Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • ट्याक्सीबाट ठगिनुपर्ने कहिलेसम्म ?
ट्याक्सीबाट ठगिनुपर्ने कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३, २०७८
Hardik health
काठमाडौं उपत्यकावासीले ट्याक्सीबाट ठगिनुपरेको विषय नयाँ होइन । वर्षौंदेखि यात्रुले भोग्दै आएको यो समस्या अहिले पनि यथावत् छ । उपत्यकामा सञ्चालित कालो प्लेटको ट्याक्सीमा हुने मनलाग्दी भाडा असुलीका लागि सरकारले मिटर जडान गरेको छ । बेलाबेलामा सरकारी निकायले मिटरमा मात्र यात्रु बोक्न पाउने भन्दै ट्याक्सी चालकहरूका लागि निर्देशन जारी गर्दै आएको छ । ट्राफिक प्रहरीले अनुगमन र कारबाही गरेका समाचार पनि बाहिर आइरहेका हुन्छन् । तर, यात्रुले बेहोर्नुपरेको सास्ती अझैसम्म हटेको छैन । ट्याक्सी चालकहरू मिटरमा यात्रु बोक्न, यात्रुले भनेको ठाउँमा जान मान्दैनन् । यात्रुले सयौं विन्ती गरे पनि ट्याक्सी चालकले सुन्दैनन् । सिकिस्त बिरामी अस्पतालसम्म लैजाँदासमेत मिटरमा जान उनीहरू तयार हुँदैनन् । हो, कुनै पनि व्यवसाय आर्थिक लाभकै लागि गरिन्छ । तर, जुनसुकै व्यवसाय पनि एउटा मापदण्ड, नीतिको पालना अनिवार्य हुन्छ । ट्याक्सी व्यवसाय भए पनि यो सेवासँग जोडिएको छ । त्यसैले यसमा संलग्न चालकहरूमा मानवता र नैतिकताको भावना हुनुपर्नेमा त्यस्तो देखिँदैन । बिरामीलाई गाह्रो भएर शिथिल भइसक्दा पनि ट्याक्सी चालकले मिटरमा हिँड्न नमान्दा मोलमोलाइ गर्नुपर्छ । यो जस्तो अमानवीय र पीडादायी विषय अवस्था के हुन्छ ? सरकारले अनिवार्य मिटरमा हिँड्न दिएको निर्देशन ट्याक्सी चालकहरूले खुलेआम लत्याइरहेका छन् । अस्पताल र सडक छेउ पार्किङ गरेर राखेका ट्याक्सी चालकसँग यात्रुले मोलमोलाइ गरेको प्रशस्तै देखिन्छ । मिटरमा दुई सय रूपैयाँ उठ्ने बाटोमा पाँच सय रूपैयाँ माग्छन्, ट्याक्सी चालक । हामी मिटरमा यात्रु बोक्छौं, सरकारले तोकेको भाडामा सेवा दिन्छौं र यात्रुले भनेको ठाउँमा जान्छांै भन्ने सर्तमा यातायात कार्यालय बागमती प्रदेशले ट्याक्सीको दर्ता गरिदिएको हुन्छ, पछि त्यही सर्त मान्न चालकहरू तयार हुँदैनन् । कानुनमा मिटरमा गुड्न नमान्ने ट्याक्सी चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना तिराउने भनिएको छ । त्यस्तै, उक्त ट्याक्सीको रोड पर्मिट र दर्ता पनि खारेज गर्नसक्ने व्यवस्था कानुनमा छ । तर, कानुन कार्यान्वयन फितलो बन्दा ट्याक्सी चालकले मनलाग्दी चलाइरहेका छन् । जसको मारमा यात्रु परिरहेका छन् ।ट्याक्सी चालकहरूले आफूखुसी भाडा तोकेर यात्रु ठगिरहँदा सरोकारवाला निकायले यसलाई रोक्न सकेको छैन । मिटरमा यात्रु नबोक्ने र बढी भाडा लिएर ठग्ने ट्याक्सी व्यवसायीलाई बागमती प्रदेश सरकार , यातायात कार्यालय र ट्राफिक प्रहरीले गर्ने कारबाही प्रभावकारी बन्न सकेको छैन ।सरकारी संयन्त्रको फितलो अनुगमन र कारबाहीले ट्याक्सी व्यवसायीको मनोबल बढाएको छ भने राज्यको ढुकुटीमा आउने राजस्व पनि आउन सकेको छैन । यता, ट्याक्सी चालक÷व्यवसायीहरू भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार सरकारले भाडा समायोजन नगरेको बताउँदै आएका छन् । यही बहानामा उनीहरूले यात्रुबाट बढी भाडा असुल्दै आएका छन् । २०६९ सालयता सरकारले पटक–पटक ट्याक्सीको भाडा समायोजन गरिसकेको छ । २०७०, २०७२, २०७५ र २०७८ मा सरकारले ट्याक्सीको भाडा बढाएको छ । २०७० सालमा भाडा बढाउँदा प्रतिकिलोमिटर ३३ रूपैयाँ पुग्यो । २०७२ मा ३६ र २०७५ मा ३९ रूपैयाँ पु¥याइयो । २०७५ मा गरिएको भाडा समायोजनपछि सुरूमा १४ रूपैयाँ र एक किलोमिटर गुडेपछि ३९ रूपैयाँ उठ्छ । उक्त भाडादरमा पनि राति ९ बजेदेखि बिहान ६ बजेसम्म डेढी (नियमित भाडामा थप ५० प्रतिशत) तिर्नुपर्छ । ट्याक्सी व्यवसायीको दबाबमा परेर बागमती प्रदेश सरकारले पुनः ट्याक्सी भाडा बढायो । २०७८ माघ १ गतेबाट पहिलो एक किलोमिटरसम्मको ङ्खलग डाउन ६० रूपैयाँ हुने परिमार्जित व्यवस्था लागू गरियो । त्यसपछि प्रत्येक दुई सय मिटरको नौ रूपैयाँ ८० पैसाका दरले भाडा थप हुने व्यवस्था ग¥यो । यसरी भाडादर बढ्दा यात्रु झनै मारमा परेका छन् । विभागले ट्याक्सीको भाडा समायोजन गर्नेबित्तिकै बिरामी हुँदा वा आपत पर्दा पनि सर्वसाधारण ट्याक्सी चढ्न सक्दैनन् । २०७० फागुन ३० गते एक लिटर पेट्रोलको मूल्य एक सय ४० रूपैयाँ थियो । त्यस्तै, २०७३ साउनमा एक सय ४० रूपैयाँबाट घटेर पेट्रोल ९६ रूपैयाँमा झ¥यो । तर, ट्याक्सीको भाडा घटेन । ट्याक्सी व्यवसायीले ट्याक्सीको भाडादर घटाउन चाहेनन् । पेट्रोलको मूल्य घटे पनि यात्रुले ट्याक्सी चालकले भनेजति भाडा तिरेका थिए । तर, पछिल्लो समय ट्याक्सी व्यवसायीहरूरुले सरकारले पेट्रोलको मूल्य त बढायो तर विगत नौ वर्षदेखि ट्याक्सी भाडा समायोजन गरेन भनेर सर्वसाधारण ठगिरहेका छन् । अहिले भएको ट्याक्सी भाडा नै निकै महँगो छ । आर्थिक अवस्था कमजोर भएका, ट्याक्सीको भाडा तिर्न नसक्नेहरूले अहिले पनि ट्याक्सी चढ्न पाएका छैनन् । बिरामी हुँदा होस् या आपतविपत पर्दा उनीहरू सार्वजनिक यातायातको प्रयोग गर्न बाध्य छन् । ‘पैसा हुनेले ट्याक्सी चढ्ने हो, नहुनेको लागि सार्वजनिक यातायात छँदै छ’ ट्याक्सी व्यवसायीको धारणा हो यो । के पैसा हुने मात्र नेपाली जनता हुन् ? यो हुनुको प्रमुख कारण पनि सरकार नै हो । ट्याक्सी व्यवसायीको एकाधिकार सरकारले तोड्न नसक्दा आज ट्याक्सीमा यस्तो बेथिति मौलायो । यता, सिण्डिकेट लगाएर यात्रु ठग्ने योजनामा ट्याक्सी व्यवसायी सफल भइरहेका छन् । सरकार नै ट्याक्सी व्यवसायीको अगाडि लम्पसार पर्दा यसको मार जनतामा पर्न गएको छ । राजनीतिक पार्टीहरूले ट्याक्सी चालकहरूलाई पार्टीको सदस्य बनाउँदा ट्याक्सी व्यवसायीको ठगीधन्दा मौलाएको छ । यातायात क्षेत्रमा पनि राजनीति छिप्यो । पर्दाभित्र बसेर राजनीतिक दलहरूले ट्याक्सी व्यवसायीलाई साथ दिँदा यिनीहरूको मनलाग्दी बढ्यो । अन्य मुलुकमा हेर्ने हो भने त्यहाँ सञ्चालित सबै ट्याक्सी विलासीपूर्ण छ । त्यहाँको सरकारले ‘लक्जरियस्’ ट्याक्सीलाई प्राथमिकतामा राखेको छ । किन कि यसले त्यहाँका नागरिकले सेवासुविधा पाउने नै भए । यता, विदेशी पर्यटक आउँदा पनि उनीहरूको शान छुट्टै हुन्छ । तर, नेपालको राजधानीमा सञ्चालित ट्याक्सी सबै थोत्रो, कवाडी, सलाईको बट्टाजस्तो आकार भएको छ । यी सबै ट्याक्सी ७९६ सिसीका छन् । उता, सम्बन्धित निकायले ट्याक्सीको वर्गीकरण पनि गरेको छैन । नयाँ, राम्रो र लक्जरियस् ट्याक्सीको दर्ता खोल्नतर्फ सरकार मौन छ । २०७२ सालमा यातायात व्यवस्था विभाग र यातायात अञ्चल कार्यालयले एउटा सूचना जारी गरेको थियो । २०७२ साउन २० देखि भदौ २ गतेसम्म मिति तोक्दै सरकारले एक हजार ८५० नयाँ ट्याक्सीको दर्ता खोलेको थियो । प्रतिव्यक्ति एक हजार १० रूपैयाँ राजस्व तिरेर १५ दिनमा १५ हजार ७५१ जनाले फाराम बुझाए । ट्याक्सी खरिद गर्नको निम्ति रातदिन नभनि लाइन बसेर सर्वसाधारणले फाराम बुझाएका थिए । तर, एक हजार ८५० बाहेक अन्यले ट्याक्सी पाएनन् । २०७३ साउन ५ देखि भदौ ५ गतेसम्म सरकारले एक हजार ५०० नयाँ ट्याक्सीको दर्ता खुलाएको थियो । एक जनाले ११० रूपैयाँ राजस्व तिरेर एक लाख ४९ हजार ५५८ जनाले फाराम बुझाए । यो तथ्यबाट के पत्ता लाग्छ भने नेपालमा यस्ता कति छन्, जो ट्याक्सी किनेर व्यवसाय सञ्चालन गर्न चाहन्छन् । अहिले पनि ट्याक्सी व्यवसायीहरू सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिँदैनन् । यात्रुलाई सस्तोमा सेवासुविधा पनि दिँदैनन् । अहिलेको भाडादरलाई घटाएर चलाउँछु र स्वरोजगार बन्छु भन्दा पनि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दैन । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी सञ्चालनमा छन् । विगत ३१ वर्षदेखि हरियो प्लेट र कालो प्लेटको ट्याक्सीमा सिण्डिकेट छ । सरकारले ट्याक्सीमा भएको सिण्डिकेट तोड्न नसक्दा ट्याक्सी व्यवसायीको ‘दादागिरी’ मौलाएको हो । यसको अन्त्य गर्नमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP