Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • घोषणामै सीमित ‘सिण्डिकेट अन्त्य’
घोषणामै सीमित ‘सिण्डिकेट अन्त्य’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ९, २०७८
Hardik health
काठमाडौंस्थित कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खु फलफूल बजारबाट व्यापारीले किनेको सामान ढुवानी गर्ने कालो प्लेटको गाडीको विगत ३५ वर्षदेखि सिण्डिकेट छ । सरकारले ०४३ सालयता ढुवानी गाडीको नयाँ दर्ता खोलेको छैन । त्यसैले सिण्डिकेट कायमै छ । ०४३ सालमा पेट्रोलबाट चल्ने तीन सय ५० दुई स्टक ढुवानी ट्याम्पो दर्ता भएका थिए । ती ट्याम्पोहरूले बजारबाट तरकारी ओसारपसार गर्थेे । ०६० भदौ २२ को मन्त्रिपरिषद् बैठकले दुई स्टक ट्याम्पो विस्थापन गर्ने र यसको सट्टामा चार पांग्रे ढुवानी गाडी दर्ता गर्न दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्को उक्त निर्णयपछि तीन सय ५० दुई स्टक ट्याम्पोको सट्टापट्टामा त्यति नै ढुवानी गाडी आयो । ढुवानी गाडीको संख्या बढाइएन । पछिल्लो समय कालीमाटीबाट सामान बोक्ने ढुवानी गाडीले लिने भाडा सरकारले निर्धारण गरेको होइन । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउँदा सार्वजनिक यातायातको भाडा थपघट हुन्छ । किन कि यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको हुन्छ । तर, यी ढुवानी गाडीको भाडा कालीमाटी र बल्खुका सञ्चालकहरूले गर्छन् । ०४३ सालपछि काठमाडौं उपत्यकाको जनसंख्या ह्वात्तै बढ्यो । नेपालभरका मानिसहरू उपत्यकामा बसोबास बढेस“गै यहाँ जनसंख्याको चाप बढ्न पुगेको हो । तर, जनसंख्याको अनुपातमा ढुवानी गाडी छैन । सरकारले ढुवानी गाडीको दर्ता खोल्न कुनै चासो देखाएन । सिण्डिकेट हटायौं, यातायात समिति खारेज ग¥यौं भनेर सरकारले कैयौपटक घोषणा गरे पनि अहिलेसम्म लागू भएजस्तो देखिँदैन । कागजमा सिण्डिकेट हट्यो तर व्यवहारमा हट्न सकेन । लामो समयदेखि हरियो प्लेट र कालो प्लेटको टयाक्सीको नया“ दर्ता खोलिएको छैन । ०७५ वैशाख ४ को मन्त्रिपरिषद्को बैठकले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएको यातायात समिति खारेज गर्ने निर्णय ग¥यो । एउटा गाडी भएको घरेलु, पाँच वटा भएको कम्पनीमा पञ्जीकरण गराएर चलाउने निर्णय भयो । तर, कालीमाटी र बल्खुमा भएका ढुवानी गाडीहरू घरेलु र कम्पनीमा गएर पञ्जीकरण गरिएका छैनन् । ढुवानी गाडी साहुहरू नया“ गाडीको दर्ता खोल्न पनि दिँदैनन् । राज्यलाई राजस्व पनि तिर्दैनन् । यता, सामान किनेर व्यापार गर्न पसलमा लग्नेहरूलाई मह“गो भाडा लिएर ठग्छन् । ढुवानी गाडीमा पनि एक प्रकारको लुटधन्दा मौलाएको छ । कालो प्लेटको गाडीको संख्या उसै पनि कम छ । एकातिर सरकार पनि कालो प्लेटको गाडीको नया“ दर्ता खोल्दैन । कालीमाटी र बल्खुबाट ल्याएको तरकारीले पूरै उपत्यका धान्नुपर्ने स्थिति छ । काठमाडौं, भक्तपुर र ललितपुरका बासिन्दाले कालीमाटीकै तरकारी र फलफूल खाइरहेका छन् । तर, पछिल्लो समय कालीमाटी र बल्खुमा रातो प्लेटमा दर्ता भएको भ्यान र टाटा मोडलहरू प्रशस्तै देखिन्छन् । यी सवारीहरूले तरकारी बजारबाट सामानहरू ओसारपसार गरिरहेका छन् । ०४९ सालको यातायात ऐनमा उल्लेख भएअनुसार रातो प्लेटमा दर्ता भएकोलाई निजी गाडी भनिन्छ । यस्ता गाडीहरूले यात्रु वा सामान बोकेर पैसा कमाउन नपाउने भनेर उल्लेख गरिएको छ । तर, यी सवारीले मनलाग्दी रकम लिएर सामान ओसारपसार गरिरहेका छन् । कालीमाटीबाट जोरपाटी गएको भाडादर एक हजार रूपैयाँ निर्धारण गरिएको छ भने यी गाडीले सामान ओसारेको तीन हजार रूपैया“सम्म लिन्छन् । गाडी साहुले व्यापारी र व्यापारीले उपभोक्ता ठग्ने भइरहेको छ । गाडी भाडासहित जोडेर व्यापारीले तरकारीको भाउ राख्छन् । यसको मार भने उपभोक्तालाई मात्र परेको देखिन्छ । किसानले प्रतिकिलो २० रूपैया“मा बेचेको तरकारी कालीमाटीका व्यापारीले ५० रूपैया“मा बेच्छन् । उपभोक्ताको भान्सामा पुग्दा त्यही त रकारीको भाउ एक सय २० रूपैयाँ पुगेको हुन्छ । बिचौलियाका कारण महँगी बढ्ने गरेको छ । तर, यसको अनुगमनमा सम्बन्धित निकाय मौन छ । यस्ता सवारीलाई न ट्राफिक प्रहरीले अनुगमन गरेर कारबाही गर्छ, न यातायात व्यवस्था विभाग या कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, यी सबै निकाय यस विषयमा मौन छन् ।कालो प्लेटका गाडीहरूले राज्यलाई प्रत्येक चार महिनामा रोड पर्मिटको राजस्व तिर्नुपर्छ । त्यसैगरी, छ महिनामा जाँचपास पनि बुझाउनुपर्छ । यिनीहरू घरेलु र कम्पनीमा गएर पञ्जीकरण भएको हुनुपर्दछ । तर, पछिल्लो समय सामान ओसारपसार गर्ने रातो प्लेटका गाडीहरूले राज्यलाई राजस्व तिर्दैनन् । घरेलु र कम्पनीमा नगएपछि राज्यले राजस्व पाउँदैन । त्यस्तै, यिनीहरूले रोड पर्मिट र जा“चपासको शुल्क पनि बुझाउनुपर्दैन । तत्कालीन कृषिमन्त्री पद्या अर्यालले तरकारी बजारमा ढुवानी गाडीको नयाँ दर्ता खोल्नका लागि पहल गरेकी थिइन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि हरियो प्लेट र कालो प्लेटको नयाँ ट्याक्सीको दर्ता खोल्न पहल गरेका थिए । तर, कृषिमन्त्री अर्याल पदबाट हट्नेबित्तिकै ढुवानी गाडीको दर्ता खोल्ने विषय हरायो । उनीपछि आएका मन्त्रीले चासो दिएनन् । वर्तमान कृषिमन्त्री महिन्द्र राय यादवले पनि कालो प्लेटको ढुवानी गाडीको दर्ता खोलेर उपभोक्तालाई सहुलियत दिन चासो देखाएका छैनन् । उनले विगत ३५ वर्षदेखिको सिण्डिकेट हटाउन कुनै पहल गरेका छैनन् ।सरकारले ढुवानी गाडीको दर्ता खोलिदिने हो भने राज्यको ढुकुटीमा राजस्व आउ“थ्यो । अहिले रातो प्लेटका कारण मौलाएको ठगीधन्दा आफैं बन्द हुन्थ्यो । सर्वसाधारणले पनि सस्तोमा तरकारी र फलफूल उपभोग गर्न पाउ“थे । ढुवानी गाडीमा पनि खुला प्रतिस्पर्धा हुन्थ्यो । कृषि मन्त्रालय र यातायात मन्त्रालयबीचको टकरावले पनि ढुवानी गाडीको दर्ता नखुलेको हो । एयरपोर्टबाट चल्ने हरियो प्लेटको ट्याक्सी दर्ता कुन मन्त्रालयले खोल्ने हो ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच विवाद छ । यही कारण हरियो प्लेटको ट्याक्सीको नया“ दर्ता खोलिएको छैन । यातायात व्यवसायीहरूको इसारामा चलेका यी मन्त्रालयले कहिल्यै पनि सिण्डिकेट हटाउन सक्दैन । नया“ दर्ता खोल्ने, सिण्डिकेट हटाउने, भाडा निर्धारण गर्ने, यातायात ऐन बनाउने पहिलो अधिकार यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई मात्र छ । यातायातमन्त्री महासेठ मन्त्री पदबाट हटेपछि आएका कसैले पनि कालो प्लेटको सवारी दर्ता खोल्न चासो दिएनन् । अहिलेका यातायातमन्त्री रेणुकुमारी यादवले पनि कालो प्लेटको सवारीमा नया“ दर्ता खोल्नको लागि चासो दिइनन् । यसलाई रोक्नमा ट्याक्सी व्यवसायी र ढुवानी गाडीको हात छ । उनीहरू हप्तैपिच्छे मन्त्री भेट्न मन्त्रालय पुगिरहेको हुन्छन् । तर, सर्वसाधारणलाई त्यति अधिकार छैन । यता, यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेका अनुसार कालो प्लेटको गाडीको नया“ दर्ता खोल्न खोजिए पनि मन्त्री यादवले नमानेपछि रोकिएको हो । यातायात क्षेत्रमा भएको सिण्डिकेट नहटाउ“दा एकातिर जनता पीडित बनेका छन् । अर्कोतिर महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । एयरपोर्टमा चल्ने हरियो प्लेटको ट्याक्सीमा ०५० सालदेखि सिण्डिकेट छ । एयरपोर्टमा त्यतिखेर २०७ वटा ट्याक्सी थिए । अहिलेसम्म २०८ वटा भएको छैन । एयरपोर्टमा चल्ने ट्याक्सीहरूमा मिटर जोडिएको छैन । सरकारले निर्धारण गरेको ट्याक्सी भाडा प्रतिकिमि ७५ रूपैयाँ छ । तर, एयरपोर्टबाट अनामनगर आउ“दा दुई हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ । मिटर नभएपछि चालकहरूले यात्रुसँग हचुवाको भरमा पैसा लिन्छन् । ०५७ जेठ १७ मा कालो प्लेटको ट्याक्सीको दर्ता बन्द गरिएको थियो । त्यतिखेर ट्याक्सीको संख्या सात हजार पाँच सय थियो । अहिले पाँच हजार छ सय ५० मा रहेको छ । ०७२ जेठ २८ मा सरकारले एक हजार आठ सय ५० ट्याक्सीको दर्ता खोल्यो । सोही वर्षको २१ चैतमा एक हजार पा“च सय ट्याक्सीको दर्ता खोलियो । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी छन् । त्यो पनि नया“ र पुराना गरेर । उपत्यकाको जनसंख्या लगभग एक करोड पुग्न लागिसकेको छ । ०७८ कात्तिक ८ मा बागमती प्रदेशकी तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यातायातमन्त्रीलाई १५ दिनभित्र नया“ ट्याक्सीको दर्ता खोल्न निर्देशन दिएका थिइन् । यता, बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले नयाँ ट्याक्सीको दर्ता खोल्न चासो दिएका छैनन् । नया“ ट्याक्सीको दर्ता नखोल्न ट्याक्सी व्यवसायीको दबाब छ ।महँगो ट्याक्सी भाडा तिरेर थोत्रा ट्याक्सी चढ्न यात्रु बाध्य छन् । अहिले भएका ट्याक्सीले स्वदेशी र विदेशीलाई सेवासुविधा दिन सकेका छैनन् । यात्रुले भनेको ठाउ“मा पनि यी ट्याक्सीलाई जान हम्मेहम्मे पर्छ । नयाँ ट्याक्सीको दर्ता खोलेर यात्रुलाई सेवा दिनुको सट्टा मन्त्री दाहालले झनै भाडा बढाइदिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि पूर्वमुख्यमन्त्री शाक्यले दिएको निर्देशन व्यवसायीकै दबाबमा खारेज गरिदिए । बागमती अञ्चल यातायात कार्यालयले ट्याक्सीको संख्या घटेको र भएको ट्याक्सीले यात्रुलाई राम्रो सेवासुविधा दिन नसकेको भनेर यातायात मन्त्रालयसँग पाँच हजार ट्याक्सीको माग गरेको थियो । साथै, वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्न भनिएको थियो । जुन अहिलेसम्म पनि कार्यान्वयनमा आएको छैन । अनि कहाँ हट्यो सिण्डिकेट ? सिण्डिकेट हट्यो भनेर कहिलेसम्म ढाँट्ने सरकार ? -अनुषा थापा
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP