Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • वित्तीय क्षेत्रको ठगीधन्दा मौलाउँदो
वित्तीय क्षेत्रको ठगीधन्दा मौलाउँदो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १०, २०७८
Sawan-6-4
Hardik health
बैंक, फाइनान्स अर्थात् जुनै पनि वित्तीय संस्थाहरूले घरजग्गा धितो राखेर ऋण लिएकाहरूलाई आफूखुसी ब्याज बढाउने गरेका छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको ब्याज वृद्धि गर्नेजस्ता काम वित्तीय संस्थाहरूले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तीय संस्थाहरूले यस्तो रणनीति अपनाएका हुन् । वित्तीय संस्थाहरूले ब्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य गर्नु उचित देखिँदैन । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाउँमा वित्तीय संस्थाहरूले उल्टो ब्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका छन् । जो मान्छेले आफ्नो अचल सम्पत्ति बैंक, फाइनान्सको नाममा पास गरेर ऋण लिएका हुन्छन् । ब्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंक, फाइनान्सले यस्तो नराम्रो काम गरेको हुन्छन् । जनतालाई डुबाएर वित्तीय संस्थाहरूले लथालिंग बनाइदिन्छन् । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा छापिदिन्छन् । उसको भएको धितो लिलाम गरिदिन्छन् । तैपनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वित्तीय संस्थाहरूले यसरी जनता ठग्दा पनि अनुगमन किन गरिएन त ? नेपाल राष्ट्र बैंकले पनि यसमा ध्यान दिएको छैन । अर्थ मन्त्रालयको त कुरै नगरौँ । जति जनता ठगिए पनि अर्थ मन्त्रालयलाई फरक परेको छैन । हामीले बैंक फाइनान्समा पैसा राख्छौँ, ब्याज निकै न्यून पाउछौँ । तर हामीले डिपोजिट गरे जति रकम कर्जामा लियौँ भने त्यसको डबल ब्याज तिर्नुपर्छ । बैंक फाइनान्सबाट कर्जा लिएर काम गर्ने अधिकांश मान्छेहरू डुबेकै छन् । वित्तीय संस्थाबाट धेरै ऋण खाने मान्छेहरूले नै बैंक, फाइनान्सले हामीलाई डुबायो भन्छन् । वित्तीय संस्था भनेको पुँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो । पहिलापहिला गाउँघरतिर एकहजार रुपियाँको तीन हजार ब्याज लिन्थे यिनीहरू पनि त्यस्तै हुन् । वित्तीय संस्थाबाट ऋण लिएका र तिर्न गाह्रो भइरहेको मान्छेले दिने जवाफ हो यो । सेवा शुल्क लिएर महँगो ब्याजमा पैसा दिन्छन् । तैपनि हाम्रो धितो सम्पत्ति रोक्का गरेर । उनीहरूको नाममा पास गरेपछि मात्र लोन पाइन्छ । ब्याज तिर्न नसकेपछि वित्तीय संस्थाहरूले धितो लिलाम गरिदिन्छन् । यसरी वित्तीय संस्थाहरूले करोडपतिलाई रोडपति बनाइदिन्छन् । बैंक, फाइनान्सका सञ्चालकहरू ठग नै हो । यिनीहरूको व्यक्तिगत सम्पत्ति छानबिन गरेर कानुनको दायरामा ल्याउनै पर्छ । एउटासँग सस्तो ब्याजमा ल्याएर पैसा डिपोजिट गर्न लाउने अर्कोलाई त्यही पैसा महँगो ब्याजमा लगाउने । त्यही भएर त बैंक, फाइनान्सको कर्मचारी मोटाएका छन् । अरुलाई सडकमा पु¥याएर आफू चाहिँ आरामसंग घरमा बसेका छन् । सरकारले लुट् नै भनेर यस्तो संस्था सञ्चालन गर्न इजाजत दिएको हुन्छ जस्तो छ । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरूको खेल नै अर्कै छ । हामीले बैंक, फाइनान्समा पैसा राख्दा एउटा चेक पाउछौँ, ग्यारेन्टी स्वरूप । तर त्यति नै पैसा ऋण लिनका लागि कत्रो प्रोसेस पूरा गर्नुपर्छ । आफ्नो भएको जति अचल सम्पत्ति धितो राख्दा पनि हैरानीको पापड बेल्नै पर्छ । सहकारी विभाग वा सहकारी मन्त्रालयले आर्थिक लेनदेनमा जस्तो पनि मानिसहरूलाई बैंक, फाइनान्स सहकारी दर्ता गर्ने अनुमति दिन्छ । तर दर्ता गरेपछि अनुगमन गर्ने प्रचलन भने छैन । बैंक, फाइनान्सको हरेक वर्ष साधारण सभा हुन्छ । सहकारीहरूले साधारण सभा गर्दा सहकारी विभागको कर्मचारी, सरकारी कर्मचारी, कार्यालय प्रमुख, राजनीतिक दलका नेताहरू, मेयर पनि उपस्थित हुने गरेका छन् । राजनीतिक दलहरूले नै जनता ठग्ने सहकारीहरूको कार्यक्रम र साधारण सभा उद्घाटन गर्न गरेको पनि हाम्रै आँखा अगाडि छन् । कार्यक्रममा जाने गलाभरि माला लाउने । त्यही जनता ठग्ने सहकारीको सञ्चालकहरूको भाषण सुन्ने । राजनीतिक दलदेखि लिएर मेयर, वडाध्यक्ष सबैको काम नै यही हो । जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी जब सहकारी मन्त्री थिए । उनले भनेको सत्य कुरा कतिलाई आज पनि याद नै होला । जनता ठग्ने, कालोधन्दा गर्ने कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गर्न जान्न भनेर चित्रबहादुर केसीले भनेका थिए । त्यति भनेपछि सहकारी महासंघले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर त्यो कार्यक्रममा उद्घाटनमा ल्याए । सहकारीको पहुँच माथिसम्म छ । यिनीहरूले जति लुटे पनि कसैले केही भन्दैनन् । भनेर उनले भनेका थिए । सहकारी मन्त्री त्यहाँ गएन् भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख ल्याएर उद्घाटन गराउँछन् । साधारण सभामा अतिथि बनाउँछन् । सांसद र मेयर वडाध्यक्ष फूलको माला पाउने, खाजा पनि खान पाउने र आफ्नो नाम चर्चामा आउने भएपछि सहकारीहरूको जस्तोसुकै सभामा पुग्छन् । सहकारीको उद्घाटन गर्न जानको लागि मेयर र वडाध्यक्षबीच हानाथाप हुने गर्छ । जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरू हुन् । चित्रबहादुर केसीले भन्थे, ‘मलाई सुटकेस लिएर भेट्न आउथेँ तर म ‘चाहिँदैनँ भनेर फर्काइदिन्थेँ । सहकारी संस्थालाई कारबाही गर्नुपर्छ भन्दा त्यस्तो सहकारीहरूको साधारण सभामा उद्घाटन गर्न ‘जान्नँ’ भन्दा सहकारी व्यवसायीहरूको सहकारी महासंघ छ । सहकारी महासंघमा बस्ने अध्यक्षहरू राजनीतिक पार्टीको झोला बोकेर महिनापिच्छे पैसा उठाउँछन् । भ्रष्टाचार गर्ने, गलत काम गर्नेलाई महासंघले कारबाही गर्नुको सट्टा सहकारी महासंघमा बस्ने कार्यसमितिहरू गल्ती गर्ने सहकारीमा बस्नेसँग पैसा खाएर सहकारी महासंघले पनि कारबाही नगर्ने । सहकारी विभागलाई सहकारी महासंघले कारबाही गर्न दिँदैन । त्यही जनता ठग्ने सहकारीको आवाज लिएर सहकारी महासंघ डेलिकेसन जान्छन् । सहकारीको अध्यक्ष र चेयरमान बन्न धेरै केही गर्नु पर्दैन । कि त धेरै पुँजी हुनु पर्‍यो कि त शक्तिशाली पार्टीको झोले बन्नुपर्‍यो । राजनीतिक पार्टीलाई लेबी तिर्नुप¥यो । नेपालको राजनीतिक पार्टीहरू कमाएर राजनीति गर्न सक्दैनन् । कमाएर पार्टी चलाउन सक्दैनन् । हरेक क्षेत्रमा राजनीतिक संगठन खडा गर्छन् । यसमा सरकारी कर्मचारी पनि पछि परेका छैनन् । सरकारी कर्मचारीले पनि राजनीति गरेको छन् राजनीतिक संगठन खोलेको छन् । अन्य व्यवसाय गर्नेलाई पनि राजनीतिक संगठन खोल्ने दिइएको छ । तीबाट राजनीति पार्टीले लेभी र चन्दा उठाउने गरेको छन् । गलत काम गर्ने मान्छेलाई छुट दिएका छन । राजनीतिक पार्टीले पैसा लिन्छन् अनि गलत मान्छेलाई सरकारलाई कारबाही गर्नबाट रोक लगाउँछन् । हरेक क्षेत्रमा राजनीतिक संघसंस्था खाल्ने काम बन्द नहुनुन्जेल विकास होइन, विनाश हुन्छ । वित्तीय संस्थाहरू देशैभरि वा उपत्यकामा च्याउ उम्रेको जसरी उम्रिरहेको छ । वडापिच्छे यिनीहरूको शाखा छ । साधारण वर्गको पैसा डिपोजिट गर्ने सस्तो ब्याजमा राख्न लाउने । त्यही जनताको पैसा बैंक फाइनान्सका सञ्चालकहरूले कमिसन खाएर धितो राखेर कमसल कर्जा दिएर जनता ठगिरहेको छन् । बैक, फाइनान्सको सञ्चालकहरू जनताले राखेको पैसाले जग्गा किन्छन् । सस्तोमा किनेको प्लानिड. गरेर महँगोमा बेच्छन् । बैंक, फाइनान्स एक किसिमको दलाल पनि हुन् । दलाली गरेर कमाएका छन् । सहकारीले साधारण सभा होस् वा अडिट गर्दा होस् । आफ्नो हिसाब गरेर निक्लेको पैसा डिपोजिट गर्ने मान्छेलाई देखाउँदैनन् । अडिट गर्दा अडिटरलाई पैसा खान दिएर बैंकहरू यति करोड नाफा छ भनेर देखाउँछन् । हाम्रो आफ्नै भवन छ । यति वटा शाखा छ । वर्षमा यति करोड नाफा कमाएका छौँ भन्छन् । सेयर होल्डरलाई थोरै नाफा दिन्छन् । ब्याज कम दिन्छन् । सबै नाफा बोनसको नाममा त्यहीँकै कर्मचारी र चेयरम्यान बाँडेर खान्छन् । जनता ठग्ने, आफू बाँडेर बोनस खाने । यिनीहरू पैसा बेच्ने व्यापारी हुन् । जनतालाई केही नदिई जनताकै पैसाबाट यिनीहरूले मोजमस्ती गरेका छन् । १ लाखको पैसा सहकारीमा राख्छु भन्यो भने सहकारीका कर्मचारी घरमै आइपुग्छन् । कति प्रतिशत ब्याज दिने भनेर सोध्यो भने पटकपटक फोन आउँछ । २० लाख रुपियाँ दुई वर्षदेखि पाँच वर्ष मुद्धती खातामा राख्यो भने त्यस सहकारीको साधारण सभामा दोसल्ला ओडाउँछ । सहकारी बैंक, फाइनान्समा डिपोजिट भएको रकमको पनि राज्यलाई कर तिर्दैनन् । राजस्व छली गरिहेको छन् । अडिट गर्दा दुईवटा पेपर देखाउँछन् । जनताको पुँजी र लगानीको हिसाबकिताब देखाउँदैनन् । जुनचाहिँ अडिटले घुस खान्छ उसलाई अडिट गर्न दिन्छन् । प्रत्येक बैंक, फाइनान्सले वकिल सल्लाहकारको रूपमा राखेका हुन्छ । त्यो वकिलको सुझावमा आएर बैंक, फाइनान्सले जनता ठग्छ । कसैको सम्पत्ति लिलाम गर्छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP