Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • लिखु खोला जलविद्युत्बाट वातावरणमा गम्भीर खेलाँची
लिखु खोला जलविद्युत्बाट वातावरणमा गम्भीर खेलाँची
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
Kumar Yatru
Hardik health
[caption id="attachment_20745" align="alignleft" width="300"]                                   कुमार यात्रु[/caption] रामेछाप र सोलुखम्बु जिल्लाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन लिखु खोला जलविद्युत् आयोजनाले त्यस भेगको वातावरणीय तथा सामाजिक जोखिमलाई बढाएको छ । रामेछापको उमाकुण्ड र सोलुखम्बुको लिखुपिके गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दाको भनाइमा आयोजनाले स्थानीयबासिन्दाको मानवस्वास्थ्यमा गम्भीर हानी पु¥याएको, जैविक विविधतामा ह्रास ल्याएको, जलचरको विनास भएको, पानीका स्रोतहरू सुकेको र उपलब्ध खानेपानीसमेत प्रदूषित भएको छ । तथापि, उक्त जलविद्युत् आयोजना निर्माण गरिरहेको एमडी दुगड ग्रुपका अधिकारीहरूले भने वातावरणीय विनासलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको दाबी गरेको छ । वन्यजन्तु विस्थापित एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एसोसियट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि नामका तीनवटा सहायक कम्पनीमार्फत् एक सय ५७ मेगावाटको तीन फरक जलविद्युत् आयोजना लिखु खोलामा निर्माण गरिरहेको छ । तर, ती तीनवटै जलविद्युत् आयोजनाले वातावरण प्रभाव मूल्यांकनले आँैल्याएका सुझाव कार्यान्वयन नगरेको तथा स्थानीय तह र स्थानीय सरकोकारवालासँग गरेको सहमति तथा सम्झौतासमेत कार्यान्वयन नगरी आयोजना निर्माण कार्य गरिरहेको स्थानीयको आरोप छ । स्थानीयले मात्र नभएर वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील अगुवाहरूले पनि जलविद्युत् आयोजनाबाट वन तथा वातावरणमा क्षतिपूर्ति नै नहुने गरी विनास भएकोमा चिन्ता व्यक्त गरेका छन् । गौरीशंकर संरक्षण क्षेत्रमा कार्यरत हाकिम बस्नेतले जलविद्युत् आयोजनाका कारण रामेछाप र सोलुका संरक्षण क्षेत्रमा रहेका वन्यजन्तु विस्थापित भएको, जैविक विविधताका सहयोगी जीवहरू मासिएको तथा संरक्षित जलचरहरू लोप भएको आरोप लगाएका छन् । ‘लिखु क्षेत्रमा प्रसस्तै वन्यजन्तुहरू थिए । यो जलविद्युत् निर्माण सुरू भएपछि दिनहुँ अनियन्त्रित ब्लास्टिन पड्केको आवाजले वन्यजन्तु यस क्षेत्रबाट स्थानान्तरण भएका छन्,’ संरक्षण क्षेत्रसँग सम्बन्धित बस्नेतले भने, ‘यहाँ उपलब्ध हुने लोपोन्मुख हिउँ चितुवा, कस्तुरी मृग, हाब्रे, ब्वासो, ध्वाँसे चितुवा, सालक, चरीबाघलगायतका वन्यजन्तु रामेछापको क्षेत्रमा पाउन छोडिएको छ । त्यसैगरी संरक्षित चराहरू डाँफे, मुनाल पनि नदेखेको धेरै भइसक्यो ।’ यसरी संरक्षित क्षेत्रबाट नै वन्यजन्तु विस्थापित हुनु गम्भीर विषय हो । त्यतिमात्र नभएर लिखु खोलामा अत्यधिक रसायनको प्रयोगबाट जलचर जीवको अस्तित्व समाप्त भएको स्थानीय उमाकुण्ड गाउँपालिका वडा नम्बर २ की वडा सदस्य ईश्वरी कार्कीको आरोप छ । यो खोलाको तीतेमाछा यसअघि एक लाख ३० हजार रूपैयाँमा ठेक्का लाग्ने गरेको थियो । दुई वर्षयता औषधिका रूपमा खोज्दा पनि तीतेमाछा पाउन छोडिएको कार्कीको भनाइ छ । तेमाछालगायतका जलचरहरू पूर्णरूपमा लोप भएको र त्यसको विकल्पबारे आयोजनाले हालसम्म कुनै उपाय नगरेको भनाइ उनको थियो । घाँस पनि पखालेर दिनुपर्छ सबैभन्दा बढी त आयोजना आसपासमा कृषि तथा पशुपालन गरेर बस्ने किसानलाई मर्का परेको छ । स्थानीय कृषक नरेन्द्र बस्नेतको अनुभवमा जलविद्युत् परियोजनाको निर्माण कार्यका कारण वायु प्रदूषण अत्यधिक बढेको छ । धुलोले स्थानीयको दैनिक जनजीवनमा कठिनाइ आएको छ । ‘गाईभैँसी तथा बाख्रालाई दिने घाँस पानीले पखालेर दिनुपर्छ । घर पालुवा पशुहरू जंगलबाट ल्याएको घाँस त्यसै खाँदैनन् । सबै माटो नै माटो हुन्छ,’ स्थानीय कृषक बस्नेतले भने, ‘हामीले खाने खानेकुरा खानै नसक्ने अवस्थामा हुन्छ । सुत्ने ओछ्यान हामीभन्दा अगाडि धुलो आएर राज गरिरहेको हुन्छ । अब यस क्षेत्रमा जीविका मात्र होइन, सामन्यरूपमा बसीखान सक्ने अवस्था छैन । हामीलाई बसाइँ हिँड्न बाध्य वनाउँदै छ, हाइड्रो ।’ भीरमौरी कता गए ? लिखु नदी आसपासका वन तथा भीर पहरामा भीरमौरी प्रशस्त पाइनेमा अहिले पाइन छाडेको स्थानीय चुलेभीर सामुदायिक वन उपभोक्ता महासंघका कोषाध्यक्ष केदारकुमार कार्कीको आरोप छ । चुलेभीर सामुदायिक वन तथा लिखु आसपासका पहरा, वन तथा जंगलको विशेषता भीरमौरी थियो । अहिले भीरमौरी पाइन छाडेको छ । भीरमौरी वनजंगलको शोभा तथा जैविक उत्पादनको सेतू हो । भीरमौरी जैविक विविधताका लागि नभइनहुने जीव हो । वनमा फुल्ने फूल, रूख बिरूवा तथा अनेक प्रकारका वनस्पतिहरूबीच पराग सेवा भीरमौरीले दिन्छ । अन्नबालीको उत्पादनसँग पनि भीरमौरीको प्रत्यक्ष र अप्रत्यक्ष योगदान जोडिन्छ । तर, लिखु नदी किनारमा भीरमौरी शून्यको अवस्थामा छ । यो सबै यहाँको बढ्दो वायु प्रदूषणका कारण हो । हरायो घाट यहाँको हरियाली तथा जैविक विविधता संरक्षणका लागि स्थानीय चुलेभीर वन उपभोक्ता महासंघसँग लिखु जलविद्युत् आयोजनाले १३ बुँदे सम्झौता गरेकोमा कुनै पनि कार्यान्वयन नगरेको महासंघका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । महासंघले वन तथा वातावरणको संरक्षण तथा जलचर तथा वन्यजन्तु संरक्षणका लागि आयोजनाको नेतृत्वसँग पटक–पटक आग्रह गरिरहँदा कुनै सुनुवाइ नगरेको उनको आरोप थियो । आयोजनाले स्थानीय संस्कृतिअनुसार घाट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अहिले घाट हुने ठाउँमा ड्याम छ, कि त पानीविनाको बगर छ । खानेपानीसहितको धारा भनेको थियो । तर, अहिले पानीको धारा होइन, सुरूङका कारण भएका पानीका स्रोत पनि सुकेका छन् । आयोजना जाने सडक त खनिएको छ । तर, जनताले सडकबाट दूर्दशा खेपिरहेका छन् । सोलुखम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हिक्मत बस्नेत आयोजनाले वन उपोभोक्ता महासंघ, स्थानीय तह, स्थानीय जनतासँग गरेको सम्झौता तथा प्रतिबद्धता कार्यान्वयन नगरेको बताए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन जनतासामु सार्वजनिक गरिएको छैन । स्थानीय तहका साना योजनामासमेत होर्डिङ बोर्ड राखेर सूचना दिने गरेकोमा यति ठूलो परियोजनाले सबै सूचना लुकाएर कानुनको उल्लंघन गरेको आरोप उनले लगाए । वडा अध्यक्ष बस्नेतका अनुसार लिखु नदीबाट लगातार गिट्टी बालुवाको प्रयोग भइरहेको छ । तर, त्यसको राजस्वसमेत स्थानीय तहमा बुझाएको छैन । परियोजनाले ध्वनि तथा वायु प्रदूषण बढाउनुका साथै वन जंगलको विनास, वन्यजन्तुलाई खेदेको तथा स्थानीय जनतासँग कुनै सहमति नगरेर हेपाहा व्यवहार गरेको उनको आरोप छ । उनले नदीको प्राकृतिक बाटो परिवर्तन गरेको र यसबाट आसपासका बस्तीहरू असुरक्षित वनेको पनि बताए । यसबाट वातावरणीय जोखिम बढेको, जनताको जीविकोपार्जनमा असर पारेको एवं जलवायुजन्य विपद् निम्त्याएको वडा अध्यक्ष बस्नेतको भनाइ छ । तर, लिखु खोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत रोकट बस्नेतले परियोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए)ले औँल्याएका वातावरणसँग सम्बन्धित सिफरिसलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । परियोजना स्वीकृत हुँदा नेपाल सरकारका नीति तथा कानुनको पालना गर्नुपर्ने विषयलाई परियोजनाले ध्यान दिएको उनको भनाइ थियो । लिखु खोला जलविद्युत् आयोजना निजी क्षेत्रबाट बन्न लागेको आयोजना हो । राष्ट्रिय अर्थतन्त्रमा यसको महत्व भए पनि स्थानीयस्तरमा परेको वातावरणीय तथा सामाजिक प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । क्षति न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसतर्फ परियोजनाले ध्यान नदिनु पक्कै पनि सकारात्मक सूचक मान्न सकिन्न । (इन्डिजिनियस फिचर सेवा)
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP