Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सार्वजनिक यातायातमा यात्रु असुरक्षित
सार्वजनिक यातायातमा यात्रु असुरक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १६, २०७८
Sawan-6-4
Hardik health
देशभरका सडकमा लामो र छोटो रोडको हजारौँ सार्वजनिक सवारीसाधन गुड्छन् । सार्वजनिक यातायात भन्नेबित्तिकै माइक्रोबस, बस, सफा ट्याम्पु, ट्याक्सी आदि पर्दछन् । जनतालाई सुरक्षित तवरले सेवा सुविधा दिन्छौँ भनी यातायात व्यवसायीले सरकारबाट रोडपरमिट र दर्ता गराएका हुन्छन् । सरकारले पनि सार्वजनिक यातायातले यात्रुलाई कस्तो सेवा, सुविधा दिएका छन् भनी सोचेको छैन । तैपनि यातायात व्यवसायीसँग सम्झौता गर्न तत्पर हुन्छन् । सम्झौता गर्ने बेलामा यातायात व्यवसायी पनि सरकारलाई आश्वासन दिनबाट पछि हट्दैनन् । जनताको ज्यानको र सामानको जिम्मेवारी लिँदै हामी उनीहरूलाई सुरक्षित ढंग.गले गन्तव्यसम्म पु¥याउँछौँ भनिरहेका छन् । तर के गन्तव्यसम्म पुगुञ्जेल यात्रुको सामान र ज्यानको व्यवस्था गरिएको छ ? जनजनको प्रश्न । झुठ बोलर यातायात व्यवस्था विभागअन्तर्गत दर्ता भए । तर, यात्रुलाई दिनुपर्ने सेवा, सुविधा केही पनि दिएका छैनन् । यस्तो पनि सरकारको ऐन कानुन ? सरकारले बनाएको ऐन कानुन केही पनि पालना भएका छैनन् । सरकारलाई आफ्नो कठ्पतली बनाएर यातायात व्यवसायीले नचाइरहेको छन् । कागजको सम्झौताले मात्र यात्रु र उसको सामानको सुरक्षा हुँदैन । अनुगमन पनि चाहियो । कति गाडीमा यात्रुको रूपमा चढेको दिदीबहिनी तथा दाजुभाइहरूले नै यात्रुको सामान चोर्ने गरेको छन् । गाडी चालक र सहचालकको पनि पाकेटमारासँग सम्बन्ध छ भन्ने कुरा पनि सर्वसाधारणकै मुखबाट सुन्न पाइन्छ । हरेक सार्वजनिक सवारीसाधनको पछाडि भागमा, ढोकामा आफ्नो सामानको सुरक्षा आफैँ गरौँ भनेर स्टिकर टाँसेको हुन्छ । सामान चाहिँ छतमा हालेको हुन्छ । सामानको मालिक चाहिँ गाडीभित्र सवार हुन्छ । अनि सामानको सुरक्षाचाहिँ कसरी गर्ने हो । गाडीको छतमा सामान हाल्नु भनेको आफ्नो सामानको सत्यानाश हुनु हो । सामान छतमा त हाल्छौँ तर सामान बाध्ने डोरी छैन । क्ति सामान खसेर टुटफुट हुन्छ । कति सामान त्यहिँबाट हराउँछ । कहाँ जान्छ, कसैलाई थाहा छैन । सामानको त कुरै छाड्देऔँ, त्यही सामान मान्छेको टाउकोमा खस्न सक्छ । यसको जिम्मेवार को ? टुटफुट भएको सामान फेरि नजोडिन पनि सक्छ । भन्नुको मतलब काम नै लाग्ने हुन्छ । पैसाको दुरूपयोग मात्र । एउटा पाल छैन । पानी पप्यो भने सामान भिजेर बिजोग । घाम लाग्दा सामान भरी धुलैधुलो । कतिखेर गन्तव्य पुगौँ जस्तो भएको हुन्छ । हतार हतारमा सामान नै बिर्सिन्छ । छतमा मात्र नभई गाडीको डिक्कीमा हालेको सामान पनि भुलिन्छ । गाडीबाट ओलर्न नपाउँदै गाडी अर्को स्टप पुगिसकेको हुन्छ । कुनै स्टपमा घन्टौँ गाडी रोकेर राख्छ । कुनै स्टपमा भुइँमा खुट्टा राख्न पाएको हुँदैन । गाडी फिलिली कुदाइहाल्छन् । गाडीको नम्बर थाहा छैन । गाडीको लास्ट स्टप थाहा छैन । गाडी धनी, चालक, सहचालकको नाम पनि पत्तो छैन । तर सहचालकको अनुहार चाहिँ चिन्छु भन्ने पनि धेरै छन् । अब सहचालकको अनुहार खोज्न कहाँ जाने ? कहाँ गएर उजुरी गर्ने ? जनता अलमल्ल । एकातिर यत्रो दुःख गरेर सामान ल्याएको हुन्छ । अर्कोतिर चर्को गाडी शुल्क । मरिमरि ल्याएको सामानको सत्यानाश । मन अमिलो बनाउँदै यात्रुहरू चित्त बुझाउन बाध्य हुनुपर्छ । हतार हतारमा गाडीको रंग पनि याद हुँदैन । अझै गाउँबाट भर्खर काठमाडौं आएका सिधासादा जनतालाई त म कुन गाडीमा चढ्नुपर्ने हो । कहाँबाट गाडी चढ्नुपर्छ भन्ने त ज्ञान छैन । सामान हरायो भने उजुरी गर्ने ठाउँको कुरै छाड्देऔँ । फेरि कसैले केही गरी सामान छाडेका छन् भने सहचालक र चालकले त्यस्ता सामान प्रहरीलाई बुझाइदिनु पर्ने हो नि । तर प्रहरीलाई हराएको सामान बुझाएको भनेर पनि कहिले सुन्नमा आउँदैन । सार्वजनिक यातायातले पैसा लिन्छ । टिकट दिँदैन । लामो दूरीको सवारीसाधनले टिकट दिइहाले पनि टिकटमा कुनै जानकारी नै दिइएको हँुदैन । जहाँ गए पनि आखिर मारमा पर्ने त सर्वसाधारण नै हुन् । वर्षौँदेखि ठगिएको जनताहरूलाई त अब ठगिनु त दैनिकीजस्तो भइसकेको छ । ०७२ सालमा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गरेको महत्वपूर्ण निर्णयः गाडीबाट छत हटाउनुपर्छ । छतमा सामान राख्दा गाडीको तान्न क्षमताभन्दा बढी लोड भयो । जसको कारण दुर्घटना बढ्यो । यो निर्णय सुशील कोइरालाको सरकार हुँदा गरिएको हो । जत्तिखेर यातायात मन्त्री विमलेन्द्र निधि थिए । यो निर्णय उपत्यकामा चल्ने सार्वजनिक सवारीमा मात्र लागू नभई देशैभरि चल्ने सार्वजनिक यातायातको लागि बनाइएको हो । गाडीमा यात्रुभन्दा बढी सामान हुन्छन् । यात्रुभन्दा बढी पैसा सामानको आउँछ । तर जब सुशील कोइरालाको सरकार घरतिर लाग्यो । उनीसँगै यो निर्णयले पनि घरतिर कै बाटो खोज्यो । सुशील कोइरालाभन्दा पछाडि आएको सरकारले छतको विषयलाई कमाइ खाने भाँो बनाए । कसरी भन्दा खेरि कोइरालापछिको सरकार यातायात व्यवसायीले दिएको प्रलोभनमा फसे । एउटा बच्चालाई ललिपप दिँदा ऊ आफूतिर आकर्षित हुन्छ । यहाँ पनि आर्थिक प्रलोभनले ललिपपको काम ग¥यो । गाडीको छत नहटाउने र छतमा सामान हालेर पैसा कमाउने उदेश्यमा यातायात व्यावसायी सफल भए । छत राख्ने निर्णयले सरकारबाट फेरि स्विकृति पायो । यातायातमन्त्री निधिले बनाएको ऐन दराजमै सिमित रह्यो । अहिले पनि गाडीको सिटको पनि मानिसको चाप टन्न । छतमा पनि सामानको चाप टन्न राख्ने कार्य क्रमबद्ध रूपले चलिरहेको छ । चाडबाडको ओइरो लाग्दै छ । अब यसबाट झन् जोखिम हने सम्भावना बढ्दो छ । चाडपर्वसँगै दुर्घटनाको आगमनको पनि ओइरो लाग्ने दिन आउँदै छ । केही सिमित व्यक्तिहरूले आफ्नो फाइदा हेर्दा जनताहरू आफ्नो ज्यान गुमाउन बाध्य छन् । जनसंख्या तीव्र रूपमा बढेको छ । गाडीको संख्या जतिको त्यत्ति छ । गाडीमा यात्रुको चाप जति नै भए पनि ज्यान जोखिममा राखेर भए पनि सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । छतमा बसेर हुन्छ कि ढोका उभिएर आफ्नो गन्तव्यसम्म पुग्नै पर्छ । छतमा यात्रा गर्नेलाई सबैभन्दा बढी जोखिम हुन्छ । छतमा यात्रा गर्दा रुखका हाँगाहरूले घाइते हुने, विद्युतीय तारहरूले करेन्ट लाग्नेजस्तो जोखिमहरू देखापर्छ । तै पनि यात्रा गर्नु परेकै छ । केही दिनयता सार्वजनिक यातायातमा पाकेटमारहरूको बिगबिगी बढेको छ । सार्वजनिक सवारीमा यात्रा गनेु डरमर्दो भएको छ । कति महिलाहरू सामान र झोला बोकेर सार्वजनिक यातायातमा यात्रा गर्छन् । कसैलाई झोला समात्न दियो भने झोला नै गायब हुन्छ । सार्वजनिक सवारीमा यात्रा गर्नेको चाप यत्तिकै हुन्छ । कतिखेर आफ्नो सामान चोरी हुन्छ । थाहा नै हुँदैन । सार्वजनिक सवारीमा यात्रुको ज्यानको त सुरक्षा भएन । अब सामान पनि सुरक्षित नहने भो । सामान हराएबापत कहँ गएर उजुरी गर्ने ? सामान हराएमा यसको जिम्मा कसले लिने ? अनुगमन कसले गर्ने ? यसबारे सरकारको ध्यान जाओस् ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल बिहीबार, साउन २१, २०८३
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP