Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • ठगिएको जनता र राजस्व छलि
ठगिएको जनता र राजस्व छलि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
Sawan-6-4
Hardik health
कानुनको विषयमा सम्पूर्ण तथ्य, सत्य ज्ञान बोकेको व्यक्ति वकिल हुन् । वकिलहरू कानुनको हरेक दफा र धाराको विषयमा जानकार हुन्छन् । त्यसैले सर्वसाधारणहरूलाई कानुन सम्बन्धी केही कुरा बुझनु पर्‍यो भने सर्वप्रथम वकिल कै आवश्यकता पर्दछ । वकिललाई पनि प्राइभेट र सरकारी भनेर छुट्टयाएको छ । प्राइभेट वकिलले आफ्नै ल फर्म खोलेर सेवाग्राहीहरूलाई कानुन, न्यायको खोज्नका लागि जानेहरूसँग मनलाग्दी पैसा लिएको छन् । चाहे एउटा सानो निवेदन लेख्नु पर्‍यो वा चाहे घरपरिवारभित्र रहेको हल्का मनमुटाव हेर्नका लागि पनि वकिलहरूले मनलागी रकम उठाएका छन् । कानुनको विषयमा सल्लाह लिन हरेकलाई वकिलको जरुरत हुन्छ । सबै जनताको समस्यालाई वकिलले कानुनको धाराअनुसार व्याख्या गर्दछ । एउटा घरमा दाजुभाइकोे अंशबन्डाकै कुरामा पनि साना झैझगडा हुन सक्छ । त्यो झगडा वकिल वा प्रहरी प्रशासनकोमा पुग्छ । वकिल समाजको प्रतिष्ठित व्यक्ति मानिन्छन् तर घरायसी झगडालाई सम्झाइबुझाई मिलाइपत्र गर्नुको सट्टा तन्काउने काम गर्दा भने यस्तो व्यक्तिहरूमाथि शंकाको दृष्टिले हेर्न सकिन्छ । हुन त जति झैझगडा भयो । जति मनमुटाव हुन सक्यो वकिलहरूको आम्दानी बढ्ने हो । त्यसैले वकिलहरूले यस्तो झैझगडा मिलाउनुको सट्टा झन् आगो लगाउने काम गर्छन् । तर, यसरी स–साना झगडाहरूमा पानी हाल्नुको सट्टा मट्टितेल हाल्ने काम वकिलहरूबाट हुन्छ । जसले गर्दा कतिको घर तहसनहस नै हुन्छ । कतिको सम्बन्धको नै अन्त्य हुन्छ । वकिलहरूले यति सानो मुद्धालाई घरभित्रै मिलाउनुपर्छ । यसरी केस गर्नु हुँदैन भनी एउटा सभ्य नागरिकको भूमिका बहन गर्ने हो भने धेरैको घरपरिवार टुटफुट हुनबाट बच्छ । सम्बन्ध मात्र होइन । वकिलकामा कुनै पनि झगडा पुगिसकेपछि पैसाको पनि सत्यनाश हुन्छ । दुःख हैरानीको सामनामा कमी आउँदैन । कानुन पल्टाउँदा पल्टाउदै वर्षौँ बित्छ । तारिख बोकेको बोक्यै गर्नुपर्छ । आफूले नभ्याए वकिललाई नै पैसा दिएर तारिख बोक्न लगाउनपर्छ । यदि वकिललाई भनेको बेला पैसा दिन असक्षम रह्यो भने मुद्धा त्यत्तिकै हारिन्छ । वकिलहरूले चाहे भने ससाना झगडा मुद्धा नै नगरी मिलाइदिन सक्छन् । कतिको सम्बन्ध बिग्रनबाट जोगाइदिन सक्छन् । तर कानुनले यो भन्छ भन्दै सम्बन्ध बिगार्ने काम गर्न वकिलहरू तत्पर हुन्छन् । हुन त सबैले आफ्नो व्यक्तिगत फाइदा मात्र हेर्ने हुन् । अरु मरुन् कि बाँचुन्, कसैलाई केही मतलब छैन । तर कसैको घरपरिवार आफ्नो कारणले बच्छ भने उसको घरपरिवार बचाउन हरेकले आफूले सक्दो भूमिका निभाउनुपर्छ । कानुन व्यवसायीले पनि सक्दो समझदारी अनिाउन जरुरत पर्दछ । यसबाट कसै एउटा परिवारलाई मात्र होइन । पूरै समाज र राष्ट्रलाई नै फाइदा हुन्छ । कसैको परिवारलाई आफ्नो समझदारीबाट बचाउन सकिन्छ भने त्यति योगदान पुर्‍याइदिनुपर्छ । तर, वकिलहरूले एउटा मुद्धा पाउनु भनेको दुहुनो भैँसीजस्तै हो । वकिलहरू पढे लेखेका हुन्छन् । कानुनको विषयमा ज्ञान हुन्छ । सरकारले पनि समाजका लागि केही न केही योगदान पुर्‍याउँछ भनेर लाइसेन्स दिन्छ । कानुन व्यवसाय महासंघको सदस्य हुन्छन् । वकिलहरूको पनि हाम्रो समाजमा ठूलो योगदान छ । वकिलहरूले काम नै गरेको छैनन् भन्न खोजेको होइन । राजनीतिक दलहरूले पटक–पटक संसद विघटन गर्दा वकिलहरू संसद बचाउनका लागि ठूलो भूमिका खेले । संसद गतिविधि बाहिर नजाओस् भनेर आवाज उठाए । राष्ट्रको आँच आउन नदिन वकिलहरूको निकै ठूलो भूमिका खेलेका छन् । समाजको शिक्षित वर्गमा वकिलहरू पर्दछन् । तर, शिक्षित वर्गले नै कसैको घरपरिवार बिगारेका छन् । घरपरिवारमै झगडा गराइदिएका छन् । एउटा सदस्यको विरोधमा अर्को सदस्यले मुद्धा हाल्न खोज्दा त्यो केसमा वकिलहरूले आफ्नो समझदारीले सुधार्ने मौका पाउँछन् । विगतको कुराहरू बिर्सेर नयाँ कुराको साथ अघि बढ्छन् । तर वकिलहरूले घरायसी झगडा मिलाउन खोज्दैनन् । झन् तन्काएर, बढाएर, मुद्धा दर्ता गर्नका लागि बाटो देखाउँछन् । तर हामी जनता पनि ससाना कुरामा, सानो घरायसी मनमुटावमा, एउटा दाजुभाइलाई अलिकति अंश कम भयो भने हामी मुद्धा हाल्न तयार हुन्छौँ । नेपालीमा आफ्नै परिवार, आफन्त भए पनि त जित्ने कि म जित्ने भन्ने होड्बाजी छ । श्रीमान्श्री/मतीमा थोरै झगडा भयो भने रिसलाई पैतालामुनि हालेर माफी दिन तयार हुँदैनन् । केही गलती भयो भने पुरानो कुरा बिर्सेर नयाँ कुराको खोजीपट्टी लाग्ने हाम्रो मनसिकता छ । त्यही पुरानो कोट्टयाउने, त्यसलाई अझै ठूलो बनाउने । हुन त बुढापाकाले भनेको एउटा सत्य कुरा आफ्नो थैलीको मुख कस्नू, अरुलाई दोष नदिनू भन्नुके मतलब आफ्नो घरभित्रको व्यवहार घरभित्रै मिलाउनुपर्छ । घरभित्रको झै–झगडा बाहिर लानु भनेको समाजको दुष्टिकोणमा पनि आफैँ तल पर्नु हो । वकिलहरूले कुनै पनि मुद्धालाई थप उछाडपछाड गर्छन् । तर वकिलले कुन मुद्धा लेखेको कति रकम हो भन्ने कुरा सर्वसाधारणलाई थाहा छैन । वकिलले काम गरेर लिने फिस सरकारले तोकेको छैन । सरकार वा प्राइभेट वकिलले मनलागी पैसा उठाएका छन् । त्यो पनि मान्छे हरेर । वकिलले यसरी जनता ठग्दा, लुट्दा पनि नेपाल सरकार किन मौन ? नेपाल सरकारले वकिललाई लाइसेन्स जनता ठग्न दिएको हो ? अहिले प्राइभेट वकिलहरूले अफिस खोलेका छन् । कम्पनीमा गएका छैनन् । सेवा गर्ने नाममा संस्था ऐन, ०३४ ऐन अन्तर्गत वकिलहरूले आफ्नो संस्था दर्ता गरेर व्यापार गरिरहेको छन् । वकिलहरूले एउटै मुद्धा हेरेको, लेखेको २० देखि ५० हजार लिन्छन् रे । एउटा मुद्धाको बहस गरेबापत पनि वकिलहरूले मनलाग्दी पैसा लिएका छन् । वकिलहरूले जग्गा दर्ता गर्नेदेखि किनबेचको बैनापट्टा, लेनदेनका कागजहरू पनि मनलाग्दी पैसा लिएर जनता ठगेका छन् । त्यति मात्र नभएर विभिन्न संघसंस्थाको कानुनी सल्लाहकार बनेर महिनावारी पैसा खान्छन् । वकिलको जिब्रोमा कुनै पनि कामको रेट छ । वकिलले काम गरेबापत जनतासँग लिएको रकमबारे न जनतालाई ज्ञान छ । न सरकारलाई नै यसबारे केही जानकारी छ । अन्यायमा परेको सर्वसाधारणको काम गर्नको सट्टा जनता ठग्छ । वकिलहरूले राज्यलाई राजस्व तिरेका छैनन् । तपाईं हामीलाई पत्याउनै गाह्रो हुन्छ । एउटा वकिलले एक दिनमै ३।४ वटा मुद्धाको बहस गर्छ । दिनमै ३।४ वटा मुद्धा लेख्छन् । दिनमै हजारौँको व्यापार गर्छन् । तर यसको राजस्व पनि राज्यले पाएको छैन । बर्सेनि हरेक अफिसको अडिट हुन्छ । तर, आफ्नो अफिस घाटामा गएको देखाएर राज्यको आँखामा धुलो झोसेका छन् । तर जनतासँग त मनलाग्दी पैसा लिएका छन् । खोइ त अनुगमन ? डाक्टर र वकिलहरू एउटै सिक्काको दुई पाटा हुन् । हार्ने मुद्दालाई पनि जिताइदिन्छु भन्दै आश्वासन् देखाउँछन् । आश्वासन पनि त्यत्तिकै पाइँदैन । पैसा तिनै प¥यो । डाक्टरले पनि निको नहुने रोग पनि निको हुन्छ भन्दै पैसा खाने बाटो बनाउँछन् । वकिल पनि त्यस्तै हो । न त रोग नै निको हुन्छ, न त मुद्दा जितिन्छ । बाँचिन्छ भनेर पनि हामी सिधासाधी जनता खर्च गर्न तयार हुन्छन् । सरकारले पैसा तिरेपछि बिल दिनु भनेको छ । तर वकिलहरूले मनलागदी पैसा उठाएका छन् । बिल दिएका छैनन् । वकिलहरूको अहिले सम्पत्ति हेर्ने हो भने गनिसाध्य पनि छैन । भनिसाध्य पनि छैन । तर यत्रो सम्पत्ति कहँँबाट आयो भनेर सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानबिन गरेको छैन । कानुन व्यवसायीले नै सरकारको निर्णयविपरीत काम गरेको छ अरुको त कुरै छाड्देऔँ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP