काठमाडौं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि गैरआवासीय नेपाल संघ (एनआरएनए) ले चार करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ ।
संघको काठमाडौंस्थित सचिवालयले दिएको जानकारीअनुसार संघका पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तथा विदेशमा रहेका विभिन्न संघ संस्था र नेपालीहरु व्यक्तिगत तर्फबाट चार करोड ३८ लाख ६९ हजार रुपैयाँ कोष्मा जम्मा भएको छ । कोषमा रकम जम्मा हुने क्रम जारी रहेको संघले जनाएको छ ।
सचिवालयका अनुसार हालसम्म युके (बेलायत)बाट सबैभन्दा बढी ५३ लाख ४३ हजार रुपैयाँ सहयोग संकलन भएको छ । यो युकेबाट पहिलो चरणमा संकलन भएको रकम भएको संघले उल्लेख गरेको छ ।
यसैगरी बहराइनबाट २५ लाख ७९ हजार ३१८ रुपैयाँ, नर्वेबाट १७ लाख ८९ हजार, ओमानबाट १३ लाख १५ हजार र स्टिचिङ नेपाल फन्ड्स नेदरल्याण्डबाट १० लाख ५५ हजार रुपैयाँ संकलन भएको जनाइएको छ ।
लग्जम्बेर्गबाट १० लाख ४६ हजार रुपैयाँ, साउदी अरेबियाबाट १० लाख, टर्कीबाट सात लाख ५० हजार, म्यानमारबाट छ लाख एक हजार, इजरायलबाट पाँच लाख चार हजार र नेदरल्याण्डबाट पाँच लाख रुपैयाँ कोषमा जम्मा भएको संघले जानकारी दिएको छ ।
संघले रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान निरन्तर जारी राखेको पनि जानकारी दिएको छ ।
एनआरएनएका विभिन्न राष्ट्रिय समन्यव परिषद् (एनसिसी) तथा अन्य संस्थाबाट संकलन भएको रकम:
|
क्र.सं.
|
एनसिसी/संस्था
|
प्राप्त रकम (रुपैयाँ)
|
|
१
|
युके (पहिलो चरणमा)
|
५३,४३,२४४.२५
|
|
२
|
बहराइन
|
२५,७९,३२८.००
|
|
३
|
नर्वे
|
१७,८९,८४२.९६
|
|
४
|
ओमान
|
१३,१५,०००.००
|
|
५
|
Stichting Nepal Fonds, Netherlands
|
१०,५५,१९३.६०
|
|
६
|
लग्जम्बेर्ग
|
१०,४६,५४८.८६
|
|
७
|
साउदी अरेबिया
|
१०,००,०००.००
|
|
८
|
टर्की
|
७,५०,३३७.००
|
|
९
|
म्यानमार
|
६,०१,०००.००
|
|
१०
|
इजरायल
|
५,०४,३८५.००
|
|
११
|
नेदरल्याण्ड
|
५,००,०००.००
|