Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • युरिक एसिडको बाथ र यसको उपचार
युरिक एसिडको बाथ र यसको उपचार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ४, २०७८
sigdel
Hardik health
  [caption id="attachment_20576" align="alignleft" width="150"] डा.केशवराज सिग्देल[/caption] युरिक एसिड भनेको हाम्रो शरीरमा उत्पादन हुने एक किसिमको विकार तत्व हो । हामीले दिनहुँ सेवन गर्ने खाद्यपदार्थ पाचन हुने क्रममा शरीरका कोशिकाहरू परिवर्तन हुने क्रममा कोशिकाहरूमा रहेको न्युक्लिक एसिड निष्क्रिय भएर (डिएनए, आरएनए) बाट युरिक एसिड बन्दछ । शरीरले उत्पादन भएको युरिक एसिडलाई मिर्गौलाको सहयोगले पिसावमार्फत् बिसर्जन गर्ने गर्दछ । यसरी युरिक एसिड बन्ने र बिसर्जन गर्ने कार्यको सन्तुलन बिग्रिएर गएमा रगतमा युरिक एसिडको मात्रा बढ्दछ । सोही युरिक एसिड शरीरको जोर्नीहरूमा (मूलतः बूढी औँलाको जोर्नी, गोली गाँठो, घुँडा र पछि गएर शरीरका मझौला तथा साना जोर्नीहरूमा) क्रिस्टनको रूपमा गम्भीर सुजन हुने र रातो हुने अवस्थालाई नै युरिक एसिडको बाथ भनिन्छ । यसलाई अंगे्रजीमा गाउट वा गाउटी अथ्रिटिक्स भनिन्छ । वयस्कको शरीरमा प्रति १०० मिलिलिटर रगतमा ७ एमजी पुरुषमा र महिलामा ६ दशमलव २ एमजीसम्म युरिक एसिडको मात्रा हुने भएकोलाई सामान्य नै मानिन्छ । महिलाहरूमा महिनावारी नरोकिञ्जेलसम्म युरिक एसिडको बाथ हुने सम्भावना न्यून हुन्छ ।यद्यपि, युरिक एसिड बाथ भइसकेको र पटक–पटक जोर्नीको सुजन हुने र दुख्ने भएको मानिसमा (दुई–तीन पटक प्रत्येक वर्ष) यो युरिक एसिडको लेभललाई पनि धेरै भनिन्छ र यसलाई उपचार गरी सामान्य लेभलको आधा जति लेभलमा पु¥याउनुपर्दछ । युरिक एसिडको बाथ नभएको मानिसमा पनि शरीरमा युरिक एसिडको मात्रा जचाउँदा बढी देखिएता पनि उसलाई जोर्नीमा जमेर सुन्निने, र दुख्ने भएको छैन भने यस्तो अवस्थालाई युुरिक एसिडको मात्रा बढी भएको अवस्था भनिन्छ । जसलाई खासै उपचार गर्नु पर्दैन । यसलाई आफ्नो खानपान मिलाएर, अम्मल, सुर्ती चुरोट सेवन हटाएर, सन्तुलित भोजनमा ध्यान दिएर र शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर पनि युरिक एसिडको मात्रा घटाउन सकिन्छ । क्रमिक रूपमा जाँच गर्दा पनि युरिक एसिडको मात्रा धेरै भएमा र जोर्नीको दुखाइ नभए पनि यसलाई घटाउनुपर्ने हालै गरिएको अनुसन्धानले देखाएको छ । किनकि, युरिक एसिडको मात्रा रगतमा धेरै देखिए पिसाव बनाउने तन्तुमा समस्या, मुटुको समस्या गराउँदछ । किड्नी (मिर्गौैला)को समस्या पहिला नै भइसकेको र डायलाइसिस गरिएको छ भने युरिक एसिड घटाउने औषधिको प्रयोग गर्नुपर्दछ । युरिक एसिडको बाथ कुन उमेरमा देखिन्छ र यसको लक्षणहरू के–के हुन् ? संसारमा लाखौं मानिसहरू युरिक एसिडको बाथबाट पीडित छन्, त्यसमध्ये आधाजति संख्यामा युरिक एसिड बाथले पटक–पटक दुःख दिइरहेको पाइन्छ । पश्चिमी देशको तथ्यांकको आधारमा भन्नुपर्दा ३० वर्षमाथिका पुरुष र ५० वर्षमाथिका महिलाहरूमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो बिरामीमा खुट्टाको बूढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग बढ्दै गएपछि भने घँुडा तथा हातका जोर्नीहरूमा युरिक एसिडको मात्रा जमेर बिग्रने र जोर्नी खिइने समस्या हुन्छ । के खाँदा र नखाँदा युरिक एसिडको बाथ बढ्छ ? लगातार रक्सीको सेवन, उच्च फ्रुक्र्टाइज (गुलियो) सेवनले गर्दा पनि युरिक एसिड बढेको पाइन्छ । हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित बिरामीहरूले जहिले पनि आङ्खनो आहार–विहार र खाना खाने तरिकालाई दोष दिने गरेको पाइन्छ । युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाइ मात्रै हुन्छ । अर्थात् तिन चौथाइजति भूमिका त हाम्रो शरीर आफैँले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ । यस्तो पनि भनिन्छ कि प्रोटिनयुक्त आहार सेवन गर्नाले एक सय मिलिलिटर रगतमा बढीमा एक मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बाबजुद् अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । अर्थात् वंशाणुगत कारण, शारीरिक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मिर्गौलाको कार्य विफलता, मिर्गौलाको पत्थरी, मुटुसम्बन्धी रोगहरू, मधुमेह आदि जस्ता कारणहरूले र कुनै प्रकारका दीर्घरोगहरूका साथै केही किसिमका औषधिहरूको प्रयोगको कारण (जस्तैः लगातार थायजाइड गु्रपको औषधि, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ) पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको हुन्छ । युरिक एसिडको बाथको उपचार कसरी गर्ने ? अन्य किसिमको बाथरोगभन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नका लागि विशेषज्ञ डाक्टर र बिरामीबीच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा बिरामीहरूले डाक्टरको परामर्शविना विविध प्रकारका औषधि छोटो समयको लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ । युरिक एसिडको बाथद्वारा पीडित बिरामीहरू अस्पताल वा डाक्टरको क्लिनिकमा उपचारार्थ उपस्थित हँुदा रोगको सुरूआत कहिले र कसरी भयो, कति पटक भयो र अन्तिम पल्ट कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता बिरामीहरूले प्रायःजसो एक्कासी दुखाइ बढेर त्यसविरुद्ध औषधि सेवन गरेको वा दुखाइ कम गर्ने औषधिको सुई प्रयोग गरेको कुरा बताउने गरेको पाइन्छ । यसरी एक्कासी रोग बढ्ने वा बल्झिने कुरामा सामान्यतया खानपानकै भूमिका रहेको पाइन्छ । त्यसैले त्यतिखेर खानपान र आहार–विहारमा परिवर्तन गर्न परामर्श दिइन्छ । त्यतिखेर युरिक एसिड घटाउने वा बढाउने खाद्यपदार्थ, तत्काल प्रयोग गरिने औषधि र त्यसको सेवन मात्रालगायत धेरै प्रोटिनयुक्त खानेकुरा सेवनको परहेजमा रहँदा सामान्यतया घट्नसक्ने युरिक एसिडको मात्राबारे पनि डाक्टरसँग जानकारी लिनुपर्दछ । अर्को कुरा आहार–विहार र दैनिक जिवनयापन पद्धतिमा परिमार्जन गर्नेबित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय बिरामीहरूमा लागू नहुन सक्छ । किनकि, वंशाणुगत लगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुनसक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाहबमोजिम उचित प्रकारको औषधि प्रयोग गर्ने । जस्तैः एन्टी–इनफ्लेमाटरी ड्रग्स् (उचित प्रकारको नदुख्ने औषधि) र युरिक एसिड लेअरिङ एजेण्ट (युरिक एसिड घटाउने औषधि) प्रयोग गर्न जरुरी देखिन्छ । जे होस् आहार–विहार, खानपानमा सन्तुलन, व्यायाम गरेमा, प्रशस्त मात्रामा तरल पदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारीरिक तौल नियन्त्रण गर्ने, नियमित शारीरिक व्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ । (डा. सिग्देल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र जावलाखेलमा कार्यरत छन्)
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०६:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP