Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • यातायात व्यवस्था ऐनमा
यातायात व्यवस्था ऐनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
yatayat
Hardik health
परिमार्जन आवश्यकमुलुकभर मालबाहक सवारीसाधन टिपरले आतंक मच्चाएको मच्चाएकै छ । सर्वसाधरण र साना सवारीचालकले बेला–बेलामा गुनासो मात्र होइन टिपर आतंकको विरोधमा सडक आन्दोलनसमेत गरिरहेका छन् । तर, टिपर आतंक कायम छ । टिपर चालकको लापरबाहीले सडकमा मान्छे मर्ने क्रम बढ्दो छ । टिपर चालकले सडकमा यात्रुलाई सिधैं ठक्कर दिएर, किचेर मार्दा वा ब्याक गरेर ज्यान लि“दा पनि नेपाल सरकारले केही गर्न सकेको अवस्था छैन । वर्षदिनमा टिपरको ठक्करमा दर्जनौँ यात्रुको ज्यान गइरहेको छ । केही वर्ष अघिदेखि टिपर चालकको हेलचेक्क्र्याइले गर्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । टिपरले मान्छे मारेर आतंक मच्चाएको बताउ“दै सर्वसाधारण सडकमा आँउदा पनि सम्बन्धित निकायले सुनुवाइ गरेको छैन । टिपरको आतंक रोक्नुप¥यो र नागरिकको बाँच्ने अधिकारको सुनिश्चितता दिनुप¥यो भन्ने सडकमा आएको सर्वसाधारणको माग थियो । तर, सम्बन्धित निकायले यस विषयमा खास प्रभावकारी कदम चाल्न सकेको छैन । मुलुकका अधिकांश व्यस्त सडकमा दिउँसो टिपर चलाउन रोक लगाइएको छ । तर, जुन समयमा टिपर चलाउन छुट दिइएको छ, त्यस समयमा बाँकी सवारी तथा सर्वसाधरण सडकमा निस्किनसक्ने अवस्था छ । टिपर आतंक नरोकिएपछि धेरैले ‘ज्यानमारा’ टिपरहरूको दर्ता र रोडपरमिट खारेज गर्नुपर्ने माग पनि उठिरहेको छ । यस्तो सवारी साधन चलाउन रोक लगाउनुपर्छ भनेर भन्ने सर्वसाधारणको संख्या पनि ठूलो छ । तर, सम्बन्धित निकायले यस विषयको सम्बोधन गर्न सकेको छैन । टिपरको आतंक बढ्नुमा सरकारले दिएको छुट पनि भन्ने गरिएको छ । टिपरले मान्छे मार्ने क्रम बढेपछि सर्वसाधारणले चर्को दबाब दिए । विशेष गरेर काठमाडौं उपत्यकामा टिपरको आतंक बढेपछि त्यसमा पनि कोटेश्वर–भक्तपुर सडकखण्डमा धेरै सडक दुर्घटना टिपरका कारण भएको देखिएपछि यातायात व्यवस्था विभाग र गृह मन्त्रालयको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले काठमाडौं उपत्यकामा टिपरलाई राति ९ बजेपछि मात्र धुलिखेलबाट उपत्यका भित्रिन दिने निर्णय गरेको थियो । बिहान ४ बजेभित्र टिपरहरूले उपत्यका छोडिसक्नुपर्ने निर्णय गरिएको थियो । त्यसले केही हदसम्म टिपरका कारण हुने दुर्घटनाको संख्यामा कमी आएको छ । तर, निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या अझैं बा“की छ । ट्राफिक महाशाखाले सरकारको यो निर्णयलाई कडा रूपमा कार्यान्वयन गर्न नसक्दा दिउ“सो पनि बाटोमा टिपर गुडिरहेको देख्न सकिन्छ । राति ९ बजेपछि भक्तपुरको जगातीबाट टिपरहरू काठमाडौं भित्रिन्छन् । तर, सरकारले त ९ बजे धुलिखेलबाट टिपरहरू आउन दिने भनेको थियो । ९ बजेपछि जगातीमा बस्ने ट्राफिक प्रहरीहरूले उनीहरूलाई काठमाडौं भित्रिने छुट दिन्छ । जगातीबाट टिपर छुट्नेबित्तिकै उसले एकदमै स्पिडका साथ कुदाउ“छ । केही कारणबस टिपरले सवारी र मान्छेलाई छोयो भने उनीहरूको अचार बन्ने निश्चित छ । त्यसरी स्पिडमा कुदाउने टिपर चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले छड्के चेकजा“च गर्दैनन् । ट्राफिकले स्पिड राडार प्रयोग गरेर गति सीमित बनाउनुपर्ने काम एक दिन पनि गरेको छैन । सवारी साधनले दैनिक ११ जना मानिसको ज्यान लिइरहेको तथ्यांक छ । देशैभर सञ्चालित सवारी साधनको ठक्करबाट होस् या सवारी दुर्घटनाबाट दैनिक दर्जनले अकालमा ज्यान गुमाइरहेको छन् । २०५२ देखि २०६३ सालसम्म माओवादीले १७ हजार मानिस जनयुद्धमा मा¥यो । जनता मार्नुहु“दैन भन्ने धारणा बोकेको सरकारले माओवादीलाई वार्तामा ल्यायो । माओवादीको माग पुरा गर्नेबित्तिकै माछे मार्ने काम बन्द भयो । २०६३ सालभन्दा पछाडि सवारी साधनको ठक्कर र दुर्घटनामा परेर ४१ हजार बढीले ज्यान गुमाइसकेका छन् । माओवादी युद्धभन्दा धेरै बढी जनताको ज्यान सवारी दुर्घटनामा गइसकेको छ । यत्रो नेपाली जनता सवारी साधन दुर्घटनामा परेर मर्दा पनि नेपाल सरकारले सवारीबाट जनता बचाउनको लागि उचित कदम चालेको छैन । दुर्घटना कम गराउन र जनताको बाँच्ने अधिकार सुरक्षाको लागि सरकारले कुनै पनि ऐन कानुन परिवर्तन गरेको छैन । नयाँ ऐनकानुन बनाउनतर्फ संसद लागिपरेको छैन । २०४९ सालमा बनाएको यातायात व्यवस्था ऐन अहिलेसम्म पनि सदनले संशोभन गरेको छैन । उही पुरानो ऐनअन्तर्गत रहेर सवारी साधनहरू सञ्चालनमा आइरहेको छन् । यो ऐनले राज्यलाई एकातिर राजस्व घाटा भइरहेको छ । अर्कोतिर मान्छे मार्ने चालक र सवारीलाई कडा कारबाही पनि गरिँदैन । समयानुकूल ऐन, कानुन संशोधन नगरिँदा ती ऐन तथा कानुनहरू सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी भइरहेका छैनन् । आजभन्दा करिब ३० वर्ष पहिलो निर्माण भएको कानुनको समयानुकूल परिवर्तन जरुरी छ । त्यति बेलाको सडकको अवस्था र सवारी साधनको अवस्था र आजको अवस्थामा आकास–जमिनको अन्तर छ । तर, सडक व्यवस्थापन गर्ने उही पुरानो कानुन छ । मान्छे मारेको खण्डमा ३५ दिनमा चालक जेलबाट छुट्छ भने थोरै धरौटी तिरे पुग्छ । न चालकको लाइसेन्स खारेज हुन्छ न चालक जेल बस्नुपर्छ । यातायात व्यवसायीको पक्षमा रहेर बनाएको ऐनले मान्छे मारेको चालकको आत्मबल बढेको छ । कसैले मान्छे मा¥यो भने ऊ आजीवन जेल बस्छ । सवारी चालकको हकमा पनि यही नियम लागू गर्नुपर्छ । साथै, मान्छे मार्ने सवारी चालकको लाइसेन्स खारेज गर्ने कानुन बनाउने हो भने दुर्घटना गराएर मान्छे मार्ने काम केही हदसम्म बन्द हुन्छ । अहिले सरकारले १६ वर्ष पुग्नेबित्तिकै नागरिकता दिने कानुन बनाएको छ । नागरिकताको आधारमा सरकारले लाइसेन्स पनि दिन्छ । कलिलो उमेर भएको का“चो व्यक्तिलाई लाइसेन्स दिँदा पनि सवारी दुर्घटना बढेको छ । भर्खरै बुद्धि पलाउने बेला भएकालाई सरकारले लाइसेन्सको हकदार बनाउँदा कि उ आफैँ मर्छ कि अरुलाई मार्छ । २१ वर्ष कटेकालाई निजी प्लेटको सवारी साधन चलाउने लाइसेन्स दिने निर्णय सरकारले गर्दा धेरै दुर्घटना कम हुन्छ । यता, माध्यमिक तह उत्तीर्ण गरेकालाई मात्र भाँडाको गाडी चलाउने लाइसेन्सको व्यवस्था गर्दा धेरैको ज्यान जोगिन्छ । ६५ वर्ष कटेकालाई सार्वजनिक सवारी चलाउन नदिने र २१ वर्ष कटेकालाई लाइसेन्स दिने भनेर सरकारले निति अघि सारेको थियो । तर, यातायात व्यवसायी र मजदुर संगठनको दबाबको कारण सरकार पछि हट्यो । पछिल्लो समय दुर्घटना बढ्नुको प्रमुख कारण पुराना थोत्रा सवारीसाधन चलाउनु पनि हो । २० वर्षको अवधि कटिसकेका, कन्डिसन ठीक नभएको गाडी चलाउँदा र सिटभन्दा बढी यात्रु राख्दा दुर्घटना बढ्यो । यता, चालकको लापरबाहीले पनि आम नागरिकले अकालमा ज्यान गुमाउनुपरेको हो । यातायात व्यवसायीले प्रत्येक सिटको यात्रुको एकसय रूपैया“ तिरेर बिमा गराएको हुन्छ । उभ्याएर हालेको र नक्कली सिटमा बसेका यात्रुको बिमा गराएको हँुदैन । एउटा सिटको एकसय तिरेर वार्षिक एक लाखको बिमा गरेको हुन्छ । केही कारणबस दुर्घटनामा परेर यात्रु म¥यो भने सिटमा बस्नेको आफन्तले एकलाख रूपैयाँ पाउँछन् । तर, उभिएर यात्रा गरेका र नक्कली सिटमा बसेका यात्रुले क्षतिपूर्ति पाउँदैनन् । कुनै गाडीले सिधा ठक्कर दिएर मान्छे मा¥यो भने उसको आफन्तले पाँच लाख रूपैयाँ पाउँछन् । त्यस्तै, गाडी भीरबाट खसेर यात्रुको ज्यान गयो भने उसको आफन्तले जम्मा एक लाख रूपैयाँ क्षतिपूर्ति पाउँछन् । तर, आखिरी मरेका त मान्छे नै हुन् । उनीहरूलाई पनि पाँच लाख क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने होइन र ? दुर्घटनामा परेका यात्रुको आफन्त बोल्न सक्ने छैन, सिधा–सोझो छ भने उसले त्यही एकलाख रूपैयाँ पनि पाउँदैन । किरिया खर्च त परको विषय हो । दुर्घटनामा परेर घाइते भएकाहरूको उपचार बिमा कम्पनी र यातायात व्यवसायीले गर्दैनन् । कति अंगभंग भएर बाँचिरहेका छन् भने कति त उपचार नपाएर मरिसकेको छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल हुँदा उनले बीमा रकम बढाउन पहल गरेका थिए । सिधा ठक्करबाट मरेकाको क्षतिपूर्ति रकम बढाएर २५ लाख पु¥याउने र किरियाखर्च बढाएर डेढलाख बनाउने भनेर छलफल अघि बढ्यो । बिमा कम्पनीले प्रत्येक सिटको सय रूपैया“मा बीमा गराएको रकम आठ सय पु¥याउनुपर्ने माग थियो । यसैअनुसार बिमा कम्पनीले विभागलाई पत्र लेख्यो । एउटा यात्रुको आठ सय रूपैयाँ तिरेर यातायात व्यवसायीले बिमा गराएमा २५ लाख क्षतिपूर्ति दिने बिमा कम्पनीको सर्त थियो । तर, घाटा लाग्ने देखेपछि यातायात व्यवसायीले तत्कालीन यातायातमन्त्री वसन्त नेम्वाङलाई भनेर गोगनबहादुर हमाललाई सूचना तथा सञ्चार विभागमा सरुवा गराए । त्यसपछि सो छलफलको निष्कर्ष निस्किएन । सो फाइल यत्तिकै अड्कियो । जसको कारण यातायात व्यवसायीको मनोबल बढेको छ । अहिले कुनै सवारीको ठक्करबाट व्यक्तिको ज्यान गयो भने जेल सजाय गरिन्छ । ३५ दिनमै चालक छुट्छ भने गाडी साहुलाई केही गरिदैन् । न त्यो चालकको लाइसेन्स नै खारेज हुन्छ । सरकार नै यातायात व्यवसायीको अगाडि लाचार बनेका छ । २०४९ सालभन्दा पछाडि निर्वाचन आयोगले धेरैचोटि निर्वाचन ग¥यो । एकचोटि निर्वाचन गर्दाखेरि जनताले तिरेको करबाट १० अर्बभन्दा धेरै खर्च गरिन्छ । जनताको मतबाट आएको सांसदहरूले २९ वर्षअघि बनाएको यातायात ऐन परिवर्तन गर्न सकेको छैनन् । यातायात व्यवसायीले यातायात ऐन परिवर्तन गर्न सरकारलाई दिएको छैन । नयाँ यातायात ऐन बनाउँदा राजस्व बढ्नुको साथै कडा ऐनकानुन बन्छ भनेर यातायात व्यवसायीले ऐन नै परिवर्तन गर्न दिएनन् । सरकारसँगै उनीहरूले सांसदलाई पनि किनेका छन् । पछिल्लो समय सरकारले सात प्रदेश घोषणा ग¥यो । तर, प्रत्येक प्रदेशले यातायात व्यवसायीको पक्षमा रहेर निर्णय गप्यो । यसले गर्दा न राज्यले राजस्व पायो । न सवारी दुर्घटनामा परेर मान्छे मर्ने क्रम रोकियो । कानुन फितलो हुँदाखेरि यातायात व्यवसायी सजिलै बचिरहेका छन् । अझै पनि यही गतिविधि दोहो¥याइरहने हो सरकार ? अझै कतिञ्जेल कानमा तेल हालेर बस्छौ सरकार ? जनताको बा“च्ने अधिकारको सुरक्षा कसले गर्ने हो ? मान्छे मार्ने चालक र गाडी साहुलाई कारबाही गर्ने कानुन किन बनाइँदैन ? -अनुषा थापा
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP