Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रातो मच्छिन्द्रनाथ पाटनमा
रातो मच्छिन्द्रनाथ पाटनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २४, २०७८
download
Hardik health
ललितपुर– ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार पाटन पुर्‍याइएको छ । रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको हो । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना बुंमती राखिने चलनानुसार तःबहाल ल्याइएको छ । ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मच्छिन्द्रनाथलाई बिहीबार पाँच बजे मन्दिर भित्र्याइएको थियो । उनका अनुसार पौने तीन बजे बुंमतीबाट करुणामयलाई बोकेर हिँडेको टोलीले मच्छिन्द्रनाथलाई साँझ ५ बजेको साइत पारेर तःबहालमा भित्र्याएको हो । गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले जानकारी दिएका छन् । उनको अनुसार भगवानलाई पाटन ल्याउने चार दिन अघिदेखि गुरुज्यु तथा पूजारीहरूले एक छाक चोखो खाएर आवश्यक नियम पालना गरेर बसेका थिए । उनले भने, ‘हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छौँ ।’ यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी दिए । ९ मंसिरमा आफूहरू बसेर हेरेको साइतअनुसार बिहीबार मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताएका छन् । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । रातो मच्छिन्द्रनाथको जात्राका क्रममा भोटो देखाउने प्रचलन छ । जात्राका क्रममा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ । किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरूका राजा कर्काेटक नागको जोडी थियो । एक पटक नागिनीको आँखामा समस्या भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुसी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥यो’ भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु’, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझैसम्म रहिआएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP