Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • झन्झटिलो होइन, सुरक्षित आकाशे पुल
झन्झटिलो होइन, सुरक्षित आकाशे पुल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
Hardik health
सधैँजसो नयाँबानेश्वर निकै व्यस्त देखिन्छ । नयाँबानेश्वर चोकबाट पुरानो बानेश्वरतर्फ मोडिँदा अर्को चोक आउँछ । चोकबाट अनामनगरतर्फ मोडिने मोडैमा अर्थात् संसद् भवनको गेट अगाडि पिपलको चौतारासँगै आकाशे पुल बनेको छ । यो पुल बनेको निकै समय भइसकेको छ । लाखौं करोडौं खर्चेर बनेको यो पुल सुनसान देखिन्छ भने पुलमुनि मानिसहरूको दोहोरो लस्कर देखिन्छ ।पैदल यात्रुहरू निकै हतार–हतारमा यताउता गरिरहेका छन् । सबैजना आ–आफ्ना कार्यमा व्यस्त छन् । कोहीसँग कसैलाई बोल्ने फुर्सद छैन । विभिन्न पेसा, व्यवसायसँग सम्बन्धित मानिसहरूको बिहानदेखि नै चहलपहल सुरू भइसक्छ । यो क्रम साँझ नपरेसम्म यत्तिकै चलिरहन्छ । त्यसैले पनि हुनुपर्दछ, यहाँ निकै व्यस्त सहरको रूपमा लिन सकिन्छ । यस्तै हतारले होला मानिसहरूले आकाशे पुलको प्रयोग गर्न नरुचाएको । हरेक मानिसलाई हतार हुन्छ, अरुभन्दा आफू गन्तव्यमा चाँडो पुग्ने दाउ सबैको हुन्छ । यस्तै हतारका कारण सडक दुर्घटना परी ज्यानसमेत गुमाउनुपरेका घट्नाका साक्षी हामी बनिरहेका छौं । तर, हतारलाई केही फुर्सदिलो बनाउने हो भने मानवीय जोखिम मोल्नुपर्ने अवस्था आउँदैन ।निकै व्यस्त रहने नयाँबानेश्वर चोकमा पैदलयात्रीलाई सडक वारपार गर्न सहज, सुरक्षित र सरल बनाउन आकाशे पुल बनाइएको हो । तर, आकाशे पुलको उपयोग गर्ने पैदलयात्री भने कमै मात्रा देखिन्छन् । सडक वारपार गर्न सहज र सुरक्षित हुने हुनाले सरकारले लाखौँ करोडौँ खर्चेर आकाशे पुल निर्माण गरेको हुन्छ । केही चेतनशील व्ब्यक्तिहरूलेबाहेक उक्त पुलको प्रयोग सायदै गरेको देखिँदैन । प्रयोग गर्नेमा पनि पाका उमेर समूहका मानिसहरू बढी देखिन्छन्, जो सडकमा सवारी चापको अवस्था देख्दा जबरजस्ती वारपार गर्न असहज महसुस गर्छन् । ती बाहेक अधिकांश युवापुस्ता जो स्कुल कलेज पढ्ने पोसाकमा रहेका पैदलयात्रुले भने आकाशे पुलमुनिकै व्यस्त सडक जबरजस्ती रूपमा सवारीसाधनलाई रोक्न निर्देशन दिइ वारपार गरिरहेको देखिन्छ । पढेलेखेका युवायुवतीले नै आकाशे पुल चढ्न जाँगर चलाउँदैनन् । माथि आकाशे पुल पैदलयात्रीलाई कुरेर बसेको छ तर पुलमुनिकै बाटो प्रयोग गरिरहेको देख्न सकिन्छ । यसले हाम्रो शिक्षा प्रणाली कतिको चेतनशील छ भन्ने प्रश्न उठाउँछ । किन मानिसहरू आकाशे पुलको प्रयोगलाई झन्झटिलो मान्छन् ? यसको पूर्णउपयोग गरिँदैन भने चेतना अभिवृद्धिका कार्यक्रम किन सञ्चालन नगर्ने ? ट्राफिक प्रहरीले आकाशे पुलको प्रयोग गर्न तलको बाटोमा डोरीले बाँधेर राख्दा पनि पैदलयात्रीहरू त्यही डोरी नाघेर, ट्राफिकको आँखा छलेर बाटो काट्न तयार तर पुलबाट सडक वारपार गर्न भने निकै झिजो मानिरहेको स्पष्ट देख्न सक्छौं । मानवीय चेतना र सडक सुरक्षाको विषयमा आममानिस कहिले संवेदनशील बन्ने ? बानेश्वरको आकाशे पुल त एउटा उदाहरण मात्र हो । सहरका अधिकांश आकाशे पुलको अवबस्था यस्तै छ । प्रयोग प्रायः शून्यजस्तै देखिन्छ । काठमाडौं उपत्यकाभित्र मुख्य–मुख्य चोकहरूमा पैदलयात्रीको सहजताका निम्ति यस्ता आकाशे पुलहरू बनेका छन् । तर, प्रयोग भने बानेश्वर चोकको जस्तै छ । चक्रपथभित्रका बानेश्वर, चाबहिल, माइतीघर, भद्रकाली, सुन्धारा, न्युरोड, असन, जमल, रत्नपार्कलगायत स्थानका आकाशे पुलको पूर्णरूपमा प्रयोग भएको देखिँदैन । यससँगै चक्रपथमा पनि आकाशे पुलहरू रहेका छन् । ती पुल भने केही हदसम्म प्रयोग भएको देख्न सकिन्छ । मोसफलका सहरहरूमा पनि आकाशे पुलहरू छन् तर तिनका प्रयोग पनि राजधानीको जस्तै छ । बाध्यात्मक अवस्थामाबाहेक आकाशे पुलको प्रयोग गरेको देखिँदैन । आकाशे पुल व्यवसाय गर्ने थलो बनेको छ भने प्रचारप्रसार गर्ने उपयुक्त स्थान । विभिन्न दलको आमसभाको प्रचारप्रसार गर्ने उपयुक्त थलो बनेका छन् आकाशे पुलहरू । त्यतिमात्र होइन विभिन्न स्वदेशी उत्पादनका वस्तुहरूको प्रचार गर्ने होर्डिङबोर्ड जडान गर्ने ठाउँसमेत बनेको छ । व्यावसायिक तथा व्यापारिक प्रयोजनमा मात्र सीमित बनेको छ । फुटपाथ व्यापारीका लागि एक सुरक्षित स्थानसमेत बन्न पुगेको । तर, जुन प्रयोजनका निमित्त बनाइएको हो त्यो प्रयोजनको भने पूर्णरूपमा पालना हुन नसकेको देखिन्छ ।‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने भनाइ ट्राफिक प्रहरीले निकै लामो समयदेखि चलाउँदै आएको नारा हो । जुन नारा सवारीचालक तथा पैदलयात्री दुवैको निमित्त जीवनोपयोगी छ । जीवन रहे पो अरू रहन्छ, जीवन नै नरहे सब बेकार हुन्छ । सडक वारपार गर्न सुरक्षित माध्यम भनेकै आकाशे पुल तथा जेब्रा क्रसिङ नै हो तर ठाउँ–ठाउँमा निर्माण भएका त्यस्ता पुल बेकामे भएका छन् । चेतनशील जमात नै ती संरचनाको उपयोग गर्न झन्झटिलो मान्ने गरेको देख्छौं । आजको यही पुस्ताबाट ज्ञान, सीप, अनुभव भावी पुस्तामा पुस्तान्तरण हुने हो तर यो पुस्ता नै चेतनशील भइदिएन भने अहिलका नयाँ र आउने पुस्ताले के सिक्ने ? त्यसैले नागरिकको जीवनसँग सरोकार राख्ने यस्ता विषयको सकरात्मक अनुसरण गर्नुपर्ने आजको टड्कारो आवश्यकता बनेको छ । आकाशे पुल होस् या जेब्रा क्रसिङ पैदलयात्रीकै सुरक्षाका लागि बनाइएको हो भन्ने बुझ्नु र बुझाउन जरूरी छ । त्यसो त आकाशे पुलको सही उपयोग हुन नसक्नुमा पैदलयात्रुको मात्र दोष छैन । कतिपय पुलहरू प्रयोगका लागि उपयुक्त बनेका पनि छैनन् । कतिपय पुलहरू अपायक स्थानमा बनेका छन् । पुलमा हुनुपर्ने सरसफाइदेखि सुरक्षाका अन्य व्यवस्थाहरू नहुँदा पनि पैदलयात्रुले त्यसको उपयोग गर्न नसकिरहेको देखिन्छ । रातिको समयमा अझ आकाशे पुलबाट यात्रा गर्न असुरक्षित महसुस गर्नुपर्छ । त्यसैले यी विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ । कतिपय पुलहरू सडक व्यापारीहरूको कब्जामा पनि देखिन्छ । व्यापारीहरूले पुलभरि सामान फिँजाएर राख्नाले हिँड्नसमेत मुस्किल हुने गर्दछ । यद्यपि, महानगरपालिकाले यस्ता व्यापारीमाथि बेलाबेला निगरानी गर्ने गरेको पाइन्छ । पैदलयात्रीको सहजता र सुरक्षाका लागि बनाइएका यी संरचनालाई व्यापारिक थलो बनाइनु कदापि राम्रो होइन । राजधानीका आकाशेपुलहरू अपांगतामैत्री छैन । अशक्तता भएका, वृद्धवृद्धाहरूलाई आकाशे पुल प्रयोगमा कठिन हुने गर्दछ । भविष्यमा यस्ता संरचनाहरूलाई पनि सबैले उपयोग गर्नमिल्ने बनाउन सरकारी निकायमा रहेका सरोकारवाला अधिकारीहरूको ध्यान जान जरूरी छ । विकास भनेको सबैको सुविधाका लागि हुनुपर्छ । सबैले समान अवसर पाउनुपर्छ । सबैले उपयोग गर्न नपाउने विकासे संरचनाले सीमित समूहलाई फाइदा गरे पनि बाँकी पीडित बनिरहनुपर्ने अवस्थालाई राम्रो होइन । बनिसकेका संरचनाहरूको सुधार गर्दै जाने कार्य सरकारको योजनामा पर्नुपर्छ । र, ती संरचनाहरूको उचित उपयोगमा जनता स्वयं पनि सचेत हुन जरूरी छ । आकाशे पुल मेरै सुरक्षाका लागि बनाइएको हो भन्ने बुझाइ सबैमा हुनुपर्छ । प्रयोग गर्न असहजता भए सरोकारवाला निकायलाई यस विषयमा सचेत गराउनुपर्छ । यी संरचना हामीले तिरेको करबाटै खर्च गरेका बनेका हुन् । त्यसैले यसको सही सदुपयोग गर्नुपर्छ ।

सडकलाई सुरक्षित बनाउन प्रत्येक नागरिकको हात हुन्छ । सडक सुरक्षाकै लागि निर्माण गरिएका आकाशे पुलको प्रयोग नगर्नु असभ्यताको नमूना मानिन्छ । सभ्य नागरिक बन्ने प्रयास आफैंबाट सुरूआत गर्नुपर्छ । त्यसैले बपाईं हामी सबैले आजैदेखि आकाशे पुलको प्रयोग गरौं र सभ्य नागरिकको परिचय दिऔं । आकाशे पुलको प्रयोगलाई झन्झटिलो नमानौं, यसलाई एउटा अवसरका रूपमा लिऔं, जसबाट हामीलाई स्वयंलाई फाइदा हुन्छ । आकाशे पुलले सुरक्षित यात्राको सुनिश्चितता हुने गर्दछ । आकाशे पुलको प्रयोग गर्ने बानी बसालौं । अरूलाई पनि यो कुरामा सचेत गराऔं । -विनाेद पाैडेल

 
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP