । तर सरकारले विभिन्न प्रकारका राजस्वका कारण उपभोक्ता महँगो मूल्य तिरेर इन्धन प्रयोग गर्न बाध्य हु“दा पनि यस सम्बन्धमा कुनै चासो सरोकारवाला निकायले दिएको छैन । नेपालले इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी कारोबार गर्दै आएको छ । आईओसीले अन्तर्राष्ट्रिय मूल्य घटबढका आधारमा निगमलाई महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।सोही मूल्यका आधारमा निगमले नयाँ मूल्य निर्धारण गरी उपभोक्ताको हकमा खुद्रा मूल्य तोक्दै आएको छ । सोही मूल्यका आधारमा सरकारले विभिन्न शीर्षकमा करबापत ५५ रूपैयाँ २३ पैसा जोडेर उपभोक्तासँग रकम असुल गर्दै आएको छ । पेट्रोलको परल मूल्यमा ढुवानी भाडा चाररूपैयाँ ६७ पैसा, सरकारी राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट) ५४ रूपैयाँ ९८ पैसा, डिलरलाई कमिसन चाररूपैयाँ ५७ पैसा, निगमको सम्पूर्ण खर्च एकरूपैयाँ  ७८ पैसा गरी प्रतिलिटरमा कर लगाएको छ । डिजेलमा पनि विभिन्न शीर्षकमा राजस्व र भ्याट ३७ रूपैया“ ९० पैसा, निगमको खर्च एकरूपैयाँ ४३ पैसा, ढुवानी भाडा तीन रूपैयाँ ५२ पैसा र डिलर कमिसन तीनरूपैयाँ ५० पैसा प्रतिलिटर कर लगाउ“दै आएको छ । पेट्रोल विलासिता वस्तुतर्फ परे पनि डिजेल अत्यावश्यकमा पर्ने गरेको अर्थविद्हरूको भनाइ रहेको छ । डिजेलको मूल्य बढ्नासाथ बजारमा चौतर्फी असर पर्ने गरेको छ । डिजेलको मूल्यवृद्धि हुँदा उपभोक्तासँग जोडिने हरेक वस्तुको मूल्य पनि बढ्ने हुनाले सरकारले त्यसबाट उठाउँदै आएको करको दर घटाउनुपर्ने सुझाव अर्थविद्हरूले दिँदै आएकोभएपनि सरकारले उक्त सुझावलाई सुनेको छैन । सरकारले पेट्रोलबाट भन्सार शुल्कतर्फ २५ रूपैयाँ२० पैसा, भन्सार सेवा शुल्कतर्फ तीन पैसा, सडक सम्भार शुल्कतर्फ चाररूपैयाँ, पूर्वाधार विकास करतर्फ १० रूपैयाँ, मूल्य स्थिरीकरण कोषतर्फ एकरूपैयाँ १४ पैसा, वातावरण शुल्कतर्फ एक रूपैयाँ ५० पैसा र भ्याटतर्फ १३ रूपैयाँ १२ पैसा गरी ५४ रूपैयाँ ९८ पैसा राजस्व असुल गर्दै आएको छ । डिजेलबाट भन्सार शुल्कतर्फ १२ रूपैयाँ, भन्सार सेवा शुल्कतर्फ तीन पैसा, सडक सम्भार शुल्कतर्फ दुई रूपैयाँ, पूर्वाधार विकास करतर्फ १० रूपैयाँ, मूल्य स्थिरीकरण कोषतर्फ ९७ पैसा, वातावरण शुल्कतर्फ एकरूपैयाँ ५० पैसा र भ्याटतर्फ १३ रूपैयाँ १२ गरी कूल ३७ रूपैयाँ ६५ पैसा राजस्व सरकारले असुल्दै आएको छ । सरकारले बजेटबाट डिजेल र पेट्रोलमा लगाउँदै आएको पूर्वाधार कर वृद्धि गरी प्रतिलिटर १० रूपैयाँ र भन्सार शुल्क पनि १० रूपैयाँ पु¥याएको छ । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्या“समा सरकारले लगाएको करको बोझका कारण उपभोक्ताहरू मर्कामा परेका छन् । तर, चुहावट नियन्त्रण गर्दै कर घटाउनेतर्फ निगमले ध्यान दिएको देखिँदैन ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP