Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • त्रिपुरेश्वर कि मृत्येश्वर?
मट्याङ्‍ग्रो त्रिपुरेश्वर कि मृत्येश्वर?
बैकुण्ठ भण्डारी
बैकुण्ठ भण्डारी मंगलबार, असोज ६, २०८३
Energy Drink Energy Drink

फेरि केटोले आफैंलाई आगो लगायो रे! मट्याङ्‍ग्रोले यो खबर सुन्नेबित्तिकै सिफलको अक्षरको गिटी कुट्ने कारखानाको चमेनागृहमा चिया समातिरहेको हात एकछिन रोक्यो।

के भयो दाइ? दिवाकरले सोधे। मट्याङ्‍ग्रोले लामो सास फेर्‍यो।

‘के हुनु भाइ, फेरि एउटा मान्छेले यो देशमा गरिखान नपाएर आफ्नो शरीरमै आगो लगायो रे!’

दिवाकर केही बोलेनन्। चमेना गृहमा अरू मानिस पनि चुप लागे।

Ncell
Hardik health

मोबाइलमा भिडियो चलिरहेको थियो। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएपछि एक मिनिबस चालकले आत्मदाहको प्रयास गरेको समाचार थियो। घटनाअघि उनले आफूलाई अन्याय भएको भन्दै भिडियो रेकर्डसमेत गरेको बताइएको थियो।

भिडियोमा उनको आवाज सुनिन्छ, साहुबा, म मर्छु। मेरो केही दोष छैन। मसँग भिडियो रेकर्ड पनि छ...!

मट्याङ्‍ग्रोले मोबाइलतिर हेर्‍यो। दिवाकर भाइ, यो आवाज कसले सुन्ने हो?

दिवाकरले चिया हल्लाउँदै भने, ‘मोबाइलमा त लाखौंले सुन्लान् नि!

मोबाइलमा सुन्ने कुरा होइन भाइ, सडकमा सुन्ने मान्छे चाहियो। कार्यालयमा सुन्ने मान्छे चाहियो। बर्दीभित्रको मान्छेले पनि सुन्नुपर्‍यो।  कुर्सीमा बस्ने मान्छेले पनि सुन्नुपर्‍यो।

मट्याङ्‍ग्रोको आवाज बिस्तारै ठूलो हुँदै गयो। ‘मान्छेले ‘सर मेरो गल्ती छैन’ भनेर हात जोड्नुपर्ने अवस्था आयो भने राज्य कहाँ छ?’

चमेनागृह फेरि शान्त भयो। त्रिपुरेश्वरको नाम किन डर लाग्न थाल्यो?

मट्याङ्‍ग्रोलाई त्रिपुरेश्वरको पुरानो कुरा पनि सम्झना आयो। उसले खाजा खाइरहेको सबैलाई सुनायो।

‘थाहा छ? माओवादी द्वन्द्वको समयमा त्यही त्रिपुरेश्वरको बस स्टपमा बम विस्फोट हुँदा तीन जना निर्दोष बालबालिकाले ज्यान गुमाएका थिए।’

दिपेन्द्रले थाहा नपाएकाले होला सोध्यो, ‘हो र?’ 

त्यसमा कुमारले थपे, ‘हो नि। तर समय बित्यो। मर्ने मरेर गए। देशमा व्यवस्था फेरियो। सरकार फेरिए। दल फेरिए। नेता फेरिए। नारा फेरिए। तर त्रिपुरेश्वरको सडकले दुःख देख्न छोडेन।’

मट्याङ्‍ग्रो फिस्स हाँस्यो। 

‘केही महिनाअघि त्यही क्षेत्रमा एक मोटरसाइकल चालकले आत्मदाह गरेर ज्यान गुमाएको होइन भन्या त्यही त्रिपुरेश्वरमा?’ दिवाकरले थप्यो।

दिपेन्द्रले भन्यो, ‘हो नि।’ 

कुमारले भने, ‘अहिले फेरि त्यही अर्को चालकले आत्मदाहको प्रयास गरेको छ।’

प्लेटको चिउरा–चना चम्चाले उठाएर मुखमा हाल्दै सन्तोष खरेल बोले, ‘भर्खरै हाम्रै आँखा अगाडि हो नि दाइ, बस जलिरहेको थियो।’

मट्याङ्‍ग्रोेले टाउको कन्याउँदै भन्यो, ‘दिवाकर, अब त्रिपुरेश्वर भन्नासाथ त्रिपुरेश्वर सम्झने कि मृत्येश्वर?’

विचरा! दिवाकर अलमल्ल परे।

‘होइन दाइ, ठाउँलाई दोष नदेऊ। त्यो त ‘आँखा झिमिक्क माल गायव’ भन्ने उखानजस्तो भइगो नि। ठाउँको दोष होइन दाइ।’ 

तर एउटै ठाउँ वरिपरि बारम्बार यस्ता घटना दोहोरिएपछि प्रश्न त उठ्छ नि!

मट्याङ्‍ग्रोले भन्यो, ‘सडक उही, ट्राफिकको सिट्ठी उही, गाडीको हर्न उही, धूलो, धुवाँ र भीड उही हो। तर मन?’

‘सर, मेरो गल्ती छैन के!’

कति सानो वाक्य! तर त्यसमा एउटा गरिब चालकको संसार लुकेको छ। उसको घर होला। बच्चा होलान्। घरमा श्रीमतीले पर्खिरहेकी होलिन्। बूढा आमाबुबा होलान्। बैंकको किस्ता होला। दैनिक कमाइबाट घर चलाउनुपर्ने बाध्यता होला। सडकमा गाडी चलाएर दुई पैसा कमाउने सपना होला...।

तर एकछिनको विवादले जब मान्छेलाई ‘अब म बाँच्दिनँ’ भन्ने ठाउँमा पुर्‍याउँछ भने त्यो केवल एउटा व्यक्तिको समस्या हो कि हाम्रो सामाजिक र प्रशासनिक प्रणालीको पनि प्रश्न हो?

मट्याङ्‍ग्रोले कपको कालो चिया सुरुप्प पारेर सबैलाई प्रश्न गर्‍यो।

दिवाकरले टाउको हल्लाए। ‘हो, कारबाहीभन्दा पहिले कुरा सुन्ने संस्कार चाहिन्छ। ट्राफिक प्रहरी साँच्चै निर्दयी भएका हुन्?’

मट्याङ्‍ग्रोले भन्यो, ‘होइन! ट्राफिक प्रहरी पनि मान्छे हुन्। उनीहरू पनि घाममा उभिन्छन्। धूलो खान्छन्। पानीमा भिज्छन्। घण्टौं सडकमा काम गर्छन्। दुर्घटना देख्छन्। जाम व्यवस्थापन गर्छन्। नियम उल्लंघन गर्ने मानिससँग दिनहुँ विवाद गर्छन्। त्यसैले एउटा घटनालाई आधार बनाएर सबै प्रहरीलाई एउटै डालोमा राख्नु पनि न्याय हुँदैन।’

यत्तिकैमा सन्तोषले भने, ‘नियम लागू गर्ने क्रममा जबर्जस्ती गर्छन्, अनि कुरा सुन्ने ठाउँ कहाँ छ? जरिवाना काट्ने हात बलियो भयो भने स्पष्टीकरण सुन्ने कान पनि बलियो हुनुपर्‍यो। सडकमा गल्ती भयो भने त्यसको तत्काल पुनरवलोकन गर्ने व्यवस्था हुनुपर्‍यो।’

ट्राफिक भनेको केवल सिट्ठी बजाउने, चिट काट्ने र जरिवाना उठाउने संस्था होइन। सवारी चालकको कुरा सुन्ने संस्था पनि हो।

माथिबाट आएको आदेश हो? जब नागरिकलाई ‘किन चिट काटियो?’ भन्ने प्रश्नको उत्तरभन्दा पहिले ‘चुप लाग’ भन्ने व्यवहार भेटिन्छ, त्यहाँबाट अविश्वास सुरु हुन्छ।

मट्याङ्‍ग्रोको प्रश्न सरल छ, गरिबलाई बाँच्न सजिलो कहिले हुन्छ? दिनभर गाडी चलाउने चालकलाई आफ्नो परिवार पाल्न सजिलो कहिले हुन्छ? सानो व्यवसाय गर्नेलाई नियमको जालोबाट बाहिर निस्केर सहजरूपमा काम गर्न कहिले पाइन्छ? सडकमा काम गर्ने मजदुरले प्रहरीसँग डराउनुपर्ने होइन, प्रहरीलाई आफ्नो साथी सम्झने अवस्था कहिले आउँछ? मर्छु भनेर प्रमाण खोज्ने देश!

दिवाकर भन्यो, ‘दाइ, एउटा कुरा बुझ्न सकिनँ।’

मट्याङ्‍ग्रोले भन्यो, ‘के?’

‘मान्छेले मर्छु भनेर भिडियो रेकर्ड राख्नुपर्ने देश कसरी बन्यो?’ मट्याङ्‍ग्रोले उत्तर दिएन। किनकि उत्तर नै थिएन।

मान्छेले आफ्नो अन्तिम आवाज रेकर्ड गरेर राख्छ। आफ्नो निर्दोषिताको प्रमाण खोज्छ। आफूलाई कसैले सुनिदिएन भने संसारले सुनोस् भनेर भिडियो बनाउँछ। किनकि अहिले प्रविधिको प्रयोग जसले पनि गर्छ। 
कुमारले भने, ‘कसैले आत्मदाहको प्रयास गरेको खबरलाई केवल ट्राफिकसँग विवाद भनेर समाचारको एक लाइन बनाएर छोड्ने हो भने हामीले समस्याको जरा कहिल्यै भेट्दैनौं।’

मान्छे किन यति निराश भयो? कसरी विवाद त्यति गम्भीर बन्यो? गुनासो के थियो? प्रहरीको पक्ष के थियो? कानुनी प्रक्रिया के थियो? कहाँ संवाद असफल भयो? यी सबै प्रश्नको उत्तर खोजिनुपर्छ।
मट्याङ्‍ग्रोले फेरि आफ्नै पुरानो दुःखमा पुग्यो। ‘हाम्रो देश पनि गज्जबको देश छ है सन्तोष भाइ!’

सन्तोषले भने, ‘किन दाइ!’

‘नुनदेखि सुनसम्म आयात गर्छ। अनि मान्छेचाहिँ निर्यात गर्छ!’

सँगै रहेकी सुनिता जोडले हाँसी। दिवाकर मुसुक्क हाँसे।

मट्याङ्‍ग्रो थपे, ‘देशमा काम छैन भनेर युवा विदेश जान्छन्। गाउँमा मान्छे छैन भनेर गाउँ रित्तिन्छ। खेत बाँझिन्छ। उद्योगधन्दा केही छैन। अनि हामी भन्छौं, देश विकास हुँदै छ! त्यसका बाजे!’

देशमा मान्छे आफ्नो पसिना यहीँ बेच्न पाउँछ कि पाउँदैन? युवाले ‘म नेपालमै काम गर्छु’ भन्यो भने उसलाई अवसर मिल्छ कि मिल्दैन? 

खाजा खाइरहेको सबै मौन।

सडकमा चालकले इमानदारीपूर्वक गाडी चलाएर परिवार पाल्न खोज्दा उसले सम्मान पाउँछ कि तनाव?

सबैले अनुहारमा निराशा देखियो। मट्याङ्‍ग्रोले कपको अन्तिम घुट्को चिया ठाडो घाँटी लगाएर सक्यो। 

दिवाकरले भन्यो, ‘हामीलाई धेरै ठूलो कुरा केही चाहिएकै छैन।’ 

मट्याङ्‍ग्रोले भन्यो, ‘के चाहिएको हो त?’

दिवाकरको जवाफ आयो, ‘काम चाहियो, न्याय चाहियो, अनि सुरक्षा चाहियो।’

मट्याङ्‍ग्रो चुप। किनकि, सबैभन्दा नभएको र जुनसुकै सरकार आए पनि गर्न नसकेको नै यही हो।

त्यसपछि बिस्तारै कुर्सीबाट उठ्दै भन्न थाल्यो, ‘यो देशमा कसैले आत्मदाह गर्न नपरोस्। कोही ‘मर्छु’ भनेर भिडियो बनाउन बाध्य नहोस्। कोही ‘मेरो कुरा सुनिदिनुस्’ भनेर सडकमा कराउन नपरोस्।’

उसले झ्यालबाट उतै धरहराको टुप्पोतिर हेर्‍यो र भन्यो, ‘ऊ हेर त दिवाकर, अझै धुवाँ आइरहेको छ।’

सबै उठे र उतै हेरिरहे। धुवाँको मुस्लो माथिमाथि उड्दै थियो। 

मट्याङ्‍ग्रोले भन्यो, ‘जहिले पनि त्यही आत्मदाह हुन्छ, कि त्यो ठाउँलाई त्रिपुरेश्वर होइन मृत्येश्वर भनिदिउँ?’

कोही बोलेनन्। सबैजना उही आगोको धुवाँ आएतिरै आँखा डुलाइरहे।

श्रमिकहरुले सधैँ यसैगरी कहिलेसम्म मृत्यु बोलाइरहने? कहिले सुखले आफ्नो पेसा गर्न पाउने?

खै के, खै के! ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तै। 

अब त्रिपुरेश्वरलाई मृत्येश्वर बनाउनले कि?


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १५:३८
#मट्याङ्‍ग्रो
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवाको उत्साह, अनुभव र विधिको शासन
युवाको उत्साह, अनुभव र विधिको शासन मंगलबार, असोज ६, २०८३
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP