Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कसले भन्छ, एमसिसी आइपिएसको अंग होइन भनेर ?
कसले भन्छ, एमसिसी आइपिएसको अंग होइन भनेर ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
Sharan Basnet
Hardik health
अमेरिकाको संसदद्वारा अनुमोदित एक शक्तिशाली व्यापारिक कार्यक्रम हो, अमेरिकी मेलिनियम च्यालेन्च कर्पोरेसन (एमसिसी) । सन् २००४ को जनवरीमा अमेरिकाको कानुनबमोजिम स्थापना भएको यो संस्थाको उद्देश्य विश्वको तेस्रो विश्वका देशहरूलाई अनुदान स्वरूप सहयोग गर्ने भनिएको छ । तर त्यहीँको राष्ट्रिय योजना रिपोर्टमा के भनिएको छ भने विकास र सहयोगको नाममा, सैन्य तालिमको नाममा, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा, प्रविधिको नाममा एमसिसीको बाटो हुँदै आफूले इच्छा राखेको राष्ट्रिय स्वार्थ अनुरूप अरू देशमा प्रवेश गर्ने । आलेखको थालनीमा नै यो तथ्य किन पेस गरिएको हो भने हामीले कुनै दुविधा नराखे हुन्छ कि एमसिसी पूरापूर ‘इन्डो–प्यासिफिक स्टाट्रेजी’ भित्र पर्दछ । यो रणनीतिअन्तर्गत अमेरिकाले इन्डो–प्यासिफिक कमान्ड भनेर सैनिक संगठनसमेत खोलेको छ । यो संघठनले एमसिसी या अरू जुनसुकै कानुनको नियमअनुसार फलो गर्ने भनेको छ । अमेरिकाको मुख्य तीन वटा प्रमुख उद्देश्य पूरा गर्न उसले नेपालमा आउन जोड गरेको देखिन्छ । पहिलो, हिन्द महासागरलाई आफ्नो कब्जामा ल्याउने (त्यहाँ भएको सुन, चाँदी, हिरा, मोती, मणीदेखि लिएर अन्य बहुमूल्य बस्तुहरू आफूले उपभोग गर्ने) । नेपालमा सम्भावित खनिज तथा स्रोत तथा साधनको पहिचान गरी उत्खनन् गर्ने र त्यसमा कब्जा जमाउने (२० प्रतिशत नेपाललाई दिएर ८० प्रतिशत अमेरिका लग्ने) । चीनको आर्थिक गतिविधि विशेष गरी ‘रोड एन्ड बेल्ट इनिसिएटिभ’ र अन्य विकासको गतिमा अवरोध गर्ने (विश्वमा उदाउँदो आफ्नो प्रतिस्पर्धा राष्ट्र चीनलाई बाधा अवरोध गर्न, सिधा हिसाबले भन्दा घाँटी निचर्न, आवश्यक परे सेनासमेत ल्याएर एसियामा अशान्ति मच्चाउन र एसियाका दुई प्रमुख उदाउँदा राष्ट्र चीन र भारतबीच युद्ध गराउने अर्थात् दुई देश मिल्न नदिने । त्यसैले कोरोनाको महामारीको सन्त्रास, सीमा विवादको यो अप्ठ्यारो परिस्थितिमा एमसिसी पास गर्न जुन तयारी छ । त्यो पूर्ण रूपमा खारेज गर्नु पर्दछ । यसले दीर्घकालीन रूपमा नेपाललाई फाइदा गर्दैन । एमसिसी पारित गर्नुभन्दा अघि दसपटक सोचौँ, अध्ययन गरौँ । किन र केका लागि अमेरिका एमसिसी पास गराउन बल गरिराखेको छ त ? एमसिसीमा भएको हरेक बुँदाभित्र लुकेको अर्को उद्देश्य र बुँदाको रहस्य के हो ? तत्कालमा नेपालमा देखिएको आर्थिक अभावमा एमसिसीबाट प्राप्त पैसाले केही राहत मिल्ने देखिए तापनि यसले भविष्यमा ठूलो नकारात्मक प्रभाव पार्दछ । यसबाट राष्ट्रियता गुम्ने डर हुन्छ । संसदबाट नै एमसिसी पास गर्दा उनीहरूको कानुन नेपालमा हाबी हुन्छ । त्यसपछि के साँच्चिकै महाशक्ति राष्ट्र अमेरिका नेपालमा हाबी हुँदै गयो भने हामी प्रतिकार गर्ने हैसियत राख्छौँ त ? त्यो कल्पना नै गर्न सकिँदैन । यस कारण पनि समयमै यो खारेज गर्नु पर्दछ । किन नेपालमै एमसिसी ? पुँजीवादी राष्ट्र अमेरिकाले बुझेको छ कि धनबाट नै संसारमा सबै थोक सम्भव छ । आर्थिक रूपमा उदाउँदो राष्ट्र चीन आगामी दिनमा अमेरिकाका लागि बाधक र प्रतिस्पर्धी हुन सक्छ । अबको तीस वर्षमा विभिन्न योजनाबाट अमेरिकालाई उछिन्ने उद्देश्य चीनले राखेको छ । यदि त्यसो भएमा अहिले अमेरिकाले संसारलाई जसरी हरेक तवरले आफूद्वारा नियन्त्रित गरेको छ यो अन्त्य हुन्छ । यसैगरी, एसिया कै अर्को उदाउँदो राष्ट्र भारत पनि यही छ । जसको अधीनमा हिन्द महासागरको ठूलो व्यापारिक क्षेत्र छ । अमेरिकाको अर्को इच्छा हिन्द महासागरको त्यो भाग पनि आफ्नो अधीनमा लिने रहेको छ । त्यहाँ रहेका अनगिन्ती मूल्यवान् बस्तुहरू जस्तैः हिरा, सुन, चाँदी, मणीदेखि विभिन्न बस्तु तथा धातुहरू आफ्नो नियन्त्रणमा लिनु र उपभोग गर्नु रहेको छ । त्यसैले अहिले हिन्दमहासागरको विषयमा अमेरिका र भारतबीच फरक खालको द्वन्द्व चलिराखेको छ । यो पृष्ठभूमिमा यदि एसियाका यी ठूला र उदयमान अर्थतन्त्र भएका दुई राष्ट्र चीन र भारत एक ठाउँमा आए भने अवस्था कस्तो होला ? चीनले सोचेजस्तै अबको तीस वर्षपछि चीनले विकास र अर्थतन्त्रमा अमेरिकालाई जित्यो भने अमेरिकी साम्राज्यको हालत कस्तो होला ? चीन र भारतले संयुक्त रूपमा हिन्द महासगरको भरपुर सदुपयोग गरे भने सन्देह नै छैन कि अमेरिका सिधै तल खस्छ । यो शताब्दीको मध्यमा एसिया विश्व शक्तिको केन्द्रको रूपमा स्थापित हुन्छ । विश्वलाई एसिया र दक्षिण एसियाले नियन्त्रणमा लिनेछ । एसियाको मानिस रोजगारीका लागि युरोप तथा अमेरिका जाने होइन कि त्यहाँका मानिसहरू कामदार भिसामा यहाँ आउनै पर्ने स्थिति आउँछ । यस कारण यही कुरालाई बिगार्न अमेरिका नेपालमा एमसिसीलाई माध्यम बनाएर प्रवेश गर्दै छ । चीनलाई विकासबाट रोक्न र हिन्दमहासागरलाई आफ्नो कब्जामा लिनका लागि नेपाल अमेरिकाका लागि महत्वपूर्ण भूमि बनेको छ । एमसिसी पास भए के होला त ? नेपालीले नेपालमा एमसिसी लागू गर्नुअघि जति हेरफेर गरे पनि अमेरिकाको कानुनमा आवश्यक पर्दा एमसिसीको विधान संशोधन गर्न सकिने छ र सेना पनि प्रयोग गर्न सकिनेछ भन्ने कुरा लेखिएको छ । जसले भोलि चीनसँग ठूलो मनमुटाब भयो भने अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउँछ र नेपालबाट चीन अमेरिका युद्ध हुने सम्भावना रहन्छ । एमसिसी बुँदा हेरफेर गरेर अर्थात् हटाएर पास गरौँ भन्ने विषय अहिले चर्चामा छ । के यो बुँदा अमेरिकाले सहजै परिवर्तन गर्ने सम्भावना छ ? एमसिसी अमेरिकाको कानुनअनुसार सञ्चालनमा छ । अमेरिकाले कसरी आफ्नो कानुन नेपालको हितको निम्ति परिवर्तन गर्छ ? अझ विज्ञ भनाउँदाहरू भन्दै छन्, ‘सरकारले जनतालाई प्रष्ट रूपमा भन्न, बुझाउन सकेनन्... ।’ सरकारले नसकेको होइन नचाहेको हो । सरकारले राम्ररी बुझेको छ, नागरिकलाई एमसिसीको बारेमा प्रष्टयाइयो भने झनै धेरै जोखिम सरकारले देखिरहेको छ । हामीले बुँदा मात्र अध्ययन गर्ने होइन अन्तर्राष्ट्रिय राजनीति, रणनीति, विगतमा अन्य राष्ट्रमा भएको प्रभाव पनि हेर्नुपर्छ । किन श्रीलंकाले बहिष्कार ग¥यो ? सबै बुझ्नु आवश्यक छ । साइकोलोजी तथा राजनीतिशास्त्रको दृष्टिकोणबाट पनि अवलोकन गर्नु पर्दछ । अनुदान होइन, व्यापारिक निगम एमसिसी यदि अनुदान मात्र हो र स्वार्थ थिएन भने किन संसदबाट नै पास नगरी नहुने हो ? अरू माध्यमबाट पनि सहयोग गर्न सक्थ्यो नेपाललाई । विद्युत् ट्रान्समिसन लाइनमा नै किन एमसिसीले प्राथमिकता दिएको छ ? स्पष्ट छ, चीनद्वारा निर्माण हुन लागेको रेलमार्ग तथा व्यापारिक बाटो रोक्न । दक्षिण कोरियाको एउटा टापु छ, त्यो टापुमा अमेरिकाले थारड मिसाइल राखेको छ । उक्त मिसाइललाई अपरेट गर्न अग्लो स्थानमा रहेको ४०० केभी लाइन चाहिन्छ । त्यो नेपालबाट पनि सम्भव छ साथै गोरखपुरमा भएको ट्रान्स्मिटर लाइनभन्दा केही किलोमिटर पूर्वमा परमाणु भट्टी छ । त्यहाँबाट पनि ४०० केभी लाइन तानेर तिब्बतमा एन्टी चाइनिज क्रियाकलाप गर्न मद्दत पुग्छ । अमेरिका यत्तिसम्म बाठो छ कि उसले अरूसँग युद्ध गर्दासमेत आफ्नो भूमि प्रयोग गर्दैन । उ आफ्ना जनता बचाउन, विकसित संरचना जोगाउन र अरू भूमि प्रयोग गर्न एमसिसीको बहानामा केही रकम खर्च गर्दछ । यसर्थ समयमै एमसिसी खारेज गर्नु पर्दछ । एमसिसी अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) को अंग हो । आइपिएस् सैन्य गठबन्धन भएकाले नेपाल यसमा सहभागी हुनु हुन्न । किनकि नेपालले असंलग्न परराष्ट्र नीति लिएको छ । (बस्नेत, नेबिसंघ त्रिविका उपसभापति हुन् ।)
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP